जागिरे एक वर्ष
नोभेम्बर २५, आजकै दिन एक वर्ष अगाडी अन्नपूर्ण पोष्टमा भर्ती भा थें । भनुँ एक वर्ष भो अन्नपूर्ण पोष्टमा बाइलाइन आउन थालेको । पहिलो जागिर भन्दा हुन्छ यो डेब्यु पत्रकारितामा । एक वर्षमा धेरै कुरा जाने सिके जस्तो लाग्छ नेपाली पत्रकारिताबारे । अन्नपूर्णलाई फोकल पोइन्ट मानेर । सायद यहाँ जस्तै नै होला वातावरण काम गर्ने देखी दाम हात पार्ने सम्मको कुरा अरुमा पनि । बाहिर चैं निक्कै हल्ला खल्ला सुनेपनि । प्रोफेसनालिज्मको कुरा त के गराइ भो र नेपाली पत्रकारितामा । सबै राजनीतिक दलका कार्यकर्ता पत्रकार छन् । त्यसमाथि रिपोर्टर र सब-एडिटर लेबलका त जी हजुर गर्ने खालकै छन् । केहीलाई अपवाद राखेर ।
त्यो भन्दा फरक वातावरण खोज्नु ग्राउण्ड रियालिटी नबुझेको मानिएला । मैले काम गरेको मिडिया देशको एजेण्डा सेटर मिडिया होइन । यसको प्रस्तुतीले पनि त्यसको झल्को दिँदैन । साथीहरु भन्छन् न यसले सरकार बनाउँछ न ढाल्ने नै ल्याकत राख्छ । तर पनि यसले सप्लिमेन्टको अवधारणामा सातै दिनको फरक प्रस्तुतीले अरुलाई आच्छु आच्छु चाहिँ पारेको छ । मेरो जागिर यात्रा सँगै हो सप्लिमेन्ट सुरु भएको पनि । त्यसको प्रस्तुती र मेरो जोश सुरुमा उम्दा थिए । पछि विस्तारै मन मरे जस्तो बनेको छ सप्लिमेन्ट । अहिलेको सप्लिमेन्टमा पहिले जस्तो आकर्षण छैन । स्वादमा बानी परेर पनि होला त्यसका प्रस्तुती नयाँ लाग्दैनन् आजकल ।
अहिले सम्म मुलुकको दोस्रो पत्रिकाको रुपमा लिने चाहिँ गरिएको छ यसलाई । र सो भन्दा माथील्लो तहमा पुग्छ भन्ने चाहिँ कसैले सोचेको छैन होला । ग्राहकका लागि सस्तो छ तीन रुपैंया मात्र । त्यसैले सामान पोको पार्ने हिसाबले किन्ने पनि धेरै होलान् । तर पढ्नेको साख्या पनि कम चैं छैन । यसलाई मानिसहरु कसरी लिन्छन् हामी सबैलाई थाहा छ । यसको प्रस्तुती त दैनिक हामीले देखेका नै छौं ।
एक वर्षमा बाहिर सुनिएका कुरा भन्दा पनि यसको भित्री अपरेसन सँग भिज्न पाएँ म । सुरुको दिन अफिस छिर्दा सम्पादकले मलाई अनलाइनमा राख्ने भने तर अनलाइन खुलेकै थिएन । अनि न्यूजपुलको पटट्यार लाग्दो काममा लगाए । त्यसपछि फिचरमा सारिएको मलाई वर्षभर फिचर लेख्ने मात्र काम भयो । न बिट न विषय । जुन विषयमा पनि दे दनादनको शैली । यसबीचमा उल्लेख्य आठ दश बाहेक अरु फिका नै भए प्रस्तुती । तर पनि फोटोमा भने मैले राम्रै गरें । मेरा धेरै क्लिकले सप्लिमेन्ट ढाके अनि केही क्लिकले पहिलो पेजको प्रमुख फोटो बन्ने अवसर पनि पाए । अब विस्तारै यो स्थान मेरा लागी सानो बन्दै गएको आभाष हुन थालेको छ । मानिसहरु छन् एकै मिडियामा दशक बिताउने । मलाई चाहिँ अब बिस्तारै ठाउँ साँघुरो भाको अनुभव भाको छ । तीनै मानिस अनि तीनै शैली । एक वर्षमा केही भएपनि ज्ञानको दायरा बढेर होला ती सबै साँघुरो लाग्न थालेको ।
