Articles from November 2009

November 25, 2009
|
Posted by Madan Mani
नोभेम्बर २५, आजकै दिन एक वर्ष अगाडी अन्नपूर्ण पोष्टमा भर्ती भा थें । भनुँ एक वर्ष भो अन्नपूर्ण पोष्टमा बाइलाइन आउन थालेको । पहिलो जागिर भन्दा हुन्छ यो डेब्यु पत्रकारितामा । एक वर्षमा धेरै कुरा जाने सिके जस्तो लाग्छ नेपाली पत्रकारिताबारे । अन्नपूर्णलाई फोकल पोइन्ट मानेर । सायद यहाँ जस्तै नै होला वातावरण काम गर्ने देखी दाम हात पार्ने सम्मको कुरा अरुमा पनि । बाहिर चैं निक्कै हल्ला खल्ला सुनेपनि । प्रोफेसनालिज्मको कुरा त के गराइ भो र नेपाली पत्रकारितामा । सबै राजनीतिक दलका कार्यकर्ता पत्रकार छन् । त्यसमाथि रिपोर्टर र सब-एडिटर लेबलका त जी हजुर गर्ने खालकै छन् । केहीलाई अपवाद राखेर ।
त्यो भन्दा फरक वातावरण खोज्नु ग्राउण्ड रियालिटी नबुझेको मानिएला । मैले काम गरेको मिडिया देशको एजेण्डा सेटर मिडिया होइन । यसको प्रस्तुतीले पनि त्यसको झल्को दिँदैन । साथीहरु भन्छन् न यसले सरकार बनाउँछ न ढाल्ने नै ल्याकत राख्छ । तर पनि यसले सप्लिमेन्टको अवधारणामा सातै दिनको फरक प्रस्तुतीले अरुलाई आच्छु आच्छु चाहिँ पारेको छ । मेरो जागिर यात्रा सँगै हो सप्लिमेन्ट सुरु भएको पनि । त्यसको प्रस्तुती र मेरो जोश सुरुमा उम्दा थिए । पछि विस्तारै मन मरे जस्तो बनेको छ सप्लिमेन्ट । अहिलेको सप्लिमेन्टमा पहिले जस्तो आकर्षण छैन । स्वादमा बानी परेर पनि होला त्यसका प्रस्तुती नयाँ लाग्दैनन् आजकल । (more…)
Categories: आफ्नो कुरा
|
6 Comments

November 23, 2009
|
Posted by Madan Mani

राजनीतिमा नेताहरु हरिलम्फु सावित भएका छन् जनताका लागि । अहिले राजनीतिले लम्फुपन पाएको बेला मुलुकको चल्ने टेलिभिजन कान्तिपुरमा रियालिटीशो गरेर युवा नेता खोजिँदैछ । (more…)
Categories: खेल, तस्विर, समसामयिक
|
No Comments

November 15, 2009
|
Posted by Madan Mani
गिरीजाबाबु । राजनीतिका महाहस्ती । अहिलेको राजनीतिक प्रक्रिया र शान्तिप्रक्रियाका नेता । उनी देशका फोक्सो हुन् । अहिले उनकै फोक्सोले धोका दिएको छ । फोक्सोको टालटुले उपचारले नपुगेर अहिले प्याकेज उपचारका लागि सिंगापुर हिंडेका छन् । उनलाई लिन चिलबुलेन्स पहिलो पटक नेपाल आयो । उनको एम्बुलेन्स यात्रा पनि हावामै भयो । वास्तवमा उनको जीवन हावा सँग निक्कै नजिक छ । उनको शासन पनि हावामा नै रहृयो । जसले जनताको भुइँ छुन नसकेर नै माओवादी मुलुक हल्लिने सशस्त्र युद्ध गर्न जुट्यो । तिनैलाई दबाउन नसकेर उनी सत्ताबाट निक्लिनु पर्यो । अनि उनको शासनमा धेरै भ्रष्टाचार पनि हावामै भए । तत्कालिन आरएनएसीलाई डुबाउन उनको शासनकाल नै पर्याप्त भयो । धमिजा देखी लाउडाका पृष्ठभूमिका व्यक्ति बने उनी । उनले छोरीलाई हवाई माफिया बनाए अनि जनताको पैसाबाट चलेको निकाय आरएनएसीलाई डुबाए । आज एनएसी भएपनि आरएनएसी जहाज विहिन बनेर अरुको एजेन्ट बनेको छ । अन्तर्राष्ट्रिय हवाइ उडानमा समस्या छ आजपनि । (more…)
Categories: राजनीति
|
2 Comments

