माओवादी सत्ताबाट ओर्लेपछि सडकमा राज जमाएको छ । सडकको बाटो माओवादी आफैले रोजेको हो । सरकारमा त बितण्डा गर्ने माओवादी सडकमा उग्र हुनु सामान्य हो । तर यसपाला माओवादीको सडक प्रदर्शन अलि फरक छ । सडकमा रोधी जमाएका छन् माओवादीले । सत्ता भूत चढेका चुनावमा जनताले लडाएकाहरु सिंहदरबारमा राज गर्नु प्रजातन्त्रको खिल्ली नै हो । सायद सिंहदरबारमा लालसाको भूत बसेको छ त्यसैले सिंहदरबार पस्नेहरु आफूलाई सिंह र अरुलाई स्याल मात्र देख्छन् । माओवादीले पनि स्यालको चलाखी निकालेर सत्तालाई घेरामा पारेको छ । आजको सत्ता घेराई रमाइलो देखियो माओवादीको । सत्ता लिप्साको भूत झार्न होला माओवादीले धामी पनि बसाले सडकमा । नाचे अनि नागरिक सर्वोच्चताको रटाइमा दिनभर गाना बजाना गरे ।

पद्मोदय मोडमा माओवादी नेता कार्यकर्ताको छेकाई

माओवादी नारा र गीतमा नाच्दै पाकी माओवादी कार्यकर्ता

सत्ताको बाटो छेकाईमा माओवादी नेता कार्यकर्ता प्रहरीको तारजाली बाहिर

सत्तारुढ दललाई विदेशी प्रभूको कठपुतली भन्ने माओवादीका वाइसीएलले राष्ट्रिय झण्डा पनि बोकेका थिए । माओवादी सभासद नै झण्डा फेर्नुपर्ने भन्दै हल्ला गरिरहेका छन् संविधानसभाको समितीमा ।

उस्तै खालका पोस्ट

  1. Ashesh को टिप्पणी,

    वाह! वाह! क्या चित्त बुझ्यो । जो राष्ट्रिय झण्डा फेरौँ भन्छ, उहि त्यै झण्डा बोकेर सडकमा आउने । गजवको चर्तिकला छ माओवादीको ।

  2. Asha को टिप्पणी,

    जे भए पनि शान्तिपूर्ण आन्दोलनको शुरुवात एउटा शुभ लक्षण भन्दा फरक नपर्ला यधपी यो पछाडि आफ्नै रहस्यहरु पनि होलान् नै ।

आफ्नो टिप्पणी दिनुहोस्

टिप्पणी सार्वजनिक रुपमा पढ्न एवं अरुको अगाडी पढ्दा वा बोल्दा सामाजिक मर्यादा कायम हुने खालको हुनुपर्नेछ । टिप्पणीलाई सञ्चालकले भाव नमर्ने गरि सम्पादन गर्न सक्नेछन् । टिप्पणीका कुरालाई आधार मानेर कहिँ कतै उजुर बाजुर गरिने छैन । आइपी र ईमेलको गोप्यता राखिनेछ । आतंकवाद र आपराधिक भावनालाई बढावा दिने टिप्पणीलाई हटाउन सकिनेछ ।

Subscribe to KATUWAL| कटुवाल | Nepali Blog | Alternative Perspective on Nepalese Politics, Society, Cultures and Life