Articles from August 2009



अहिलेको तीज

बाल्यकाल देखि महादेव स्वामी पाउँ भनि कामना गरेकी हिमालयकी छोरी पार्वतीलाई हिमालयले भगवान विष्णुलाई कन्यादान गर्न लागेको थाहा पाएर महादेवलाई स्वामीका रुपमा पाउँ भनि निर्जला ब्रत बसेको प्रसंगबाट सुरु भएको छ तिज । पार्वतीको ब्रतबाट प्रसन्न भएर महादेवले उनलाई राखेको इच्छा पुरा हुने बरदान दिएको पुराणमा उल्लेख छ । पार्वतीले ब्रत शक्तिबाट महादेवलाई पति पाएको प्रसंगबाट सुरु भएको परम्परामा आज पनि महिलाहरु श्रीमानको दिर्घायु तथा योग्य वरको कामनाका साथ भाद्र शुक्ल पूणिर्माका दिन ब्रत बसी महादेवको पुजा आराधना गर्छन् । त्यही ब्रत परम्परा हो तिजको धार्मिक पक्ष । जसमा महिलाहरुले एकै ठाउँ जम्मा भएर महादेव र सप्तऋषिको पुजा गर्छन् । तीन दिनको ब्रत परम्परा हो तीज । जसमा पहिलो दिन दर खाने, दोस्रो दिन निराहार ब्रत बसेर पुजा गर्ने र तेस्रो दिन विहानै नदि, कुण्ड तथा तलाउमा नुहाएर, दतिवनले दाँत माझेर सप्तऋषिको पुजा गर्ने गरिन्छ । बुबाको इच्छा विरुद्ध जान नसक्दा नसक्दै पनि ब्रतको शक्तिबाट पार्वतीले आफ्नो पति रोज्न पाउने स्वतन्त्रता प्रयोग गरेको दिन हो तीज । मनै मन आफूले प्रेम गरेको मानिसलाई पतिको रुप दिनको लागि देखाएको समर्पण । (more…)

बागमतीका डुंगा सरर

(more…)

ऐना हेर्ने बानी

विहान उठ्नासाथ मुस्कान दिदैं उभिन्छु ऐना अगाडी परिक्षाको जति नै घमासान होस् यो क्रम टुट्दैन मेरो विश्वको करोडौं जनसंख्या जसरी नै उभिन्छ होला उठ्नासाथ कोही बेडको छेवैमा रहेकोमा उभिएलान् कोही बाथरुमको उभिन चाहिँ उभिन्छन् यो मेरो आँकलन हो तपाइँ पनि पक्कै अपवाद हुनुहुन्न घडिको अलार्मले बिउँझाउँदा झर्को लागे पनि ऐनामा हँसिलो मुहार लगाइ हालिन्छ सायद जीवनमा अभिनय यहीँबाट सुरु हुन्छ

(more…)

राजाले तिर्ने, नेताले नि !

आजका पत्रपत्रिकामा श्री ५ महाराजाधिराजको पदवीबाट हटाइएका राजा ज्ञानेन्द्रले कर तिर्नमा चासो लिएको समाचार आएका छन् । स्वदेशको नागरिक प्रशासन अर्न्तगत झण्डा मुनि बस्न राजी विश्वका अनौठा उदाहरण उनले शोभा गृहको घरबहाल कर समेत तिर्छु भन्नु सरहानिय छ । राजा हुन भन्दा अगाडी देखी नै कर तिरेर व्यापारमा सहभागि राजाबाट आएको यो चासोले उनको नैतिकता देखाएको छ । (more…)

कृष्णजन्माष्टमीको शुभकामना

आज कृष्ण जन्माष्टमी । सबैलाई शुभकामना ।

कृष्ण भन्नासाथ रसिक स्वरुपको सम्झना हुन्छ । प्रेमालाप र गोपीनी ।

(more…)

फेरी सुचारु हुने चरणमा

केही दिन सर्भरमा समस्या आएका कारण नयाँ पोस्टहरु लेख्न सकिएन । साथै पुराना पोस्टहरु पनि ध्वस्त भए । पुराना पोस्टहरु इमेलमा रहेकाले तिनलाई पुन हेर्न मिल्ने बनाउने तयारी पनि गर्दैछु। अब कटुवाल फेरी सुचारु हुन्छ । (more…)