प्रेम र युद्धका जे पनिहरु
प्रेम र युद्धमा जे पनि जायज हुन्छ । सायद युद्ध र प्रेमको मामलामा मानिस निक्कै तल्लो हद सम्म गिर्न सक्छ भनेर जनाउन खोजिएको होला । यो भनाई शाश्वत लाग्छ । सायद सत्य पनि ? आज सम्म युद्ध, प्रेम र महिला यी विषयमा जस्तो विश्व र विश्वमत कुनै पनि कुरामा विभाजित भएको छैन होला । महाभारत देखी युद्ध अनि महिला र प्रेम आज सम्म पनि मानव जगतको अनुहारै कालो गराउने गरि विभिषिकाका कारण भएका छन् । सिताका कारण रामायण मच्चियो भने महाभारतमा द्रौपदीको पनि कम भूमिका छैन । बालीको बध देखी कुरुक्षेत्रका मोर्चामा युद्धमा जायज भन्दै अनेकन तिकडम गरिएका रोचक कथा छन् । तिनमा झुकेको छ मानवता । पौराणिक कथा देखी नै युद्ध र महिला सागै जोडिएको प्रेम र आशक्ति सबैले विश्व अनि सत्ता हल्लाएका छन् । नत्र ईन्द्रको आसन त्यसै त राक्षस डगमगाउन सक्दैनथे । सुरा सुन्दरी र सत्ता ईन्द्र यसैको वरपर हुन्थे । सानोमा कथा सुनेको हो ईन्द्रको अनि रामायाण र महाभारत अनि शिवपुराण १४ ईन्चे श्यामश्वेत टिभीमा हेरेकै हो । ईन्द्रको सत्ता हरेक पल्ट उवर्शीका उर्वौला नृत्यमा मग्न भएरै पल्टेको छ । आजको युगमा भएका भए प्लेब्वाइ कहलाउँथे होलान् ईन्द्र अनि क्याब्रे र डान्स रेस्टुराँका खाँटी ग्राहक । (more…)

October 30, 2009
|
Posted by Madan Mani
Categories:







भरखरैका टिप्पणीहरू