अति, खति र राजनीति

अति सर्वत्र वर्जयेतः संस्कृतमा भनिएको छ । अति भएपछि त्यसले खति निम्त्याउँछ हाम्रा पुर्खाले अनुभव गरेको कुरा हो यो । अहिलेको राजनीतिले पनि अतिको रुप लिन थालेको छ । शान्ति सम्झौताको नाटकको अन्तिम दृश्यमा पुगिसकेका छन् माओवादी र पुरानो सात दलिय सिन्डिकेट । देश जातिय, भाषिक नारामा फसेको छ । अब नेपाली भन्दा पनि नेवार, बाहुन, क्षेत्री, राई यस्तै यस्तै पहिचान खोज्न थालिएको छ । यस साता राजधानी र देश पूर्ण रुपमा माओवादी राजनीतिबाट पिडित भयो । कतै कर्फ्र्यु, कतै सडक जाम अस्तव्यस्त दैनिकी । सरकारको देशको भण्डारको साँचो खोल्ने नैतिक हैसियत समाप्त भएको छ । जेल देखी अस्पताल सम्मको खर्च गर्ने अवस्था सकिएको छ । सडक सागै जीवन अवरुद्ध छ । चलचित्रका नायिकाहरु भकाभक निला चलचित्रमा देखिएका छन् । पशुपतिका भण्डारीका हात पुजा सामग्रीमा भन्दा बढि बियरका बोतलमा लागेका छन् ।
समाजको नैतिक धरातल पूर्ण रुपमा खस्केको छ । आज समाज पूर्ण भ्रष्ट बनेको छ । सबै पैसा र पोजिसनका पछाडी दौडेका छन् । राजनीतिक नेताहरुको त्यसमा बढेको मोहले देश र जनताको अवस्था खस्कादै गएको छ । माओवादीले भलै विदेशी राजदूतको सक्रियता र कन्सर्नका कारण आफ्ना आन्दोलनका कडा कार्यक्रम फिर्ता लिएको छ । तर पनि उसका आजसम्मका कदमले शान्ति सम्झौताको उल्लंघन गरिसकेका छन् । सरकारले सेना लगायतका सुरक्षा अंगलाई सक्रिय रहन र कुनै पनि अवस्थाका लागि तयार रहन भनिसकेको छ । एउटा भयको वातावरण बनेको छ जनताका लागि । अब फेरी माओवादीको अचानोमा पर्ने खतराको अवस्था आएको अनुभव जनतामा भएको छ । काम गरि माम खाने वातावरण बन्ने कुनै संभावना देखिएको छैन । के यो अति भएको होइन त ?
तस्विरः निरज सापकोटा

November 4, 2009
|
Posted by Madan Mani
Categories:

देशलाई लागेको रोग चाँडै निको होस् । म मुटु स्वस्थ बनाई राखिदिन्छु, तपाई रगत सफा बनाई राखिदिनुहोला अनि अरू……. देश हाम्रो शरिर हो भने हामी त्यसका अंग हौँ । कुन अंगले शरिर अस्वस्थ देख्न चाहन्छ होला र । जो चाहन्छन् ति प्राणघातक भाइरस हुन् शरिरका ।