- ललिता पौडेल
चुल्ठो पाले पाल कान्छा, दाह्री फाले फाल,
कारण भन्नु पर्दैन भो, तिम्लाई के को बाल ?
हाफ पाइन्ट लाए लाउ कान्छा, या त पत्लुन भिर,
टोपी हातमा लगाऊ, कान्छा पञ्जा लगाउ शिर ।
कार चढे चढ कान्छा, या त पाऊले हिंड,
एकान्तमा रमाउ वा, मिसिउ हुल भिड ।
जे गरेनी गर कान्छा, चासो छैन रत्ति,
तर कीन ? मेरो चाहिं खोजी गर्छौ अति ?
फलानी त हिंड्दै थिइ, एउटा झ्याप्ले सित,
ढिस्कानी त मस्किँदै थिई अर्को ट्यापे सित ।
एक एक थरी केटीको, रिपोर्ट राख कान्छा,
जे गरे नि भ्याएका छौं, हाम्ले भेला भान्छा ।
स्कर्ट पनि लाउँछु कान्छा फरियानी बेर्छु
गिद्धे आँखा लाउँछौ र छ अनेक फेसन फेर्छु ।
नराख्ने भए तिम्ले कान्छा मेरो केही चासो,
न भित्रिन्थ्यो कुरीति यो, न पालिन्थ्यो नासो ।
न नाच्थें म डान्सबारमा, न बेचिन्थे चेली,
कोठी सम्म कान्छी पुर्याउने, कान्छाहरु नै झेली ।
किन झुठो बोल्छौ कान्छा, तिमी पनि त फसेकै छौ,
रंगीचंगी दुनियाँ हेर्न, दोबाटोमा बसेकै छौ ।
लेडिज फेसन शीर्षक पाए, घण्टौं मञ्च थर्काउँछौ,
एउटा मात्र प्रश्न सोध्दा, सयौं जवाफ फर्काउँछौ ।
नगर्ने भा तारिफ कान्छा, छोटो छोटो लाउने थिइन,
भेट्न तिम्ले बोलाकै हो, नत्र व्यर्थै धाउने थिइन ।
त्यसैले त भन्छु कान्छा, मेरो छैन तिम्रो दोश,
तिम्ले गर्दा बिग्रयो संसार, गम्भिर भइ एकछिन सोच ।
चामुण्डा उच्चमावि जोरपाटीकी छात्रा



hahahaha
गज्जब को दनक छ है !
hahahaha
गज्जब को दनक छ है !
तर अलि पुरानै विषय भो जस्तो लाग्यो !
आकारसँग पूर्ण सहमत !!
आफ्नो टिप्पणी दिनुहोस्