November 13, 2009
|
Posted by Madan Mani
माओवादीले बिहिबारबाट सुरु गरेको सिंहदरबार घेराउको कार्यक्रम अहिले समापन हुन लागिरहेको छ । माओवादीका नेता कार्यर्कर्ता घेराउको घेरालाई समाप्त गर्दै भृकुटीमण्डप तर्फ लागेका छन् । सत्ता घेराउका क्रममा सय जना जति कार्यकर्ता घाइते भएपनि माओवादीको विरोधको कार्यक्रम नेपालमा आज सम्म भएका आन्दोलन मध्ये सबैभन्दा शान्तिपूर्ण हो । माओवादी आन्दोलनका क्रममा नेपालका मिडियाले पनि राम्रो कभरेज दिए । ग्ल्यामरस बनेको आन्दोलनमा माओवादीका नेता पुष्पकमल दहालले नेपाली सेक्सी नायिका रेखा थापा साग ठुमका मारेर पनि मनोरञ्जन दिए जनतालाई । नागरिक सर्वोच्चताको नारामा माओवादीले गरेको आन्दोलनमा सबै दिनमा माओवादीको मात्र सर्वोच्चता देखियो । सडकमा नागरिक हिंड्न त पाएनन् नै नागरिक दैनिकी पूर्ण रुपमा अस्तव्यस्त बन्यो । (more…)
Categories: राजनीति
|
No Comments

November 13, 2009
|
Posted by Madan Mani

नागरिक सर्वोच्चताको माग राखेर माओवादीले आन्दोलन चलाएको समयमा सिंहदरबार घेरिइरहेको छ । नागरिक सर्वोच्चता शासनमा झल्काउन माओवादी सरकारको कमान आफ्नो हातमा हुनुपर्ने बताइरहेको छ । आन्दोलनमा उत्रेको माओवादीका कारण मुलुक ठप्प प्राय छ । यसै सन्दर्भमा मैले पनि नागरिक सर्वोच्चता तस्विरमा देखाउने बारेमा सोचें र हाई एंगलका नागरिक तस्विर खिचें । मलाई लाग्यो नागरिक तस्विरमा उच्च र ठूलो देखिनु नागरिक सर्वोच्चता हो । (more…)
Categories: तस्विर
|
No Comments

November 13, 2009
|
Posted by Madan Mani

विद्यार्थी, त्यो पनि नीजि स्कुलका । माओवादी मात्र होइन सबै राजनीतिक दलका कार्यक्रम र जनप्रदर्शनका बाह्रमासे सहभागि हुन । माओवादीको सिंहदरबार घेराउमा पनि विद्यार्थी नै सहभागि थिए । विद्यालयका बस र विद्यार्थी सहजै जुट्ने भिड हो प्रदर्शनका लागि । (more…)
Categories: तस्विर, राजनीति, समसामयिक
|
1 Comment

November 13, 2009
|
Posted by Madan Mani
माओवादी नेता कार्यकर्ताले सत्तामा बिहिबार र शुक्रबार धर्ना दिए । सिंहदरबार सुरक्षाका लागि बसेका प्रहरीहरु धर्नाकारी अगाडी नबढुन भनेर दिनभर खटिए । न ढुंगा मुढा न टायर जलन । शान्तिपूर्ण भयो । हल्का माओवादीले चार्ज गरे हल्का प्रहरीले तर पनि प्रदर्शन सौहार्द रहृयो । आज प्रदर्शनमा बसेका प्रहरी र प्रदर्शनकारी दुवैले टुंडिखेलमा घेर्ने रोक्ने कार्यलाई मैजारो गर्ने छन् । (more…)
Categories: तस्विर, राजनीति, समसामयिक
|
No Comments

