नो भिओआइ, इट्स भिओटी

नेपाली मुलको प्रशान्त तामाड सहभागी भयो भनेर पल्ला गाउँका हर्के बिर्खेले पनि साँझको तिन ट्वाकको पैसा काटेर एसएमएस गर्न दार्जलिड पैसा पठाको अस्ति जस्तो लाग्छ । भारतमा नेपाली मूलको केटोले रियालिटी शोमा भाग लिँदा त्यत्रो हल्ला गर्नेले नेपालमा भएका शोलाई चाहिँ बालै नगर्ने ? नेपाल टेलिभिजनबाट आइरहेको छ भ्वाइस अफ टीन (भिओटी)। १३ देखी १९ का किशोर तथा युवा उमेरकाका लागि गाउने अवसर । हिजो सम्म भ्वाइस अफ इण्डियामा कसले कस्तो गायो भनेर पंधेरामा समेत धक्कु लगाउनेले भिओटीको त कुरै गर्दैनन् बा । मैले नि यसो आज भिओटीको अडिसन हेरें । बाबै टीनएजरको शानै बेग्लै कोही हात फैलाएर गाका छन् कोही चाहिँ रातो सिग्नल पाएछन् क्यार रोए ग्वाँ ग्वाँ । यसो तस्विर क्लिक्क गरे थें ।

स्टेजमा परफर्म गर्दै एक टीन

यो हो स्टेजको बनावट । टिभीमा चैं देखाईन्न । लुकाउने भाग ।

लुकाउने भाग । खाली गाउने र कमेन्ट दिने जज मात्र देखाउँछन् टिभीमा त ।

खासमा भित्र गाउँदा हलको वातावरण चाहिँ यस्तो हुन्छ तर टिभीमा देखाउँदा चैं गाउनेलाई मात्र क्लोजप फ्रेममा देखाउँछ ।

November 8, 2009
|
Posted by Madan Mani
Categories:

बडा रमाईलो भएछ त मदन दाजु !!
पर्दा पछाडिको कुरा पनि हेर्न पाउँदा रमाइलो लाग्यो । मदन दाइ लाइ धन्यवाद ।
Dear Author,
Its a moment of pleasure to have voice of teen featured in this blog, and it feels great to see these wonderful words written for Voice of Teen.
Soon, this post will be featured on the Voice of Teen Homepage.
Warm Regards,
Voice of Teen http://voiceofteen.com
Meronepalma..com http://www.meronepalma.com
(official web partner)
Super A-One Media Pvt. Ltd