Posts belonging to Category राजनीति



दिल्लीको हल्ली खल्ली

आज माओवादीका अध्यक्षले नयाँ कुरा गरे भाषणमा । हुन त केही दिन देखी माओवादी अध्यक्ष कामरेडको मुखारबिन्दुबाट नयाँ नयाँ कुराहरु आएका छन् । अहिले राष्ट्रप्रेमले कामरेडको भावना भरिएको छ । आज उनले भाषणमा भने नारायणहिटीको अधिकार दिल्ली लग्न खोजिंदैछ । नागरिक दैनिकले समाचारमा लेखेको छ । कामरेडले राष्ट्रियताको पक्षमा लाग्दा राजा विरेन्द्रको हत्या भएको भन्न थालेका छन् । हिजो सम्म नारायणहिटी हटाउनै पर्छ भनेर लागि हिंडेका अध्यक्ष कामरेडले आज बल्ल बुझे जस्तो छ आफुहरुले नारायणहिटी उखेलेको आफ्नो जग गाड्न होइन रहेछ दिल्लीको जगका लागि रहेछ ।

उनैले को हो त्यो दिपक कपुर ? भनेको मानिसलाई माधव नेपालको सरकारले नारायणहिटीमै बसालेपछि उनले कुरोको चुरो बुझे । हिजो सम्म विरेन्द्रको हत्या ज्ञानेन्द्रले गरेको अफवाह फैल्याएर हिंड्ने कामरेडले सिधा बाटो लिएका हुन कि अर्को प्रपोगाण्डावार हो ? (more…)

दिल्ली सँग दिलको कुरा

नेपालका सरकार र तीनका सञ्चालकलाई बानेश्वरको सभाबाट माओवादीका अध्यक्ष प्रचण्डले नोकर भनेको धेरै भएको छैन । सायद सर्वसाधारणको साधारण समझबाट बाहिर पुगेको छैन होला दिल्लीलाई मालिक भनेको कुरा । माओवादीले मालिक भन्ने गरेको दिल्लीका दूतका रुपमा उताका पराराष्ट्रमन्त्री एसएम कृष्णा सँग शनिबार माओवादी अध्यक्ष प्रचण्डले भेट गरे । नागरिक सर्वोच्चताको रुपमा परोक्ष रुपमा माओवादी सरकारको माग गरिरहेको प्रचण्ड नेतृत्वले भारतीय परराष्ट्रमन्त्री सँग आफूले सरकार चलाउन पाउनुपर्ने राख्यो । आखिर दिल्ली मालिक हो, माग राख्ने नै उसैसँग हो । प्रचण्डले जे गर्नुपर्ने हो सरकारमा जान त्यै गरे । यसले के देखायो भने, सरकारमा को बस्ने उसले निर्धारण गर्छ भन्ने त माओवादीले मानेकै रहेछ । नत्र हामीलाई सत्ता देउ भनेर किन भनेको दिल्लीका प्रभू सँग प्रचण्डले ? दिल्ली मालिक भएपछि माओवादी पनि नोकरै रहेछ नि होइन र ? नत्र किन दिल्लीका दूत सँग नेपालको घरेलु मामलामा गुनासो त ? (more…)

अंकल तिमीले त हो नि सिकाको !

DSC_4300
राष्ट्रिय जनमोर्चाले गरेको आजको बन्दमा देखिएको दृश्य हो यो । सानो बालकमा परेको राजनीतिक हिंशाको प्रभाव हो यो दृश्य । (more…)

विरोध, त्यसको पनि विरोध अनि अस्पताल

DSC_4429
प्रजातन्त्रको सुन्दर पक्ष हो विरोध । मन नपरेका कुरामा विरोध गर्न पाइन्छ । आज राष्ट्रिय जनमोर्चाले पनि त्यही अधिकार प्रयोग गर्दै संघियताका नाममा देश टुक्र्याउन लागेको भन्दै विरोधमा बन्द गर्यो ।  आफु खुसी जातिय राज्य घोषणाको अभ्यास भएको देशमा एकताको कुरो किन पच्थ्यो र त्यसको पनि विरोध भयो । (more…)

तस्विरमा संघ विरोधको बन्द

DSC_4288vvvv

राष्ट्रिय जनमोर्चाले चित्रबहादुर केसीको नेतृत्वमा मुलुकलाई संघमा बाँड्नबाट रोक्न विरोधमा गरेको राजधानी बन्दका दृश्यलाई फोटोपत्रकार बालकृष्ण थापा क्षेत्रीको लेन्सले यस्तो देख्यो : (more…)

