
घडीको सुईले एक फन्को मार्न बाँकी छ। सेकेण्ड सुईको टिक टिक सँगै मुटुको ढुकढुकीले चाल बदलेको छ। प्रेमको अनौठो मादकताले मनमस्तिष्क कता कता बरालिएको जस्तो। हलचल छ मनमा कहिले भोलि होला हुटहुटी प्रतिक्षाको। शनिबारको बिदा पनि पट्ट्यार लाग्दो छ पाश्चात्य प्रेम रंगमा रंगमगिएको नेपाली युवाकालागि। फगत प्रतिक्षा, भोली उदाउने सूर्यको जसले प्रेम किरण मुटु नै छिचोल्ने गरि फैल्याओस्। पश्चिमा शैलीमा प्रेम सागरको स्नेह जलले उनी र उ सँगको सम्बन्धबाट मनलाई शितल पार्ने हतारो छ।
रोमन सेन्ट भ्यालेन्टाइनको सम्झनामा आफ्नो प्रेमीसागको पललाई यादगार बनाउने तयारी पुरा भइसक्यो। उपहार र कार्डको लोकलाज पुरा गरिसकियो, मात्र हातमा थमाउन र ‘लभ यु डार्लिङ’ बोल्न बाँकी छ। मनमा रहेको मायाको गहिराईलाई गुलाबको रंगको गाढापनमा देखाउन तयार छन् प्रेम मार्गका हमसफर। फेसबुक र अरु अनलाइनका फोरम प्रेमका लवज स्टाटस बोकेर पुरा माहौल नै प्रेममय बनाइरहेका छन्। भ्यालेन्टाइन्स डेको प्रेममय माहौलमा धडकन तेज भएका युवाहरुका लागि अन्नपूर्ण फुर्सदमा मदनमणि अधिकारीको शब्दमा भ्यालेन्टाइन्स डे (more…)
भरखरैका टिप्पणीहरू