Articles from December 2009



ग्लोबल शुभकामना !


ग्लोबल भएको विश्वका नेटिजनका बीच आज नयाँ वर्ष थपिएको छ । नेटिजन भित्र पनि नेपालीजनको संख्यामा बढोत्तरी यसरी भएको छ कि अनलाइनका फोरममै नेपाली भर्चुअल भूगोल बनेको छ । त्यही भर्चुअल भूगोलको एउटा डाँडोमा बसेर कटुवालको परम्परालाई अगाडी बढाइरहेका हामी सबै नेटिजनमा शान्ति, शुभ, मंगल र प्रगतीको कामना गर्दछौं । (more…)

भत्काईंदै गएको नेपाल र सम्झना राजाको

पुष १४, एक दशक अगाडी यही दिन कत्ति रौनकको हुन्थ्यो । राजाको जन्मदिन भव्य समारोह टुंडिखेलमा अनि सार्वजनिक बिदा । पत्रकारहरुका लागि पनि मख्खैको दिन नि । कति काला साप्ताहिकले वर्ष भरि देख्न नपाएको विज्ञापनको मुख देख्थे । सरकारी विज्ञापनको रकम पाउने आशमा सांझ सांहिली माहिलीकोमा दुई ट्वाक लगाउन पुग्थे पत्रकार भन्दा मख्ख पर्नेहरु । अब बागमतीमा ढल र राजनीतिमा जल सँगै राजाको जन्मदिनको रौनक सकियो ।
अब राजाको प्रासांगिकता सकिएको छ नेपालमा । न राजा भन्ने पद नै छ । केवल शालिक छन् अनि इतिहास । त्यो पनि कम्युनिष्ट भनाउनेहरु मेट्नमा लागि परेका छन् । अहिलेको अवस्था भन्ने हो भने जनताको अधिकांश पपुलर मतले राजसंस्थाको अन्त्य गरिसकेको छ । संविधानसभाले नेपाललाई गणतन्त्र घोषणा गरेको पनि वर्ष दिन नाघिसक्यो । भलै गणतन्त्रमा लग्ने निर्णयले प्रजातान्त्रिक प्रक्रिया पुरा नगरेको होस् तर देशमा राजतन्त्रको औचित्यलाई समाप्त चाहिं गरिएको छ । हुन छ राजनीतिक दलले जनताको मत बेगर नै उधारो गणतन्त्र घोषणा त गरेकै थिए । जनमतको निर्णयलाई स्वीकार्दै विश्वका हिन्दू सम्राट नेपालका अन्तिम राजा ज्ञानेन्द्रले गद्दि र राजदण्ड सरकारलाई जिम्मा लगाएर हिंडे । (more…)

सत्ता की नैया हे दिल्लीके भरोषे

राजनीति र चलचित्र दुवै ताता चिज हुन् । राजनीति देश हाँक्ने, रोक्ने नीति त्यसमाथि सत्ताको रापले तातेको शास्त्र । चलचित्रलाई चाहिँ एउटा पचासको दशकका सञ्चारविद्ले भनेका हुन यो तातो माध्यम हो भनेर । प्रभाव पार्ने हिसाबमा तातो चलचित्र माध्यम जस्तै छ राजनीति पनि त्यसैले यो राप र तापको विषय हो । हिमालयको देश नेपाल चिसो ठण्डा हावापानी । तर पनि यहाँको राजनीति हावापानी गोत गएको छैन । यहाँको राजनीति रापिलो छ, पारिलो घाम जस्तै । जहिले पनि मध्य दिन छ राजनीति यहाँ राप र तापको मामलामा । सूर्य नअस्ताउने देशको उपनिवेशको अस्त भएपनि नेपालको राजनीतिको राप अस्त हुँदैन । त्यसैले पहिला पहिला राजा कहिल्यै मर्दैन भनिन्थ्यो अहिले नेपालमा राजसंस्थाको अन्त्य भइसकेको छ तर राजनीतिको राप भने सेलाएको छैन । आजकै राजनीति हेर्ने हो भने पनि माओवादीको तीन दिने आमहड्तालको राप सेलाउन नपाउँदै अगेनोमा ढुङ्ग्रोले हावा फुकियो । माघ १० सम्म भण्डाफोर त्यसपछि के के फोरिन्छ त्यो चाहिँ सार्वजनिक भएको छैन । सार्वजनिक नगरि धेरै फोर्ने योजना हुन सक्छ सायद । (more…)