किन हल्ला युवराजको ?

पहिले शाहज्यादा अनि युवराज राजपरम्परा रहिरहेको भए श्री ५ हुने लाइनमा भएका पारस शाह । युवराज पारस नाम भन्दा अगाडी श्री ५ थियो पहिले। अब इतिहास बन्यो त्यो कुरा । तर, बाघ बुढो भएपनि घाँस खाँदैन राजा बुढो भएपनि जंगल जाँदैन भने झैं राजकुलका सदस्य पनि चानचुन भएर बस्दैनन् । सायद त्यही भएर होला सिंगापुरमा आलिसान पारामा बसेका समयले पछि पारेका युवराज । उही सत्ताकालिन उत्साह अनि पारा छ उनमा । फरक यति छ संयमित बनिरहेका छन् आजकल उनी ।

चर्चाबाट ओझेलमा कहिले पनि परेनन् पारस । यसो भनौं चर्चार्बाट बाहिरिन नै दिइएन उनलाई । प्रपोगाण्डा गरिरहे राजनीतिक लुभ्द आशाहरुले उनलाई । एउटा खलपात्रको रुपमा मात्र उतारियो उनको छवि जहिले पनि । प्रविण गुरुडको मृत्यु भएको सडक दुर्घटना देखी राजदरबारको हत्याकाण्ड सम्म उनलाई भिलेनको रुपमा चित्रण गरे राजनीतिक दलले । सायद सत्ता स्वार्थका लागि प्रपोगाण्डा गर्ने सहज हतियार हुन पारस ।

जनआन्दोलन दोस्रो शीर्षकमा माओवादी बुतामा उठेका तत्कालिन सात राजनीतिक दलको गठबन्धनले राजाको सत्ता अन्त्य गर्यो । तै पनि पारसलाई हतियार बनाउ छाडेनन् राजनीतिक दल । राजनीतिमा सत्ता र शक्ति भन्दा ठूलो केही हुादैन त्यसका लागि जे पनि गर्नु पर्छ भन्ने धारणा हुन्छ राजनीतिक दलको अनि नेताहरुको पनि । नत्र पटक पटक प्रधानमन्त्री भएका गिरिजाप्रसादलाई छोरीको लागि जात किन फाल्नु पर्थ्यो ? नत्र किनप्रचण्डले १५ हजार नरबली दिनुपर्थ्यो ? नत्र माधव नेपाललाई कठपुतली बन्नु पर्थ्यो ? राजनीति हल्लामा टिक्छ अनि बाहुबलमा बिक्छ नेपालको सन्दर्भमा । त्यसैले होला अनेक हल्ला चलाइन्छ राजनीतिक सत्ता समिकरण अनुसार । हिजो राजाले प्रतिक्रान्ति गर्ने हल्ला थियो आज राष्ट्रपतिले । उही कुरा पात्र फरक मात्र । तर पारस यस्ता पात्र हुन जसको बारेमा फरक फरक तर भिलेन कुरा मात्र चर्चामा ल्याइयो ।

आज एकीकृत नेकपा माओवादीको मुखपत्र दैनिक जनदिशाले पारस स्वतन्त्र तिब्बतको पक्षमा षडयन्त्रमा लागेको लेखेको छ । जनदिशा भनेको माओवादीको प्रपोगाण्डाको माध्यम हो भन्ने मिडियाको साधारण ज्ञान राख्नेलाई पनि थाहा हुन्छ। यसमा लेखिएको समाचारले युवराजलाई चर्चा दिने काम मात्र गरेको छ । संस्कृतमा भनाई छ येन केन प्रकारेण प्रसिद्धो पुरुषो भवेतः । सायद येन केन कसरी हुन्छ राजपरिवारका मानिसलाई जनमनमा बसाउने माओवादीको अघोषित नीति छ । नत्र पारस चर्चा मात्र किन ? सुजाता कोइराला पारस भन्दा कम बाबुको पहुाचको प्रयोग गरेकी मानिस हुन ? कति घोटाालमा उनको सहभागिता छ त्यसको छानविन र हल्ला गर्न सकेका छन् कसैले ?

यो सबै माओवादीले प्रपोगाण्डा गरेर राजपरिवारलाई जनताका मनमा राखिरहने नीति हो । नत्र किन असमयमा चर्चा पदविहिन भएका युवराजको । त्यो पनि मुखपत्रमा, क्रान्तिकारी दल माओवादीको ?

उस्तै खालका पोस्ट

Leave a Reply