Posts belonging to Category मुल-बाटो



राष्ट्र-राज्य र राज्य-राष्ट्र

राज्य-राष्ट्र (स्टेट-नेसन) बनिसकेको नेपाललाई अहिले आएर राष्ट्र-राज्य (नेसन-स्टेट) मा फर्काउन खोज्नु प्रतिगमन हो; देशलाई खाडलमा खँगार्ने काम मात्र हो । पश्चिमा अवधारणाको राजनीतिक-कानुनी परिभाषाअनुरुप आधुनिककालमा राष्ट्र (नेसन) भन्दा पनि राज्य (स्टेट) लाई महत्व दिइन्छ । युरोपमा राष्ट्र-राज्य (नेसन-स्टेट) को अवधारणाअनुसार देशहरु अस्तित्वमा आए । फ्रान्स जर्मनी ब्रिटेन इटाली आदि राष्ट्र-राज्य (नेसन-स्टेट) नै हुन् । तर संयुक्त राज्य अमेरिकामा यो लागू हुने अवस्थै नभएकाले त्यहाँ राज्य-राष्ट्र (स्टेट-नेसन) को अवधारणाअनुरुप देश अस्तित्वमान भएको हो । बसाइँसराइका कारण अब त युरोपमासमेत उहिलेजस्तो राष्ट्र-राज्य (नेसन-स्टेट) को अवस्था कायम रहने अवस्था क्रमशः क्षीण हुँदै गइरहेको छ । जस्तै : अहिलेको बि्रटेन पहिलेझैँ ब्रिटिसहरुको मात्र राज्य होइन प्रत्युत अनेकौँ जातीय धार्मिक सांस्कृतिक समुदायहरुको सङ्गमस्थल बन्दै गइरहेको छ । त्यसैले त्यहाँ पनि राज्य-राष्ट्र (स्टेट-नेसन) नै अस्तित्वमान भइरहेको अवस्था हो । नयाँ परिस्थितिमा एकत्वलाई बुझाउन राज्य-राष्ट्र (स्टेट-नेसन) भन्ने र विविधतालाई अथ्र्याउन सांस्कृतिक-राष्ट्रियता (कल्चरल-नेसनालिटी) को अवधारणालाई अगाडि सार्ने गरेको पाइन्छ । (more…)

वास्तविक साम्यवादको बाटो

साम्यवाद, कम्युनिज्म शब्द आउनासाथ कार्लमार्क्सलाई सम्झने प्रचलन देखिन्छ । आफूलाई मार्क्सवादका अनुयायी बताउने कम्युनिष्टहरु संसारभरिनै छरिएका छन् । त्यतिका वर्षदेखि साम्यवाद साम्यवाद चिच्याइरहे तापनि उनीहरुको साम्यवादको कहिँकतै साइँशब्द सुनिँदैन । कम्युनिष्टहरुको साम्यवाद एउटा त्यस्तो लक्ष्य साबित भएको देखिन्छ जो न यसअघि हासिल भएको छ न त भविष्य नै सुनिश्चित छ । अर्कातिर मार्क्सवादकै जगमा उभिएको तर आफूलाई कम्युनिष्ट भन्न नरुचाउने र प्रजातान्त्रिकसमाजवादी भन्न मन पराउनेहरुको प्रजातान्त्रिकसमाजवाद पनि छेउटुप्पो नमिलेर बसेको छ र अब यसबाट आशा गरिरहने ठाउँ छैन । सामन्तवाद पूँजीवादजस्ता प्रणाली पनि मानवसमाजका निमित्त अग्राह्य साबित भइसके वा हुँदैछन् । सामन्तवाद हराइसक्नलाग्यो भने पूँजीवादको पतन अवश्यम्भावी छ । इस्लामी शरियतका आधारमा संचालित हुने कठमुल्लावादी शासन तथा इसाई मठाधिश पोपका स्वेच्छाचारी शासन पनि मानवसमाजलाई उपयुक्त नभएको देखिसकियो । यस्तो अवस्थामा सर्वोत्कृष्ट प्रणाली के हुनसक्छ भन्ने विचार विमर्श आवश्यक भइसकेको छ । र खुशीको कुरा के भने त्यस्तो प्रणालीको आधार हामीसँग छ । त्यो उत्कृष्ट प्रणालीकासाथ सही नेतृत्वपनि दिएर नेपाललाई विश्वको आशाको केन्द्र बनाउन सक्छौं हामी ।
वास्तविक साम्यवादलाई हामी रामराज्य भन्न मन पराउँछौं । रामराज्य को पनि उच्चतर स्वरुपलाई हिन्दूधर्मशास्त्रहरुको सत्ययुग भनेकाछन् । मानवसमाजको परमलक्ष्य परमप्राप्ति सत्ययुग हो । यतिबेला म रामराज्यकाबारेमा केही चर्चा गर्न चाहन्छु । (more…)

आम्दानीको सदुपयोग

जनसंख्याको ठूलो हिस्सा बेरोजगारी वा अर्धबेरोजगारीको समस्याले पीडित भइरहेको स्थिति छ हाम्रोमा एकातिरभने अर्कातिर आम्दानी गर्न सक्नेहरुले त्यसको सदुपयोग गर्न नसकिरहेको स्थिति पनि छँदैछ । आर्थिक फाइदाकोलागि जेपनि गर्ने र त्यसरी उपार्जित धनलाई जेमापनि खर्चने प्रवृत्तिले धेरैजनालाई ग्रसित पारेको यथार्थता पनि हाम्रै सामुन्ने नभएको होइन । हाम्रा धर्मशास्त्रले आम्दानीको प्रक्रिया पवित्र हुनुपर्ने पक्षमा त जोड दिएका छन् नै; साथमा आम्दानीको सदुपयोग गर्नपनि सिकाएका छन् ।
मनुष्यको अधिकार केबल त्यतिमात्र धनमा छ जसबाट उसको भोक मेटियोस्; त्योभन्दा बढीलाई जसले आफ्नो मान्दछ त्यो चोर हो र दण्डको भागी हुन्छ अर्थात् संस्कृत भाषामा- यावद् भि्रयेत जठरे तावत् स्वत्वं हि देहिनाम् । अधिकं योऽभिमन्येत स स्तेनो दण्डमर्हति ॥ भनेर श्रीमद्भागवतमा भनिएको छ । धन कमाउने लालसा नबढाउन; अनि अन्याय गरी सम्पत्ति आर्जन नगर्न सचेत समेत गराइएको छ । अन्याय गरेर कमाएको धनले कसरी असल काम हुन्छ र त्यस्तो धनले न यो जन्ममा कीर्ति रहन्छ न त परलोकमा असल फल दिन्छ अर्थात् संस्कृत भाषामा- अन्यायोपार्जितो नैव द्रव्येन सुकृतं कृतं । नकीर्तिरिहलोकेच परलोकेच तत्फलं ॥ भनेर सद्मार्ग अवलम्बन गर्न प्रेरणा दिएइको त हो नि ! वेदमा मनुष्य जीवनको चार मुख्य लक्ष्य धर्म अर्थ काम मोक्षमा अर्थलाई पनि स्थान दिइनुको तात्पर्य जीवनमा अभाव नहोस् समृद्धि होस् सुख होस् भन्ने हो र यसको प्राप्ति एवम् उपभोग प्रकृया पवित्र होस् भन्नेमा विशेष जोड दिइएको छ । (more…)