नेपाली लण्डन ड्रिम्स

लण्डनको ठूलो मास अनि त्यसमा आफूले परफरमेन्स गर्ने अवसर । त्यसको सपना के ठूला मुलुकका नागरिकले मात्र देख्नु भन्ने छ ? बलिउडका सिनेमामा मात्र त्यस्ता कथानक आउनु भन्ने छ । बलिउडको सिनेमाले काठमाण्डौंमा भारतीय युवाको लण्डन ड्रिम्स देखाउँदा नेपाली युवाले पनि लण्डनको स्टेजमा गाउने सपना पुरा गरेका छन् ।
‘ग्लोबल ब्याटल अफ ब्याण्ड २००९’ को कम्पिटिसनमा नेपालको प्रतिनिधि ब्याण्ड बनेर जाने अवसर पाएको छ इक्वेल्सले । शनिबार नेपाली युवाको लण्डन ड्रिम्स विपना बनिरहेका हेरेर आएपछि मेरो मनमा लागेको कुरा नेपाली फिल्मले यस्ता सपना किन उतार्न नसकेका होलान ?

जे होस् नेपालका युवाले पनि सपना देख्ने मात्र होइन सपनालाई पुरा गर्ने अवसर पनि पाउँछन् शनिबार मैले देखें । लण्डनको स्कालामा नेपाली ब्याण्डले विश्व पिट्यो भने नेपाली युवाको समुहले एक लाख डलर र विश्वभर लाइभ कन्सर्ट गर्न पाउने छ । नेपालबाट लण्डन पुग्ने र जित्ने हौसला र सपना राख्नेहरुको पक्कै केही हुन्छ । सपना नै पालेन देखेन भने त्यसलाई विपना बनाउने शाहस र हौसला पनि हुन्न त्यसैले सपना देखौं । ड्रिम एण्ड एक्टको जमाना जो छ ।

November 8, 2009
|
Posted by Madan Mani
Categories:

भरखरैका टिप्पणीहरू