शुभकामना नयाँ सालको

नयाँ साल आजबाट लाग्यो । सालको नयाँ संघारमा हामीले शुभ नै चिताउनु पर्छ । हामी नेपालीको शुभको दिन २०६७ मै आउला भन्ने विश्वास नभए पनि आश राखौं यो सालले सबैमा सुख, संवृद्धि र सन्तोष ल्याउने छ ।
भवन्तु सब्ब मंगलम् ! (more…)

नयाँ साल आजबाट लाग्यो । सालको नयाँ संघारमा हामीले शुभ नै चिताउनु पर्छ । हामी नेपालीको शुभको दिन २०६७ मै आउला भन्ने विश्वास नभए पनि आश राखौं यो सालले सबैमा सुख, संवृद्धि र सन्तोष ल्याउने छ ।
भवन्तु सब्ब मंगलम् ! (more…)
गिरिजाप्रसाद कोइराला मात्र होइन उनको तस्विरको लोकप्रियता पनि देखियो शवयात्रामा । धेरै कार्यकर्ताको प्लेकार्डमा लोकप्रिय तस्विर रहृयो यो तस्विर :
(more…)
पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको निधनमा मुलुक शोकमय बनेको छ । उनको छोरीको निवासमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता र सर्वसाधारणको भिड जुटेको छ । उनलाई सरकारले भोली राजकीय सम्मानका साथ अन्तेष्टी गर्ने भएको छ । भोली सार्वजनिक बिदा र तीन दिन राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ । (more…)

नेपाली राजनीति र शान्तिप्रक्रियाको मियोका रुपमा रहेका गिरिजाप्रसाद कोइराला अब रहेनन् । औपचारिक रुपमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति भनेर चिनाइरहनुपर्ने आवश्यकता नरहेका उनले सवा १२ बजे यस संसारलाई छाडे । लामो समय बिरामी रहेका उनको आवश्यकता नेपाली राजनीतिले लामो समय सम्म गर्ने छ ।
मुलुकको प्रजातान्त्रिकरण र सत्ता सञ्चालनमा लामो समय रहेका कोइरालाले राजनीतिक सुझबुझले माओवादीलाई शान्ति प्रक्रियामा ल्याए । केही सन्दर्भमा बाहेक धेरै सन्दर्भमा कोइराला हिरो क्यारेक्टरकै रुपमा रहे । तिनै कोइरालाको केही तस्विर आज उनलाई श्रद्धान्जलीका रुपमा :
गणतन्त्र घोषणा भएको एक वर्ष पछि आज राजतन्त्रको अन्त्य प्रक्रियाको विरोधमा राजधानी बन्द रहृयो । बन्द आयोजना गर्यो राजाको सक्रिय शासनका गृहमन्त्री कमल थापाको दल राप्रपा नेपालले । अघिल्ला बन्द भन्दा खासै पृथक रहेन बन्द । बन्द विस्तारै सामान्य लाग्न थालेको छ नेपालीलाई । मिडियाले यस पालाको बन्दलाई अघिल्लालाई जसरी प्रोमोट गरेनन् । सायद राजतन्त्र, हिन्दू अधिराज्य र एकात्मक राज्य व्यवस्थाको पक्षको भएर होला । तर माग नाजायज चैं लाग्दैनन् । सबै घोषणाहरुले प्रजातान्त्रिक प्रक्रिया पार गर्नुपर्छ भन्ने माग अनुचितै चाहिं होइन होला ।
विगतमा कसरी यी घोषणाहरु भए भन्ने सबैलाई थाहा छ । अनि हिन्दू राज्यको कुरामा दलका नेताहरुले गल्ती गरेको पनि स्वीकारेका छन् यो अवस्थामा सही समयमा संविधान र प्रजातान्त्रिक प्रक्रिया माग्नु राप्रपा नेपालको पनि प्रजातान्त्रिक हक होला । यस प्रति मिडियाको कभरेजले चाहिं नेपाली मिडियाको अव्यावसायिक पक्ष चाहिं पुन उदांगो पारेको चाहिं छ । राजावादी भनेर दर्शकले चिन्ने गरेको च्यानल इमेजले गरेको कभरेज हांसो लाग्दो थियो । सडकमा गाडी चलेको समाचार सुनेर निस्केकाहरु तब जिल खाए जब सडकमा सवारी पाएनन् । (more…)
आज धेरै दिन पछि बन्द छ राजधानी । बन्द हाम्रालागी नियमित आकस्मिकता भएर हो कि के हो बन्द नहुँदा बोर लाग्छ । सडक पनि खाली खाली अनि मोटरको घारघुर पनि सुन्नु नपर्ने । बाटोमा निस्कादा यसो मौका परे साइकल चढ्न पनि पाइने । राजनीतिमा खासै मतलब नहुनेलाई पनि बन्द मतलब हुनेलाई पनि बन्द । सरोवरी बन्द राज । हिजो साँझ दरो मशाल जुलुश गरेका थिए कमल थापा समर्थकले । लामो समयको अन्तरमा भएकाले होला अर्के मज्जा लागिरहेको छ बन्द हुँदा कलेज पनि जान परेन । अफिस त हिंडेरै जाने योजना छ । (more…)

