Posts belonging to Category आफ्नो कुरा



आमा !

मातृऔंशी अर्थात् आमाको मुख हेर्ने दिन बदलिएको समयमा मदर्स डे । जे भनेपनि आमाप्रतिको आफ्नो भावना र श्रद्धा देखाउने दिन । विहान फोनमा कुरा भएकी मेरी आमाका केही तस्विर आज आमाको दिनमा :  (more…)

गर्नु गर्‍यौ बलराम…

कक्षामा भेटिएका हुन बलराम श्रेष्ठ मसँग। त्यतिबेलाको मेरो भूमिका एउटा शिक्षक थियो। मदनभण्डारी मेमोरियल कलेजको स्नातक कक्षामा डेस्कभन्दा अगाडी बसेर लेक्चर दिँदा यि केटाकेटी भन्दा मलाई बढि थाहा छ जस्तो लाग्थ्यो। स्नातक तहमा पुग्दा सम्म धेरै विद्यार्थी सँग समानान्तर रुपमा जागिरे जिन्दगी हुन्थ्यो। उ पनि अन्नपूर्ण पोष्ट र दि हिमालयन टाइम्सको वितरण हेर्ने आप्का नेपालमा जागिर गर्थ्यो। स्नातकको कक्षा सँगै कर्पोरेट हाउसको दैनिकीमा थियो उ।

std

पहिलो भेटको करिब एक वर्ष जतिको अन्तरालमा उसलाई भेट्दा उसको र मेरो सम्बन्ध पुर्न परिभाषित गर्नु पर्ने मोडमा पुग्यो। म अन्नपूर्ण पोष्टको सम्पादकीय विभागमा ज्वाइन भएको थिएँ। उ चाहिँ पहिले देखी नै अन्नपूर्ण पोष्टको बजार वितरण हेर्ने आप्का नेपालमा थियो। अब कार्यक्षेत्र र कार्यालयको हिसाबमा उ र म विद्यार्थी र शिक्षक होइन सहकर्मी भएका थियौं। कार्यालयमा कार्यकक्ष देखी पार्किङ र क्यान्टिनमा भेट्दा हुने साधारण शिष्टाचारको नियमितताले वाषिर्की मनाएको महिना दिन पछि उसले मलाई गेहिनी थमायो। सर मैले लेखेको उपन्यास। पुस्तकको रुपमा विद्यार्थीको उपन्यास पाएपछि मलाई लाग्यो बलराम सँग मेरो तेस्रो भेट भो। अबको सम्बन्ध थियो उ लेखक र म पाठक। गुरु गुण चेला चिनी भने झैं चिनी बनेर निस्क्यो बलराम। लाग्यो दुनियाँ त मैले के देखेको रहेछु र केटोले देखेछ। (more…)

तीन वर्ष पछि विधि खोजे राजाले

IMG_6380

सत्ताबाट बाहिर भएको तीन वर्ष पछि पूर्व श्री ५ महाराजाधिराजले राजतन्त्र अन्त्यको प्रजातान्त्रिक विधि खोजेका छन् । मर्यादापुरुषोत्तम रामको दिन पारेर राजाले मर्यादा कै खोजी गर्नु रमाइलो संजोग परेको छ । मुलुकको शसक्त समाचार च्यानल एभिन्यूजमा विशेष अर्न्तवार्तामा राजाले राजतन्त्रको भाग्य र भविष्यको फैसला प्रजातान्त्रिक विधिबाट गरिनुपर्ने बताए । उनले सबै कुरा जनताको फैसलाबाट हुनुपर्ने औंल्याए । उनको भनाइको आशय संघियता, धर्मनिरपेक्षता सागै राजतन्त्रको निर्णय पनि प्रजातान्त्रिक विधि सम्मत जनमत संग्रहबाट हुनुपर्ने थियो । (more…)

अलबिदा…अलबिदा…

_MG_5609

गिरिजाप्रसाद कोइरालाको शव पशुपतिको साझा चितामा जलेर खरानी भएको छ । उनको भौतिक उपस्थिती सकिएको छ । सागै अन्यौलमा छ शान्ति प्रक्रिया र राजनीतिक गतिविधिको विकास । भोली देखी के हुन्छ सर्वसाधारण मात्र होइन राजनीतिक दलका नेता पनि अन्यौलमै छन् । नालायक सरकार र कुलंघार विपक्षीको वास्तविकतामा अन्यौलता र भावि विकासको मार्गलाई बिचमै छाडेर लागे कोइराला । (more…)

हृयाप्पी भ्यालेन्टाइन्स डे !

