Posts belonging to Category कफि कर्नर



अप्सन नहिँ हे

अभिताभ बच्चनको नायकी भएको राम्रो चलचित्र हो कभि कभि । कथानक निक्कै राम्रो लाग्या थ्यो मलाई । प्रेम विषयमा बनाइएको चलचित्र भिन्न प्रस्तुती थियो हो कथानकमा । आजको जस्तो होइन । पृथक नै कथा अनि प्रेमको प्रस्तुती हेरिसक्नु भा होला धेरैले । त्यसैको एउटा गीत तेरे चेहरे से नजर नहीं हट्ती नजारें हम क्या देखें………….. यो चाहिँ मेरो दैनिकीमा आइरहने गीत बनेको छ । विहान विहान उठ्ना साथ नजारा र डगर भन्दा पनि शहरका अनुहार हेरिरहनु परेको छ । दिनको सुरुवाताको उर्जाशिल समयको अनुहार हेराइ पनि अजब गजबको हुने । पावर कम भएर चश्मा लगाएको मेरो आँखाको प्रभातकालिन हेराइ पर्ने अनुहार कम्ता भाग्यमानी चाहिँ होइन । नेपालमा भाग्यमा विश्वास गर्ने जस्तै भाग्यमानीको साख्या पनि कम छैन । मेरो प्रभातिय नजर पर्नेहरु पनि त्यस्तै होलान् । हुन सक्छ म नै भाग्यमानी हुँ विहान विहान……………. हा हा हा । अगणित अनुहार माथि झुलुक्क पर्ने मेरो नजर । मेरो नगरको दैनिकी अनि मेरो दैनिकीको सुरुवात । अचम्म छ है । विहान हतार हतार कक्षा पुग्ने क्रममा फालिएको नजरमा पर्ने अनि परिने दैनिकी । सार्वजनिक यातायातले पनि नजर दैनिकीलाई प्रोमोट (more…)

तेरे चेहरे से नजर हटाना चाहता हुँ !

अभिताभ बच्चनको नायकी भएको राम्रो चलचित्र हो कभि कभि । कथानक निक्कै राम्रो लाग्या थ्यो मलाई । प्रेम विषयमा बनाइएको चलचित्र भिन्न प्रस्तुती थियो हो कथानकमा । आजको जस्तो होइन । पृथक नै कथा अनि प्रेमको प्रस्तुती हेरिसक्नु भा होला धेरैले । त्यसैको एउटा गीत तेरे चेहरे से नजर नहीँ हट्ती नजारें हम क्या देखेँ………….. यो चाहिँ मेरो दैनिकीमा आइरहने गीत बनेको छ । विहान विहान उठ्ना साथ नजारा र डगर भन्दा पनि शहरका अनुहार हेरिरहनु परेको छ । दिनको सुरुवाताको उर्जाशिल समयको अनुहार हेराइ पनि अजब गजबको हुने । पावर कम भएर चश्मा लगाएको मेरो आँखाको प्रभातकालिन हेराइ पर्ने अनुहार कम्ता भाग्यमानी चाहिँ होइन । (more…)

प्रेम र युद्धका जे पनिहरु

प्रेम र युद्धमा जे पनि जायज हुन्छ । सायद युद्ध र प्रेमको मामलामा मानिस निक्कै तल्लो हद सम्म गिर्न सक्छ भनेर जनाउन खोजिएको होला । यो भनाई शाश्वत लाग्छ । सायद सत्य पनि ? आज सम्म युद्ध, प्रेम र महिला यी विषयमा जस्तो विश्व र विश्वमत कुनै पनि कुरामा विभाजित भएको छैन होला । महाभारत देखी युद्ध अनि महिला र प्रेम आज सम्म पनि मानव जगतको अनुहारै कालो गराउने गरि विभिषिकाका कारण भएका छन् । सिताका कारण रामायण मच्चियो भने महाभारतमा द्रौपदीको पनि कम भूमिका छैन । बालीको बध देखी कुरुक्षेत्रका मोर्चामा युद्धमा जायज भन्दै अनेकन तिकडम गरिएका रोचक कथा छन् । तिनमा झुकेको छ मानवता । पौराणिक कथा देखी नै युद्ध र महिला सागै जोडिएको प्रेम र आशक्ति सबैले विश्व अनि सत्ता हल्लाएका छन् । नत्र ईन्द्रको आसन त्यसै त राक्षस डगमगाउन सक्दैनथे । सुरा सुन्दरी र सत्ता ईन्द्र यसैको वरपर हुन्थे । सानोमा कथा सुनेको हो ईन्द्रको अनि रामायाण र महाभारत अनि शिवपुराण १४ ईन्चे श्यामश्वेत टिभीमा हेरेकै हो । ईन्द्रको सत्ता हरेक पल्ट उवर्शीका उर्वौला नृत्यमा मग्न भएरै पल्टेको छ । आजको युगमा भएका भए प्लेब्वाइ कहलाउँथे होलान् ईन्द्र अनि क्याब्रे र डान्स रेस्टुराँका खाँटी ग्राहक । (more…)

मेरो नागरिक सर्वोच्चता !

शनिबारको दिन बिहानी पख देखें मैले एउटी सुन्दरीलाई………हो ठ्याक्कै यही गीत बजिरहेको थियो बाहिर मेरो आँखा खुल्दा । लौ विहानको आठ बजिसकेको रहेछ के विहान भन्ने ? दिन नै पो लागि सकेछ । घामले झ्यालको पर्दाबाट नियाली रहेको छ । उफ् आज पनि ढिला हुने भो हो, फेरी ठुस्काइ अनि नानाभाँती कुरा….उफ् । क्या बोर है यो लाइफ । शनिबारको दिन पनि पुरा निन्द्रा नै मर्ने गरि सुत्न पाइएन । मनमा हुँडरी नै आयो लाइफ देखी बिरक्त । भएर पनि के गर्नु ….त्यै मोरीको पापी मायाले तानेको छ । शरिर त घिसार्नै परो नि । आफै देखि बिरक्त मानिरहेको म कसैको कुरा सुन्ने मुडमा नि छैन । अब छिटो ब्रस गरेर फ्रेस हुने अनि शनिबारका लागि फिक्स गरिएको आफ्नी सुन्दरी सँगको भेटलाई सफलताका साथ सम्पन्न गर्ने । योजना बनिसकेको थियो मेरो निन्द्रा खुलेको १५ मिनेटका लागि कार्यान्वयनमा लाग्दै थ्यें । (more…)