Posts belonging to Category समाचार



नेताको निधन सहन सकेन मुटुले

काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको शवयात्रामा हाम्रो नेता हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लगाइरहादा धनकुटाका काँग्रेस कार्यकर्ताका लागि भने साँच्चै कोइराला प्राण भन्दा प्यारा भए । धनकुटाका शिवकुमार उदासले कोइरालाको निधनको समाचार सुन्न सकेनन् । (more…)

शवयात्रा सुरु

7 59 सुजाताले दिएको दागबत्तीले जलिरहेका छन् गिरिजा

7 25  चितामा कोइराला, अग्नि दिने तयारी

6:50 पशुपति पुग्दैछन् गिरिजाबाबु । नेताहरु सबै आर्यघाटमा । गौशालामा निक्कै भिड अलबिदा भन्नका लागि ।

गिरिजाप्रसाद कोइरालाको शवयात्रा सुरु भएको छ । दशरथरंगशालाबाट कोइरालाको शव बोकेको सेनाको ट्रक हिंडेको छ । उनलाई एक नम्बर चितमा जलाइनेछ । जहाँ तत्कालिन राजा विरेन्द्रलाई अग्नि दिइएको थियो । उनलाई पुत्री सुजाता कोइरालाले दागबत्ति दिने छिन् । (more…)

लुटे ग्रेटर नेपाललाई

सुगौली सन्धि अंग्रेज सँग भएकाले भारतले नेपालको भूमि नेपाललाई फिर्ता दिनुपर्ने माग राख्दै आएका एकीकृत नेकपा राष्ट्रिय मोर्चाका अध्यक्ष फणिन्द्र नेपालमाथि आक्रमण गरिपको छ । साँझ बागबजारमा अज्ञात व्यक्तिहरूले उनि माथि आक्रमण गरेका छन्। मुखमा मास्क लगाएका मानिसहरूले घेरामा पारी खुकुरी र पेस्तोल देखाई साथमा रहेको करिब रु. २१ हजारसमेत लुटेको नेपालले बताए भनेर राससले लेखेको छ। उनीहरूले ग्रेटर नेपालको कुरा उठाउने तैं हैनस् भन्दै धम्क्याएको र (more…)

गुगल, चिन र सेन्सरसिप

लगातार आफ्नो सिस्टम मा आक्रमण र ह्याकिङ प्रयास भइरहेको भन्दै गुगल ले केही दिन अघि चिन मा अब google-chinaदेखि आफ्नो गुगल सर्च मा सेन्सर नगर्ने निर्णय गरेको छ । चिन मा सन् २००६, जनवरी देखि google.cn मार्फत गुगल ले काम गर्दै आएको थियो । चिन सरकार को कडा नियम को परिपालन गर्दै, गुगल ले आफ्ना सर्चहरु मा सेन्सर गर्दै आएको थियो । यति धेरै सेन्सरसिप लागु भइरहँदा पनि, चिन बाट आफ्नो सिस्टम तथा आफ्ना प्रयोगकर्ताहरु लाई बारम्बार आक्रमण भएकोले, अब देखि चिन मा सर्चमा सेन्सरसिप नलाउने भनेर, गुगल ले आफ्नो ब्लग मा लेखेको छ । सायद सेन्सरसिप को पालन नगर्दा आफ्नो सर्च र आ्फ्नो अफिस बन्द हुनसक्ने कुरा मा पनि गुगल जानकार रहेको छ । (more…)

विदेशमा गँजडी र अश्लिल नेपाली

नेपाली मध्ये धेरै समुदायको चाड पर्व र संस्कृती जाँड रक्सि सँग जोडिएको छ । शिवजीको प्रिय वस्तु भनेर धतुरो, गाव पनि खुला नै छ नेपालमा । अश्लिलताको त कुरै नगरौं । नेपालीहरु धेरै एक्सपोज्ड छन् शारिरिक रुपमा । नेपाली चलचित्र र पत्रपत्रिका कति सम्म नाड्गो तस्विर छाप्छन् त्यो त देखिएकै हो । विदेशमा पनि यसको निक्कै प्रभाव परेको रहेछ । रसरंग मात्र होइन नेपालबाट प्रकाशित धेरै नाड्गा तस्विर छाप्ने पत्रिकाको बजार भनेका बाहिर गएका नेपाली हुन् ।

विदेशमा नेपाली पक्राउ पर्नाको कारण पनि यिनै बानी हुने गरेको रहेछ । युएईमा कामका लागि गएका धेरै नेपाली ब्लुफिल्म, नाड्गा तस्विर भएका पत्रिका, गाँजा, जाँड, मर्चा लिएर हिंडेको, राखेको अभियोगमा समातिने रहेछन् । तिहारको पूर्वसन्ध्यामा नेपाली राजदूताबासले त्यस्ता सामान नेपालबाट नल्याउन आग्रह नै गरेको । थुक्क (more…)

पत्रकारको संर्घष मृत्युसँग

नाम भने सुब्बिनी के खाएर उभ्भिनी । नेपाली पत्रकारको पिडाको पाटो बोल्छ यो उखानले । सबै पत्रकार ऋषि धमला जस्ता त कहाँ छन् र ? पैसा र पावरको पहुँचमा । टेलिभिजनमा देखिने, रेडियोमा सुनिने र पत्रपत्रिकामा लेखिने पत्रकारका व्यक्तिगत जिवन धेरै कष्टकर छ । कतिपय मिडिया तलब दिँदैनन् कतिपय चाहिँ समयमा दिँदैनन् । कतिपय कम दिन्छन् । कम कमाइले सामाजिक असुरक्षा बीच बाँच्नु अनि हाँस्नु पर्ने अवस्था नेपाली पत्रकारको । यस्तो अवस्थामा गारो सारो पर्‍यो भने ज्यानकै माया मारे हुन्छ । राजनीतिक दलको कार्यकर्ता नभएरको र नेताको चाटुकार नभएकोको कसैले कुरा गर्दैन । कसैले हेर्दैन अघिल्ला पत्रकार हत्या र पक्राउका घटनामा देखिइ सकेको छ । यी सबै त राजधानीका पत्रकारका कुरा हुन । राजधानीकाको यस्तो छ बाहिर मोफसलकाको कस्तो हालत होला अनुमान लगाउनुस् । (more…)