रोमन इतिहासको मिथक सँग जोडिएको प्रेम र प्रणयको दिवसको रुपमा विश्वभर मनाइन थालेको भ्यालेन्टाइन्स डेको नेपाल संस्करण आज ।  प्राकृतिक रुपमा नारी र पुरुष बीच उत्पन्न हुने प्रेमभावलाई रोक्ने क्लाउडियस विरुद्ध सेन्ट भ्यालेन्टाइनले गरेको विद्रोहको सम्झना दिवस ।सृष्टि नै माटोको भर ढुंगा, ढुंगाको भर माटो भएर चलेको छ । त्यसको सिलसिलामा कहिले पुरुष माटो भएको छ त कहिले महिला । यी बीचको सम्बन्ध असल रहेको खण्डमा सृष्टि र सृजना पनि असल बनेका छन् । माया र मोहको संसार चल्ने माध्यम र संसारलाई बाँध्ने माध्यम प्रेम। त्यसैको पक्षपाती सेन्ट भ्यालेन्टाईनको सम्झनाको पल प्रणय दिवसको अवसरमा सबैमा प्रेमभावको विकास होस् यही शुभकामना

सरस्वती बन्दना

सरस्वती, ज्ञान सिप र कलाकी माता । आज उनको आराधनाको दिन । वसन्त पञ्चमीको दिन । सानोमा हुँदा स्कुलमा सरस्वती पुजाको धुम नै अर्कै सायद उमेर सागै लक्ष्मी तिर लहसिने भएकाले होला पाकाहरु सरस्वतीको त्यती खोजी गर्दैनन् । युवा उमेरमा लागेकाले पनि उतिसारो खोजी गरेझैं मान्दिन म पनि । क्याम्पसका कोठामा सरस्वती भन्दा पनि मेनका र उर्वसी तिर ध्यान पुर्याउँछन् केटाहरु । ब्याक अनि होल ब्याक शब्द त्यसै बनेका होइनन् । वसन्त पञ्चमीमा सरस्वतीको तस्विरमा पुष्पगुच्छा नचढाउनेहरु आयातित भ्यालेन्टाइन डेका लागि साता अगाडी नै प्लान बनाउँछन् । त्यो सँख्या बढिरहेको छ । (more…)

कालो थिम राखौं बिजुली बचाऔं

कटुवालको थिम कालो भयो भनेर धेरै प्रतिक्रिया पाएको छु मैले । कालो किन ? धेरै प्रश्न । अनि कालो पृष्ठभूमिलाई जोडेर अनेकन भने साथीहरुले । मलाई चाहिँ कालो रंग नै मन परिरहेको छ । ख्वै कालो रंग शुभ चैं हैन रे । तर आधिकारीक रंग हो भन्ने सुनेको थिएँ । धेरै सरकारी कागजातमा कालोले लेख्नुपर्छ अनि ठूलो पोजिसनका अधिकारीहरु पनि कालो गाडीमा कालो कोटका साथै हिंड्छन् । तर वेवमा कालो राम्रो नमानिँदो रहेछ । तस्विरहरु झलक्क देखिने भएकाले पनि मलाई कालो मन परिरहेको छ । केही साल अगाडी कालो खोजको कुरा आएको थियो । हिन्दी पत्रिकामा पढेको थिएँ । पृष्ठभूमि कालो भएको पेजले पावर बचाउँछ रे । त्यसैले धेरै मेरा पेजहरु काला पनि छन् । मन कालोमा अड्कीएको छ । (more…)

फ्याफुल्ला ओम ल्होछारला ज्याबा डाण्बा !