बन्दै भो विचारमार्ग

आज बन्द । पहिला पहिला समाचारको सुरुमै समाचार वाचक वाचिका भन्थे आज फलानो पर्व । अहिले पर्वको ठाउँ बन्दले पाएको छ । आज राष्ट्रिय जनमोर्चाले राजधानी काठमाडौं बन्द गराएको छ । चरणबद्ध रुपमा मुलुकका विभिन्न भेग र ठाउँ पछि संघियताको विरोध राजधानी छिरेको छ । आज राजधानी बन्द । बन्दमा सामान्य हो क्षति हुनु भौतिक क्षतिको कुरा । तर आजको बन्द अलि कन्स्ट्रक्टीभ छ जस्तो लाग्छ । सामान्य सवारी साधनमा क्षति पुगको छ । केही पसल बाहेक धेरै पसल बन्द छन् । त्यसको विरोधमा केही जातिय संगठनले मोटरसाइकल रयाली निकाले ।

मुलुक बन्दको भन्दा पनि नेपालमा हुँदै गएको विचार बन्दको श्रृङ्खला खतरनाक देखिन थालेको आजकल । भिडको अराजकताले शासनलाई डोर्याएको छ । अनि भिडले गर्न थालेको छ निर्णय । अब कानुको शासन परको कुरा भएको छ भिडको निर्णय जेमा पनि । भिडले तय गर्छ मुलुकको एजेण्डा । यस्तै एउटा भिडले निर्वाचित सरकारलाई स्वपदस्थ बनायो । त्यस भन्दा अगाडी यस्तै झुण्ड र भिडले मुलुकलाई जातिय राज्यको बाटोमा लग्ने भन्यो । अनि अर्कोले देशलाई बर्थडे केक जस्तो गरेर टुक्रामा बाँढ्ने कुरा गर्यो । अनि जनताको आदेश र मत विना नै संघियता, गणतन्त्र अनि धर्म निरपेक्षताको निर्णय गरियो । प्रजातन्त्र र गणतन्त्रका हिमायती भन्नेले गरेको निर्णय मिडियाले पनि सही हो भनेर खोके । त्यसको फाइदा बेफाइदाबारे जनताले पत्तो पाउन सकेनन्। (more…)

आज मशाल भोली बन्द

बन्द अब नियमित आकस्मिकता हो । नेपाली दैनिकीमा बन्दले अव विशेष स्थान पाउन थालेको छ । सबैलाई साता दुई सातामा बन्द हुँदा रमाइलो लाग्न थालेको छ । आखिर मन नपराए पनि बन्द त खेप्नै पर्छ । बन्द सँगै मशाल थपिएको छ । अघिल्लो दिन जति ठूलो मशाल जुलुश त्यति कडा बन्द हुन्छ भोली पल्ट । यस पटकको बन्द चाहिं चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाले गरेको हो । आज सम्म भएका बन्द सबै विरोधमा भएका हुन । यो आइतबारे बन्द चाहिं संघियताको विरोध भन्दा पनि अहिलेको राष्ट्रिय संरचना र जातिय सद्भावको समर्थनमा गरिएको हो । (more…)

भत्काईंदै गएको नेपाल र सम्झना राजाको

पुष १४, एक दशक अगाडी यही दिन कत्ति रौनकको हुन्थ्यो । राजाको जन्मदिन भव्य समारोह टुंडिखेलमा अनि सार्वजनिक बिदा । पत्रकारहरुका लागि पनि मख्खैको दिन नि । कति काला साप्ताहिकले वर्ष भरि देख्न नपाएको विज्ञापनको मुख देख्थे । सरकारी विज्ञापनको रकम पाउने आशमा सांझ सांहिली माहिलीकोमा दुई ट्वाक लगाउन पुग्थे पत्रकार भन्दा मख्ख पर्नेहरु । अब बागमतीमा ढल र राजनीतिमा जल सँगै राजाको जन्मदिनको रौनक सकियो ।
अब राजाको प्रासांगिकता सकिएको छ नेपालमा । न राजा भन्ने पद नै छ । केवल शालिक छन् अनि इतिहास । त्यो पनि कम्युनिष्ट भनाउनेहरु मेट्नमा लागि परेका छन् । अहिलेको अवस्था भन्ने हो भने जनताको अधिकांश पपुलर मतले राजसंस्थाको अन्त्य गरिसकेको छ । संविधानसभाले नेपाललाई गणतन्त्र घोषणा गरेको पनि वर्ष दिन नाघिसक्यो । भलै गणतन्त्रमा लग्ने निर्णयले प्रजातान्त्रिक प्रक्रिया पुरा नगरेको होस् तर देशमा राजतन्त्रको औचित्यलाई समाप्त चाहिं गरिएको छ । हुन छ राजनीतिक दलले जनताको मत बेगर नै उधारो गणतन्त्र घोषणा त गरेकै थिए । जनमतको निर्णयलाई स्वीकार्दै विश्वका हिन्दू सम्राट नेपालका अन्तिम राजा ज्ञानेन्द्रले गद्दि र राजदण्ड सरकारलाई जिम्मा लगाएर हिंडे । (more…)

