विरोध सडक हेपाइ र हत्याको
सडकमा पैदल यात्रुलाई पेलेर गाडी चलाउँछन् ड्राईभर । चक्रपथमा यो समस्या धेरै छ । झनक्क रिसाउने उमेरका छन् ड्राईभर । मानसिक र शारीरिक रुपमा परिपक्व नभएका उरन्ठेउला ड्राईभरको चलाइको अनुभव चक्रपथमा सबैले गरेकै हो । थोत्रा बस र उरनठेउला ड्राईभर भएपछि त के चाहियो । पैदल यात्रुको ज्यान र जीउमाथि चडाउँछन् गाडी । यस्तै उरन्ठेउलो ड्राईभरको कारण हिजो चाबहिलमा तीन जनाको ज्यान गयो त्यस मध्ये एक जनक्रान्ति उच्चमाविका विद्यार्थी थिए । आज चाबहिलमा उच्चमाविका विद्यार्थी र सर्वसाधारणले प्रदर्शन गरे । त्यसको माग थियो पैदलयात्रीको सर्वोच्चता भन्ने मलाई लाग्यो तपाईंलाई के लाग्छ ?

प्रदर्शनकारी विद्यार्थी

प्रदर्शन नियाल्दै प्रहरी

पछाडी फर्केर नारा लगाउँदै छात्रा

मिस पनि प्रदर्शनको पाठ सिकाउँदै

November 6, 2009
|
Posted by Madan Mani
Categories:

भरखरैका टिप्पणीहरू