तामाङ दाजुभाईलाई शुभकामना ।

आजकै दिन देखी तामाङ नेट डट कम सुरुवात गर्नुभएका मित्र कुमार मोक्तानको आवाजमा स्वर मिलाउँदै म पनि भन्छु फ्याफुल्ला ओम ल्होछारला ज्याबा डाण्बा !
जाम्बिलुङरी छार्सी टिबा बेनान तामाङ ज्यो ज्यो, आले, नाना, आङा बेनानदा ल्होछारला ज्याबा डाण्बा । चु छार दिङरी साङगेला मोलमसे बेनान तामाङजुगुला बिमा ह्राङ तागाई, ह्युल्सारी शान्ति तासी टिगाई, अज्याबा बिचार सेमरी आखागाई चुनोन ज्याबा डाण्बा तामाङनेटला ह्राङनिदा ।
छार दुईरी, छार गे लासाम सफल ताला बिबा ह्याङला ङ्हाउसेला ह्यान्देला मान्यता हिन्ना । थेनोन मान्यातादा सेमरी थान्सी चु छार दिङरी तामाङनेट मिनरी छार ब्लग ह्रङनिला ओन्छाङरी खाबा मुला, ह्राङनिला माया तेन साथला ग्रेन आशा लाबान । ह्याङला ग्योई, रिमठिम, दोङराप, गोईलो, ह्वाई, सेमलेङदा नेटला माध्यम ग्याम्से जाम्बुलिङरी ठाम्बा गे लाबा प्रयास तामाङनेटसे लासेदा मुला । आधुनिकताला मिनरी ह्याङला ह्युल्बारी ल्हामान बिकृति तेन बिसंगतिसे टा क्याबारीनोन चुबा मुला थे ह्राङबा अज्याबा तामदा टा समेत ब्याङबारी प्रयास तामाङनेटसे लासेदा मुला । (more…)

सम्झना युगनायकको !

नेपाली जनता भेंडो हो अनि शक्तिको पुजारी यो कथन कतै सुनेको हो । नेपालमा पटक पटक नेपाली जनता माथि यो शब्द प्रयोग भएको छ । हो हामी शिव पनि शक्ति हुन्जेल मान्छौं । शक्ति विनाको शिव शव हुन्छ त्यसै भनिएको होइन । राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाह पनि त्यही क्याटागोरीमा राखिएका छन् अहिले । नेपाल निर्माणको युगिन अभिभारालाई आत्मसाथ गर्दै नेपाली हुनुको इतिहास कायम गरेका बडामहाराजलाई सम्झादा साँच्चै नेपाली भएकोमा गर्व लागेर आउँछ । सायद नेपाल बाहिर बस्नेहरुलाई गोर्खाली इतिहास सम्झँदा जीउ नै फूर्तिलो भएर आउला । अहिले समयको कुटिल चक्रमा मुलुक फसेको छ । बडामहाराजले सजग गराएको दक्षिणको छिमेकीको पञ्जामा देश परिसकेको छ । क्रान्तिकारी र अग्रगामी नेता पुष्पकमल दहालले भनिसके नेपालको सार्वभौमसत्ता दिल्लीमा छ । बडामहाराजलाई आज सम्झँदा मेरो मन भारी छ । देश कहाँबाट कहाँ गिर्यो । राजनीतिले नेपालीलाई शक्तिहिन बनायो । कहाँ एशिया थर्काएको सानो देश । कहाँ अहिले भोकमरीले लुरे बनाएको देश । (more…)

नाफाको नयाँ वर्ष

नयाँ वर्षको दिन बन्द हुँदा धेरेको मन खिन्न भयो होला । शुभकामनामा पनि खासै दम थिएन आजको । विहान बन्द हुने अघिल्लै दिन थाहा थियो । आज परिक्षा भएकाहरुका लागि पनि बन्द मज्जाको उपहार भयो नि । एक दिन थप मस्तीको दिन बन्यो । नयाँ बर्षको रौनकलाई ईभमा सकेकाहरु पनि नयाँ दिन लाग्नासाथै घर फर्किए । विहान आठ बजे सम्म सुत्ने मौका मिल्यो धेरैका लागि । गाडी र अफिसका साथै बजार नखुलेपछि आँखा खोल्ने आवश्यकता पनि भएन विहानै । न घुमघाम न मस्ती । कस्तो राम्रो नयाँ वर्ष सबै परिवार दिनभर सँगै । (more…)

Page 1 of 3123»