टिभीमा नेता खोज्नेहरु

राजनीतिमा नेताहरु हरिलम्फु सावित भएका छन् जनताका लागि । अहिले राजनीतिले लम्फुपन पाएको बेला मुलुकको चल्ने टेलिभिजन कान्तिपुरमा रियालिटीशो गरेर युवा नेता खोजिँदैछ ।

युवा नेताको खोजी गरिरहेको कार्यक्रममा राजनीतिका सााच्चि नेता पुगेको दिन सुटिडमा म पनि पुगें । साँच्चि राजनीतिक नेता त नेता जस्तै लागेनन् हो । चित्रबहादुर केसीको फोनले सुटिड नै अवरुद्ध पारिरहेको थियो । प्रदिप ज्ञवाली चाहिा युवा भनेको विचारले हुन्छ उमेरले कहाँ हुन्छ ? भन्दै थिए ।

मैले चाहिँ नेताका कुरा एक कान देखी अर्को कान सम्म गराएर केही फोटो लिएँ । न टिभीको ग्ल्यामरस शो बाट नेता बन्ने हो न उमेरले । नेता आवश्यकताले बन्ने हो भने माओवादीका कमरेड अनन्तले । आन्दोलनले नेता जन्माउँछ रे । ख्वै चारवटा जति आन्दोलन भइसको मुलुकमा नेतै जन्मेन । नागरिकहरुले बन्ध्याकरण गरेर हो क्या हो नेता नजन्मेको ।

November 23, 2009
|
Posted by Madan Mani
Categories:

भरखरैका टिप्पणीहरू