Posts belonging to Category साहित्य



भूमिका फरक, फुटपाथ मिनिस्टर्स

नयाँ सडक, मोफसलको आँखाबाट हेर्दा सम्पन्नता र व्यावसायिकताले झपक्कै बोलेको ठाउँ। जन देखी धन घनत्व भएको नगर। सडकलाई चारैतिरबाट घेरेका घर अनि तीनै घरको उचाइ जस्तै जिन्दगी। त्यही सडकको किनारै किनार समानान्तर दुई फुटपाथ। धेरै सपनाले बास बस्ने अनि बामे सर्ने ठाउँ। सपना आउँछन् जान्छन्। कति आकाशिन्छन् कति पाताल भेट्छन्। फुटपाथमा बसेर सपनाका पुलिन्दा तयार गर्ने सडक बालबालिकाको कथा रमेश विकलको बुनाइमा फुटपाथ मिनिस्टर्स। (more…)

कविता ग्ल्यामर

_MG_0081

कवितामा प्रेम र पिरतीका कुरा मात्र होइन सबै खालका भावना व्यक्तिन्छन् । हामी धेरैको भावनामा कविता छ । आधाजसो नेपाली कवि छन् भन्छन हाँसो गरेर । (more…)

लौ मलाई नशा चढ्यो

के भो के भो हिजो देखी
मात हो कि भात चढ्यो
उमेरको दोश होकी
लौ मलाई नशा चढ्यो

सत्ते धरोधर्म त्यो
झोल पिएकै होइन
साँहिलीको भटि्टको
बाटो भेर हिंडेकै छैन
(more…)

मेरो मन

मेरो मन संसारमा नयाँ रंग भरुँ भन्छ,
सृजनाका लहर नयाँ नयाँ कोरुँ भन्छ
उडान कल्पनाका कतै टाढै भरुँ भन्छ
बाटो भुलेको बटुवा झैं कतै बास खोजुँ भन्छ
(more…)

दोषी को ?

-  ललिता पौडेल

चुल्ठो पाले पाल कान्छा, दाह्री फाले फाल,
कारण भन्नु पर्दैन भो, तिम्लाई के को बाल ?

हाफ पाइन्ट लाए लाउ कान्छा, या त पत्लुन भिर,
टोपी हातमा लगाऊ, कान्छा पञ्जा लगाउ शिर ।

कार चढे चढ कान्छा,  या त पाऊले हिंड,
एकान्तमा रमाउ वा, मिसिउ हुल भिड ।

जे गरेनी गर कान्छा, चासो छैन रत्ति,
तर कीन ? मेरो चाहिं खोजी गर्छौ अति ?

फलानी त हिंड्दै थिइ, एउटा झ्याप्ले सित,
ढिस्कानी त मस्किँदै थिई अर्को ट्यापे सित । (more…)

प्रेम र यौन अनि देवकोटा

आज लक्ष्मीपुजा । धार्मिक दृष्टिले पनि साहित्यिक हिसाबमा पनि लक्ष्मीको पुजाको दिन । धनधान्यकी देवी लक्ष्मीको आराधना सागै आज महाकवि लक्ष्मीप्रसादको दिन । उनको महाकवित्वमा शंका छैन । त्यसैले त राज्य भन्दा अगाडी बढेर जनताले भने महाकवि । उनै महाकविका जीवनी र चरित्रका बारे नयाँ इतिहास तयार पारिँदैछ अहिले । उनको जीवनी लेखिरहेका छन् नरेन्द्रराज प्रसाइँ । आजैको अन्नपूर्ण पोष्टमा आइपुग्दा उनले महाकविको मृत्यु भ्याइसके । अब छिटै त्यसको किताबी रुपमा बाहिरिने तरखरमा छ । जसमा उल्लेख महाकवि उनकी श्रीमतीका चरित्रका बारेका केही कुराले हंगामा ल्याउने छ ।

देवकोटा देवता होइनन् । मैले त्यस रुपमा पनि स्वीकार गरेको छैन । शिव, विष्णुका त भूलहरु छन् भने देवकोटाका भूल हुँदैन भन्न सकिँदैन बुधबारको साँझ म सँगको कुरामा प्रसाइँले भने । उनले लेखेका देवकोटाको जीवनीमा देवकोटा र उनकी श्रीमती देवकोटाका यौन सम्बन्धि गतिविधि हामीले आइडियलाइज गरेका देवकोटा भन्दा फरक छन् । (more…)

विजयको शुभकामना !

झरनाको सुस्काइ सँगै
मुस्कुराइरहेको मखमली र सयपत्री सँगै
सुस्काइरहेको खोला छहरा सँगै
भित्रिरहेछ विजया दशमी पनि उमंग सँगै
सफल भविष्यको शुभकामना
हृदयको भावना सँगै

(more…)