चिलबुलेन्समा गिरीजा
गिरीजाबाबु । राजनीतिका महाहस्ती । अहिलेको राजनीतिक प्रक्रिया र शान्तिप्रक्रियाका नेता । उनी देशका फोक्सो हुन् । अहिले उनकै फोक्सोले धोका दिएको छ । फोक्सोको टालटुले उपचारले नपुगेर अहिले प्याकेज उपचारका लागि सिंगापुर हिंडेका छन् । उनलाई लिन चिलबुलेन्स पहिलो पटक नेपाल आयो । उनको एम्बुलेन्स यात्रा पनि हावामै भयो । वास्तवमा उनको जीवन हावा सँग निक्कै नजिक छ । उनको शासन पनि हावामा नै रहृयो । जसले जनताको भुइँ छुन नसकेर नै माओवादी मुलुक हल्लिने सशस्त्र युद्ध गर्न जुट्यो । तिनैलाई दबाउन नसकेर उनी सत्ताबाट निक्लिनु पर्यो । अनि उनको शासनमा धेरै भ्रष्टाचार पनि हावामै भए । तत्कालिन आरएनएसीलाई डुबाउन उनको शासनकाल नै पर्याप्त भयो । धमिजा देखी लाउडाका पृष्ठभूमिका व्यक्ति बने उनी । उनले छोरीलाई हवाई माफिया बनाए अनि जनताको पैसाबाट चलेको निकाय आरएनएसीलाई डुबाए । आज एनएसी भएपनि आरएनएसी जहाज विहिन बनेर अरुको एजेन्ट बनेको छ । अन्तर्राष्ट्रिय हवाइ उडानमा समस्या छ आजपनि ।
पछिल्लो पटक शान्ति सम्झौताको सफलताले उनलाई शिखरमा पुर्याए पनि उनको नाम सत्ताको जोडघटाउमा जोडिएर धमिलियो । सरकार गिराउने खेलमा गिरीजा । नियमित आकस्मिकता मात्र बनिरहेको छ । उनको स्वास्थ्य अहिले कमजोर बनेको छ । स्वास्थ्य सँगै उनको राजनीति पनि कमजोर बनेको छ । राजनीतिमा अराजनीति मच्चाउने उनी आफ्नै दलमा कमजोर बनेका छन् । उनको अनुरोध नमानेर महासमितीले सभापतिको अधिकार काटेको छ । उनले पार्टी र कार्यकर्ता बुझ्न सकेनन् । न कार्यकर्ताको भावना समेट्न नै सके । उनले राजनीतिको बहाव बुझ्न सकेनन् विस्तारै छेउ लागे अहिले । भावना र यथार्थ भन्दा माथि रहे गिरीजा । यस अर्थमा उनको राजनीति हावामा रहृयो । हुन त उनको राजनीति रघुपति जुट मिलमा कामदारले उचालेर हावा अनि स्टेजमा पुर्याएपछि सुरु भएको हो । अनि उनको राजनीति साधै माथि रहृयो । नेपालको राजनीतिमा चिल बने उनी । साधै जस्तो माथिबाट दल र सरकारलाई हेरेर ढलाउने र बनाउने खेलमा लागे । उनले गरेका धेरै काम पहिलो पटक भएको छ नेपालमा, आफ्नै दलको सरकार ढलाउने देखी चिलबुलेन्सको उपचार यात्रा सम्म ।



कडा कडा! तर विरामी भएका छन् अहिले दुईचार दिन छोड्दिउँ । निको भएर आउन् अनि फेरि गाली गरौँला!!!
साह्रै सटीक! चित्त बुझ्यो!
आफ्नो टिप्पणी दिनुहोस्