वसन्तको वैंश

वसन्त ऋतु राज हो । यो वैंशको मौसम हो । सबैमा उमंग छ अनि उत्साह र नयाँ पन । फुलहरु फक्रेका छन् अनि पुतली उडान भरिरहेका छन् । वसन्तको राग चलेको बेला आज कलेजको बगैचामा खिचेका तस्विर: (more…)

वसन्त ऋतु राज हो । यो वैंशको मौसम हो । सबैमा उमंग छ अनि उत्साह र नयाँ पन । फुलहरु फक्रेका छन् अनि पुतली उडान भरिरहेका छन् । वसन्तको राग चलेको बेला आज कलेजको बगैचामा खिचेका तस्विर: (more…)

मातृऔंशी अर्थात् आमाको मुख हेर्ने दिन बदलिएको समयमा मदर्स डे । जे भनेपनि आमाप्रतिको आफ्नो भावना र श्रद्धा देखाउने दिन । विहान फोनमा कुरा भएकी मेरी आमाका केही तस्विर आज आमाको दिनमा : (more…)

कुनै पत्रिकामा सार्वजनिक सवारीका सहचालकले युवतीहरुलाई दुर्व्यवहार गर्ने समाचार थियो । गाडीको ढोकामा बसेर सडकमा हिंड्नेलाई जिस्क्याए भन्ने । युवा सहचालक सबै जिस्क्याउने हुन्छन् भन्ने समाचारको आशय थियो । कुनै एक्का दुई घटनालाई लिएर पुरै त्यसमा लागेकाहरु गलत हुन भन्ने पाराले स्टेरियोटाइप गरिएको समाचार हेरेपछि (more…)

आस्तिकता नेपाली परिचय हो । आगोको उष्ण लप्का सूर्यलाई पनि पानी चढाएर दर्शन गर्ने संस्कृतीका हौं हामी । भैरवको डरलाग्दो भावको मूर्ति अगाडी यी हजुरआमा आफ्नो आस्था देखाउँदै छिन् ।
(more…)

तोरीको फुल सायद पहेंलो रंगको भएकाले होला यसलाई देखें भन्दा त्यति राम्रो अर्थ लगाउँदैनन्। तोरीको फुल देखें भन्दा नराम्रै अर्थ आउँछ। तर पनि तोरी बारीसँग चाहिँ धेरैका सपना जोडिएका हुन्छन् तेली र मौरी मात्र होइन अन्य किटका पनि सपना होलान् तोरी सँग जोडिएका। मैले खोकनाको यात्रामा देखेको तोरीबारी: (more…)
गिरिजाप्रसाद कोइराला मात्र होइन उनको तस्विरको लोकप्रियता पनि देखियो शवयात्रामा । धेरै कार्यकर्ताको प्लेकार्डमा लोकप्रिय तस्विर रहृयो यो तस्विर :
(more…)

गिरिजाप्रसाद कोइरालाको निधनले काँग्रेसीजन अभिभावक तथा नेतृत्व विहिन मात्र भएनन् शोकमा कपाल मुण्डन गरेर केश विहिन समेत भए । कोइरालाको निधनको शोकमा केशमुण्डन गरेका धेरै नेता, कार्यकता देखिएका थिए शवयात्रामा (more…)

गिरिजाप्रसाद कोइरालाको निधन दुई दिन सम्म समाचारको शीर्षमा रहृयो । उनी साग शान्तिप्रक्रिया जोडिएकाले पनि होला उनको निधनको चर्चा धेरै भयो । देश विदेशमा चुलिएको चर्चा सागै उनको शवयात्राको कभरेजका लागि हेलिकोप्टरको समेत प्रयोग भएको थियो । (more…)

गिरिजाबाबु समस्त नेपाली जनका नेता । राजनीतिको सत्ता चढाईं र गिराइमा जे जति तिकडम गरेपनि उनले नेपाली जनतालाई प्रजातन्त्रको लागि करिब ६० वर्ष आन्दोलनको मैदानमा रहे । उनी माने पनि नमाने पनि अहिलेका युगनायक हुन जो अस्ताए । आर्यघाटमा पुगेर अलबिदा भन्ने साहस पलाएन मेरो मनमा । भिडमा रोइहिंडेका महिलाको डाँको सुन्ने आँट आएन अनि बत्तिसपुतलीको एक घरको छतबाट आँखाको सिमाना पार नहुँदा सम्म हेरें र भने गिरिजाबाबु अलबिदा ।
(more…)
भरखरैका टिप्पणीहरू