समापन तिर माओवादी घेराउ
माओवादीले बिहिबारबाट सुरु गरेको सिंहदरबार घेराउको कार्यक्रम अहिले समापन हुन लागिरहेको छ । माओवादीका नेता कार्यर्कर्ता घेराउको घेरालाई समाप्त गर्दै भृकुटीमण्डप तर्फ लागेका छन् । सत्ता घेराउका क्रममा सय जना जति कार्यकर्ता घाइते भएपनि माओवादीको विरोधको कार्यक्रम नेपालमा आज सम्म भएका आन्दोलन मध्ये सबैभन्दा शान्तिपूर्ण हो । माओवादी आन्दोलनका क्रममा नेपालका मिडियाले पनि राम्रो कभरेज दिए । ग्ल्यामरस बनेको आन्दोलनमा माओवादीका नेता पुष्पकमल दहालले नेपाली सेक्सी नायिका रेखा थापा साग ठुमका मारेर पनि मनोरञ्जन दिए जनतालाई । नागरिक सर्वोच्चताको नारामा माओवादीले गरेको आन्दोलनमा सबै दिनमा माओवादीको मात्र सर्वोच्चता देखियो । सडकमा नागरिक हिंड्न त पाएनन् नै नागरिक दैनिकी पूर्ण रुपमा अस्तव्यस्त बन्यो । यस पटक माओवादीले २०६३ को जनआन्दोलनमा मिडियालाई जसरी दलहरुले प्रयोग गरे त्यसरी नै प्रयोग गर्यो । नेपाली मिडिया दलगत स्वार्थका लागि प्रयोग भए । पहिला कान्तिपुरले त्यसको नेतृत्व गर्यो भने अहिले माओवादी आन्दोलन आधा सफल चाहिँ एबीसी नाम गरेका टिभी र एफएमले गराए । माओवादीको लगानी भएको भनिएका जति मिडियाले कम्युनिष्ट शैलीमा प्रपोगाण्डा मात्र गरे दुई दिन । दिनभर टेलिभिजन च्यानलका लाइभले आन्दोलन सफल भएको सन्देश मात्र दियो । माओवादी आन्दोलनका पक्षमा आफूलाई मानवअधिकारवादी भनाउनेहरुले खुलेर समर्थन गरे ।

November 13, 2009
|
Posted by Madan Mani
Categories:

भरखरैका टिप्पणीहरू