
February 17, 2010
|
Posted by Madan Mani

आमा शब्द ममताले भरिएको छ । बालकले सबै भन्दा पहिले चिन्ने संसारको मानव हो आमा । अनि आँखा चिम्लेर विश्वास गर्न सकिने पवित्र आत्मा । माया, ममता र प्रेमको खानी भएको मन र विशाल हृदय भएकी महिला । संहारमा निस्कने उग्रचण्डी महिला आमाको रुपमा कसरी उपस्थित होलिन् ? आन्दोलन र विद्रोहमा उग्रचण्डी बनेकी उमा भुजेल संगको भेटपछि लागेको कुरा विद्रोही आमाको ममता कस्तो होला ? (more…)
Categories: जीवन जगत
|
1 Comment

January 16, 2010
|
Posted by Madan Mani

एशिया र अफ्रिकामा शुक्रबार लामो खण्डग्रास सूर्यग्रण लाग्यो । नेपालमा माघे सक्रान्ति पर्व परेका कारण धार्मिक मान्यताले दिनभर शुभकार्य वर्जित थियो । काठमाडौं उपत्यकाबाट सूर्यग्रहण स्पष्ट देखिएको थियो । धार्मिक मान्यताले हामी नेपालीलाई निक्कै संयमित बनएको छ । यो कुरा सूर्य ग्रहणका दिन पनि देखिने नै भयो । विज्ञान प्रविधिको मेला क्यान इन्फोटेकको स्टल अगाडी नयाँ आइपड र काखे कम्प्युटरका बारेमा बुझ्दै हिंड्दा पनि दिनभर सूर्यग्रहणको समयमा केही खाइएन । धार्मिक र सांस्कृतिक मान्यताको घेरोले दिनभर क्यान र अफिसको मेलो सकेर साँझ घरमा पुगेर नुहाए पछि मात्र खाजा, खानाको सुर भयो । वैज्ञानिक मान्यता जे भएपनि हामी धार्मिक आँखाले प्रकृतिका सबै चिजलाई भगवान मान्छौं । कम्प्युटर पनि घर लगेर चलाउनु अगाडी टिका लगाइदिने चलन हामी नेपालीको युनिक हो । सूर्यग्रहणमा पनि त्यही भयो । शुक्रबारे सूर्यग्रहण मध्यान्न १२ बजेर २४ देखी सुरु भयो र तीन ४० मा त सकियो पनि । यो सूर्यग्रहण अफ्रिकी मुलुक चाडबाट सुरु भई चिनबाट अन्त्य भएको थियो । चाड बाट चाड कै दिन ग्रहण लाग्यो भन्दै साथीहरु बीच ठट्टा पनि चल्यो । कतै नेपालमा कालो कुटनीतिका लागि भारतीय विदेशमन्त्री आएको समय परेकाले नेपालीको भाग्य र सुनौलो दिन माथिको ग्रहण पनि हो भन्ने पनि भो । अनि नयाँ संविधान ढाक्ने भो क्या हो ग्रहणले यस्तै यस्तै कुरा उठे साथीभाई बीच ।
(more…)
Categories: जीवन जगत
|
1 Comment

September 24, 2009
|
Posted by Madan Mani

माकुराको जाल जस्तै हाम्रो जिन्दगी पनि जेलिएको छ त्यसैको एक जेलाइ हो परिवार । (more…)
Categories: जीवन जगत, तस्विर
|
No Comments

September 20, 2009
|
Posted by Madan Mani
ख्वै नाम अहिले झ्वाट्ट आएन चरित चर्चा पढिन्थो पहिला पहिला अहिले चाहि नपढेको धेरै भयो । नेपालको यो काठमाण्डौं भन्ने खाडलमा चाहिँ धेरै समय चरित्र चर्चा पढ्न पाइन्छ । त्यही पत्रिका जसले चरित चर्चा छाप्थ्यो उसैले बढी स्थान चाहि चरित्र चर्चामा खर्च गर्थ्यो । धेरै जसो राजनीतिका नायक, खलनायकका चर्चा अनि कम चाहि चरित्र चर्चामा ठाउँ पाउथे फिल्मका नायक खलनायकले । आज अर्को टेब्लोइड भनि हाल्न नमिल्ने साइजले गर्दा तर नेचर टेब्लोइड भएको पत्रिकाले एक नायिकाको चरित्र चर्चा गरेको छ। (more…)
Categories: जीवन जगत, पत्रपत्रिकाबाट
|
No Comments

September 20, 2009
|
Posted by Madan Mani

म स्वतन्त्र छु सायद धेरैका मुखमा होला है यो शब्द । आफ्ना कुरामा डिस्एग्री गर्नेलाई यसै भन्छन् मानिस । अनि आफ्नो कुरालाई लिंडे ढिपी देखाउने शब्द पनि हुन यी । आफ्नो स्वतन्त्र अस्तित्व देखाउने प्रयास पनि हुन सक्छ यो । तर मलाई चाहि लाग्दैन म स्वतन्त्र छु । वसन्तपुरमा देखेको यो पुतली जस्तै म बाँधिएको छु जस्तो लाग्यो मलाई । म मात्र किन यो संसारका म जस्ता सबै जेलिएका छन् यो पुतलीका हात जस्तै । विभिन्न डोरा बनेका छन् सम्बन्ध अनि निभाउनुपर्ने कर्तव्य र जीम्मेवारी । सबैको सन्तुलन मिल्नु पर्ने नमिले जिवन नै खत्तम । (more…)
Categories: जीवन जगत
|
No Comments
भरखरैका टिप्पणीहरू