Articles from September 2009



राजाकामा दशैं

पहिले पहिले श्री ५ महाराजाधिराज हुदा राजाकामा टिका थाप्नेको निक्कै ठूलो भिड हुन्थ्यो । संवैधानिक हिन्दू अधिकाराज्यको महान पर्व र नेपालीको बडा चाड थियो दशैं । त्यसैले बडा दशैं भनिन्थ्यो । आजकल लोकतान्त्रिक र गणतान्त्रिक पूर्व सर्ग जोडिन थालेको छ दशैंमा । त्यस सँगै दशैंलाई छोट्याउन खोजीएको छ । दशैंका बिदाहरु काटिन थालेका छन् । बलीको विरोध हुन थालेको छ ।

दशैंको रौनक राजनीतिले घटाउदै जान थालेको छ । हिन्दू राज्यको विरोध गरेर धर्म निरपेक्ष बनाउने दलहरुले दशैंको महिमा र उल्लासलाई निभाउलान भन्ने आशा गर्नु त मुर्खता भइ नै हाल्यो । त्यसमा पनि सात देखी सत्र र बाइस दलको संयन्त्र र सरकारले महंगी पान गराएको छ जनतालाई । के को दशैं अब त दशा बनेको छ दशैं । सत्ताबाट बाहिरिएका राजाकामा भने हिन्दूमा मात्र सिमित गराउन खोजीएको बडा दशैंमा टिका थाप्ने लर्को पोहोरको भन्दा यस साल बढेको देखियो । फेसबुकमा फोटोपत्रकार पद्मसागर कक्षपतिले देखाएको तस्विरहरु हेर्नुहोस् न राजाकामा दशैंको टिका थाप्नेको भिड
Pic 1 (more…)

जनताकामा दशैं

आयो दशैं खसी चढेर, गयो दशैं ऋणको मसी बसेर जनताकामा दशैं सधैं ऋण दिएर मात्र जादैन कतिपय अवस्थामा नयाँ खालका अनुभव पनि दिन्छ । मणि गृहको यस सालको दशैंमा हामीले पनि नयाँ अनुभव गर्न पायौं । हरेक दशैं नयाँ अनि उस्तै उल्लास र उमंगका साथ मनाउनु मणि गृहको चरित्र नै हो । त्यसैका केही झलक फेसबुकबाट झिकेर यहाँ
(more…)

हृयाप्पी दशैं

आज विजया दशमी । आज ९ बजेर ३५ मिनेट देवी विसर्जनका लागी उपयुक्त समय छ । टीका लगाउने साइत भने १० बजेर ५५ मिनेटमा जुरेको छ । पञ्चांग निर्णायक समितिका अनुसार बिहान को १० बजेर ५५ मिनेट जाँदा टीका सुरु गर्नु उत्तम हुन्छ । मुख्य साइत १०:५५ हो । तर दिनभरी नै टीका लगाउन साइत शुभ छ ।

(more…)

गेम पार्लरमा नवमी

SDC10105
दशैं लामो बिदा हुने समय । आज नवमीको दिन । घटस्थापना देखी स्कुल जान छाडेर बसेका स्कुलेहरु के गरेर दिन कटाउने । काठमाण्डौंबाट छोटो समयको छुटि्टमा आएको आफूलाई पनि दिन कटाउन कम गारो त परिरहेको छैन । त्यसमा पनि स्कुले छुकछुक नगरी बस्न कहाँ सक्छन् र । आज जन्मदिनको समय पारेर म स्कुल पढ्दाका साथीहरु सँग भेट गर्न निस्कें घरबाट । म सँगै स्कुल पढेको साथी नारायण श्रेष्ठ, उसले घर नजिकै उसले साइबर क्याफे खोलेको रहेछ । गेम पार्लर पनि । आजको दिन भर त्यहीँ फेसबुक चलाएर बसियो । (more…)

लौ युवा भइएछ

banner
आज दशैंको नवमीको दिन । असोज ११ गते । अंग्रेजीको २७ सेप्टेम्बर । आज मेरो जन्मदिन । २०४१ सालमा जन्मेको हिसाबले म अहिले २५ वर्ष पुरा भएछु । अघिल्ला जन्मदिन काठमाण्डौंमा साथीहरुका बीच हुन्थ्यो यसपटकको जन्मदिन विशेष थियो २५ औं । समय पनि मिलेकोले म घरमा नै थिए । बा आमा सँगको जन्मदिनका केही पल मैले तस्विरमा कैद गरें । (more…)

एक वर्ष कटुवालको

katuwal
अघिल्लो साल असोज ११ गतेबाट सुरु भएको कटुवाल आजबाट एक वर्ष पुरा भएको छ । यस बीचमा हामीले होस्टिडमा धेरै समस्या बेहोरेका छौं । एक वर्षमा दुई पटक सर्भरको समस्या बेहोर्नु पर्यो । पहिलो पटक ब्याण्डबिथमा घोटाला त दोस्रो पटक क्र्यास भएका कारण सबै पोस्ट गुमाए पनि हामीले पूर्ण नेपालीमा ब्लग गर्ने हौसला गुमाएका छैनौं । हामी नेपालमा डोमिनान्ट रुपमा आएका राजनीतिक, सामाजिक, सांस्कृतिक इस्यु भन्दा अल्टरनेटिभ आवाजमा विश्वास गर्छौं र त्यसैमा अडिग छौं । कटुवाल नेपाली सञ्चारको परम्परागत परम्परा, जसलाई हामी हाम्रो ऐतिहासिक पहिचानका रुपमा लिएका छौं ।
(more…)

आज महाअष्टमी

Pics 744
आज महाअष्टमी म मणिगृहमा भइरहेको पुजामा सहभागी भएँ । विहान हजुरबुबा सँग अन्तरवार्ता लियो स्थानिय दमौली एफएमले । (more…)

उडान मणि गृहका लागि

pics 116
दशैं मनाउन परिवारको साथमा हुनका लागि आज विहान म तनहुँ हिंडे । सायद मेरो घरबाट मैले समय निकाल्न सकें भने कटुवालमा लेख्ने छु मेरो दशैं एक्सपिरियन्स ।

शुभ कामना

pics 187

जमरा उम्रेर पंहेलो हुन थालेको छ । दशैं घरमा । लौ भोली फुलपाती पनि आयो । अब बलि पुजा हुन्छ अनि सबैका दशैंमा दशैं पस्छ । परम्परा र धर्मको विरोध गर्ने अज्ञानीलाई माता दूर्गाले सदबुद्धि देउन । सबै नेपाली दाजुभाई दिदी बहिनीमा विजया दशमीको शुभकामना । आगामी दिनहरु सुखद हुन् (more…)

जाल जस्तै

pics 147

माकुराको जाल जस्तै हाम्रो जिन्दगी पनि जेलिएको छ त्यसैको एक जेलाइ हो परिवार । (more…)

Page 1 of 41234»