पशुपतिमा शिवरात्रीमा देखीएका शिवका चेलाहरु । (more…)

पशुपतिनाथमा शिवरात्रीको समय पारेर देखिने एकमात्र कुरा भनेको जोगी, साधु र सन्याशीको भिड हो । जोगीको भिडमा गत सालहरुबाटै सबैको आँखामा बस्न थालेका बाबा हुन यी बाबा । यस साल पनि मिडियाका क्यामेराबाट उनको हेण्डसमनेस छुटेन । (more…)
लगातार आफ्नो सिस्टम मा आक्रमण र ह्याकिङ प्रयास भइरहेको भन्दै गुगल ले केही दिन अघि चिन मा अब
देखि आफ्नो गुगल सर्च मा सेन्सर नगर्ने निर्णय गरेको छ । चिन मा सन् २००६, जनवरी देखि google.cn मार्फत गुगल ले काम गर्दै आएको थियो । चिन सरकार को कडा नियम को परिपालन गर्दै, गुगल ले आफ्ना सर्चहरु मा सेन्सर गर्दै आएको थियो । यति धेरै सेन्सरसिप लागु भइरहँदा पनि, चिन बाट आफ्नो सिस्टम तथा आफ्ना प्रयोगकर्ताहरु लाई बारम्बार आक्रमण भएकोले, अब देखि चिन मा सर्चमा सेन्सरसिप नलाउने भनेर, गुगल ले आफ्नो ब्लग मा लेखेको छ । सायद सेन्सरसिप को पालन नगर्दा आफ्नो सर्च र आ्फ्नो अफिस बन्द हुनसक्ने कुरा मा पनि गुगल जानकार रहेको छ । (more…)

कालो गाडीमा सरर गुड्ने नेताजीको काम पनि कालो नै छ । मन्त्रालय देखी पार्टी कार्यालय धाउनेले अनुभव गरेको कुरा हो । अब कालो काम काज मात्र होइन जनताका रात र दिन पनि कालो हुँदैछ । रात त कालो अँध्यारो हुने नै भयो अब दिन पनि काम गर्न नपाएर कालो बनाउनुको बिकल्प छैन । लोडसेडिङ थपिएको छ । काम काज बन्द । सानो व्यवसाय गर्नेले इन्भर्टर र जेनेरेटर राख्न सक्ने कुरा भएन । काम गर्न नपाए पछि मुख कालो त हुने नै भयो नि । आजबाट सरकारले दिव्य नौ घण्टाको दैनिक बिजुली नदिने घोषणा गरेको छ । अर्थात् लोडसेडिङ नौ घण्टाको भयो । (more…)
भरखरैका टिप्पणीहरू