भरखर एम ए पहिलो वर्षको जाँच दिएको समयमा जागिर गर्नुपर्छ भनेर खुला विज्ञापन भरेको । अनि लिखित र अन्र्तवार्ताको परफरमेन्स पछि नियुक्ति देको । त्यस समयमा मेरो लागी अन्नपूर्णमा इन्ट्री लेबलको जागिरमा जोडिनुको विकल्प पनि थिएन होला या त्यसको खोजी गरिएन । न म सँग अरुलाई चाकडी र जि हजुरी गर्ने मन थियो न अरुको आडमा जागिरे बन्ने रहर नै । त्यसैले मेरो मनले मानेको बाटो एप्लाइमा लागें म । पत्रकारितामा जागिरकारिता गर्न के सम्म गर्दैनन् मानिस । जी हजुरीको कुरै नगरौं । दाई देखी ख्वामित सम्म बनाउाछन् मानिस जागिरका लागि । चाकरी र गुलामी त कति कति नि । कति जनाको बिच्छौंना बाँडेको कुराले शहरमा हल्ला र दुर्नामी समेत कमाएको छ । कतिका समाचार पेजका पेज छापिएका छन् जागिरको लागि बिच्छ्यौना साटेका कथा । अनि कति उच्चपदका पत्रकारका नाम आएका छन् लेडी जुनियर साग जोडिएर । पत्रकारिता क्षेत्रमा बिच्छ्यौनाका कुरा पुराना भए साँझ जुनियर साग बाइकमा निस्कने सिनियरका कुरा पुराना भए । प्राक्टिकल भएका पत्रकारहरुका कुरा हल्लामा सुन्ने जुनियर पत्रकार भएँ जस्तो लाग्छ ।
ज्ञानको कुमुलेटिभ नेचरमा म एउटा सिरिजको रुपमा थपिएको छु । अनि केही सिक्ने र अनुभव लिने अभ्यासमा पनि छु । यसबिच मैले पत्रकारितामा कारिन्दारीपन देखी कार्यकर्तापन सम्मको प्रत्यक्ष अवलोकन गर्न पाएँ । कतिपय पटक पत्रकार बन्ने अवस्थामा पुगेको पनि छु । जे भएपनि मैले एकवर्ष अगाडी मिस्टर एडिटरलाई अन्र्तवार्तामा जे भनेको थिएँ त्यो पुरा गरेको छु । आफ्नालागी पनि एउटा गोरेटो खनियो जस्तो लाग्छ । सायद अबको यात्रा राजमार्गमा गर्नु पर्छ । त्यसको तयारी अनि फेरी एक नयाँ जोश अनि रफ्तारको यात्रा । त्यसका लागि एक वर्ष कुर्नु चाहिँ अल्छि होला ।

November 25, 2009
|
Posted by Madan Mani
Categories:

लौ बधाइ छ, जर्नालिस्ट मित्रलाई ! एकबर्ष को अनुभव ले अघि बढ्न धेरै सहयोग गर्छ । लौ, यो कुरा यस्तै हुन्, अब ट्रिट चाहियो है ! हार्दिक बधाइ तथा शुभकामना छ है ब्रो !
ल बधाई छ! राजमार्गको यात्रा पनि सफल होस् भन्ने मेरो भित्री मनदेखिकै शुभकामना!
कसैलाइ चाकडी नगरी पत्रकारिता गर्ने तपाइँको अठोटलाइ मेरो सलाम । अनि शुभकामना छ हरेक पलको ।
मेरो पढ्ने बानीमा ब्यापक रुपले परिवर्तन आउँदै छ
नेपालीमा ब्लग गर्ने साथीहरु लाई धेरै धेरै धन्यवाद
अनि कुरा तपाईंको जागीरको, यो त जागीर भन्दा पनि ठुलो कुरा हो जस्तो लाग्छ है मलाई त, केही प्रतिकृया पाउन हामीपनि तपाईंबाट
यो चाकडी भन्ने जात जहाँ नि घुस्दो रहेछ । अर्को बर्षको लागि अहिले देखि नै शुभकामना है ।
यो जागिर र जर्नालिज्मको ड्वेल पर्सपेक्टिभमा म सिरिजको कुन अन्तरमा छु थाहा छैन । तर यात्रामा सजगता र सही निर्णय हुनुपर्छ । हाम्रो देश र पत्रकारिता सबैलाई थाहा छ । सार्वजनिक हुँदै गएको दैनिकीमा साथिहरु बीच मेरो एक वर्षको कन्फेसन हो नि यो ।