सत्ता की नैया हे दिल्लीके भरोषे

राजनीति र चलचित्र दुवै ताता चिज हुन् । राजनीति देश हाँक्ने, रोक्ने नीति त्यसमाथि सत्ताको रापले तातेको शास्त्र । चलचित्रलाई चाहिँ एउटा पचासको दशकका सञ्चारविद्ले भनेका हुन यो तातो माध्यम हो भनेर । प्रभाव पार्ने हिसाबमा तातो चलचित्र माध्यम जस्तै छ राजनीति पनि त्यसैले यो राप र तापको विषय हो । हिमालयको देश नेपाल चिसो ठण्डा हावापानी । तर पनि यहाँको राजनीति हावापानी गोत गएको छैन । यहाँको राजनीति रापिलो छ, पारिलो घाम जस्तै । जहिले पनि मध्य दिन छ राजनीति यहाँ राप र तापको मामलामा । सूर्य नअस्ताउने देशको उपनिवेशको अस्त भएपनि नेपालको राजनीतिको राप अस्त हुँदैन । त्यसैले पहिला पहिला राजा कहिल्यै मर्दैन भनिन्थ्यो अहिले नेपालमा राजसंस्थाको अन्त्य भइसकेको छ तर राजनीतिको राप भने सेलाएको छैन । आजकै राजनीति हेर्ने हो भने पनि माओवादीको तीन दिने आमहड्तालको राप सेलाउन नपाउँदै अगेनोमा ढुङ्ग्रोले हावा फुकियो । माघ १० सम्म भण्डाफोर त्यसपछि के के फोरिन्छ त्यो चाहिँ सार्वजनिक भएको छैन । सार्वजनिक नगरि धेरै फोर्ने योजना हुन सक्छ सायद । (more…)

चिलबुलेन्समा गिरीजा

गिरीजाबाबु । राजनीतिका महाहस्ती । अहिलेको राजनीतिक प्रक्रिया र शान्तिप्रक्रियाका नेता । उनी देशका फोक्सो हुन् । अहिले उनकै फोक्सोले धोका दिएको छ । फोक्सोको टालटुले उपचारले नपुगेर अहिले प्याकेज उपचारका लागि सिंगापुर हिंडेका छन् । उनलाई लिन चिलबुलेन्स पहिलो पटक नेपाल आयो । उनको एम्बुलेन्स यात्रा पनि हावामै भयो । वास्तवमा उनको जीवन हावा सँग निक्कै नजिक छ । उनको शासन पनि हावामा नै रहृयो । जसले जनताको भुइँ छुन नसकेर नै माओवादी मुलुक हल्लिने सशस्त्र युद्ध गर्न जुट्यो । तिनैलाई दबाउन नसकेर उनी सत्ताबाट निक्लिनु पर्यो । अनि उनको शासनमा धेरै भ्रष्टाचार पनि हावामै भए । तत्कालिन आरएनएसीलाई डुबाउन उनको शासनकाल नै पर्याप्त भयो । धमिजा देखी लाउडाका पृष्ठभूमिका व्यक्ति बने उनी । उनले छोरीलाई हवाई माफिया बनाए अनि जनताको पैसाबाट चलेको निकाय आरएनएसीलाई डुबाए । आज एनएसी भएपनि आरएनएसी जहाज विहिन बनेर अरुको एजेन्ट बनेको छ । अन्तर्राष्ट्रिय हवाइ उडानमा समस्या छ आजपनि । (more…)

Page 1 of 3123»