November 12, 2009
|
Posted by Madan Mani

माओवादी सत्ताबाट ओर्लेपछि सडकमा राज जमाएको छ । सडकको बाटो माओवादी आफैले रोजेको हो । सरकारमा त बितण्डा गर्ने माओवादी सडकमा उग्र हुनु सामान्य हो । तर यसपाला माओवादीको सडक प्रदर्शन अलि फरक छ । सडकमा रोधी जमाएका छन् माओवादीले । (more…)
Categories: तस्विर, राजनीति
|
2 Comments

November 11, 2009
|
Posted by Madan Mani
पहिले शाहज्यादा अनि युवराज राजपरम्परा रहिरहेको भए श्री ५ हुने लाइनमा भएका पारस शाह । युवराज पारस नाम भन्दा अगाडी श्री ५ थियो पहिले। अब इतिहास बन्यो त्यो कुरा । तर, बाघ बुढो भएपनि घाँस खाँदैन राजा बुढो भएपनि जंगल जाँदैन भने झैं राजकुलका सदस्य पनि चानचुन भएर बस्दैनन् । सायद त्यही भएर होला सिंगापुरमा आलिसान पारामा बसेका समयले पछि पारेका युवराज । उही सत्ताकालिन उत्साह अनि पारा छ उनमा । फरक यति छ संयमित बनिरहेका छन् आजकल उनी ।
चर्चाबाट ओझेलमा कहिले पनि परेनन् पारस । यसो भनौं चर्चार्बाट बाहिरिन नै दिइएन उनलाई । प्रपोगाण्डा गरिरहे राजनीतिक लुभ्द आशाहरुले उनलाई । एउटा खलपात्रको रुपमा मात्र उतारियो उनको छवि जहिले पनि । प्रविण गुरुडको मृत्यु भएको सडक दुर्घटना देखी राजदरबारको हत्याकाण्ड सम्म उनलाई भिलेनको रुपमा चित्रण गरे राजनीतिक दलले । सायद सत्ता स्वार्थका लागि प्रपोगाण्डा गर्ने सहज हतियार हुन पारस ।
(more…)
Categories: राजनीति
|
No Comments

November 10, 2009
|
Posted by Madan Mani
अभिताभ बच्चनको नायकी भएको राम्रो चलचित्र हो कभि कभि । कथानक निक्कै राम्रो लाग्या थ्यो मलाई । प्रेम विषयमा बनाइएको चलचित्र भिन्न प्रस्तुती थियो हो कथानकमा । आजको जस्तो होइन । पृथक नै कथा अनि प्रेमको प्रस्तुती हेरिसक्नु भा होला धेरैले । त्यसैको एउटा गीत तेरे चेहरे से नजर नहीं हट्ती नजारें हम क्या देखें………….. यो चाहिँ मेरो दैनिकीमा आइरहने गीत बनेको छ । विहान विहान उठ्ना साथ नजारा र डगर भन्दा पनि शहरका अनुहार हेरिरहनु परेको छ । दिनको सुरुवाताको उर्जाशिल समयको अनुहार हेराइ पनि अजब गजबको हुने । पावर कम भएर चश्मा लगाएको मेरो आँखाको प्रभातकालिन हेराइ पर्ने अनुहार कम्ता भाग्यमानी चाहिँ होइन । नेपालमा भाग्यमा विश्वास गर्ने जस्तै भाग्यमानीको साख्या पनि कम छैन । मेरो प्रभातिय नजर पर्नेहरु पनि त्यस्तै होलान् । हुन सक्छ म नै भाग्यमानी हुँ विहान विहान……………. हा हा हा । अगणित अनुहार माथि झुलुक्क पर्ने मेरो नजर । मेरो नगरको दैनिकी अनि मेरो दैनिकीको सुरुवात । अचम्म छ है । विहान हतार हतार कक्षा पुग्ने क्रममा फालिएको नजरमा पर्ने अनि परिने दैनिकी । सार्वजनिक यातायातले पनि नजर दैनिकीलाई प्रोमोट (more…)
Categories: कफि कर्नर
|
1 Comment
भरखरैका टिप्पणीहरू