सत्ता की नैया हे दिल्लीके भरोषे

राजनीति र चलचित्र दुवै ताता चिज हुन् । राजनीति देश हाँक्ने, रोक्ने नीति त्यसमाथि सत्ताको रापले तातेको शास्त्र । चलचित्रलाई चाहिँ एउटा पचासको दशकका सञ्चारविद्ले भनेका हुन यो तातो माध्यम हो भनेर । प्रभाव पार्ने हिसाबमा तातो चलचित्र माध्यम जस्तै छ राजनीति पनि त्यसैले यो राप र तापको विषय हो । हिमालयको देश नेपाल चिसो ठण्डा हावापानी । तर पनि यहाँको राजनीति हावापानी गोत गएको छैन । यहाँको राजनीति रापिलो छ, पारिलो घाम जस्तै । जहिले पनि मध्य दिन छ राजनीति यहाँ राप र तापको मामलामा । सूर्य नअस्ताउने देशको उपनिवेशको अस्त भएपनि नेपालको राजनीतिको राप अस्त हुँदैन । त्यसैले पहिला पहिला राजा कहिल्यै मर्दैन भनिन्थ्यो अहिले नेपालमा राजसंस्थाको अन्त्य भइसकेको छ तर राजनीतिको राप भने सेलाएको छैन । आजकै राजनीति हेर्ने हो भने पनि माओवादीको तीन दिने आमहड्तालको राप सेलाउन नपाउँदै अगेनोमा ढुङ्ग्रोले हावा फुकियो । माघ १० सम्म भण्डाफोर त्यसपछि के के फोरिन्छ त्यो चाहिँ सार्वजनिक भएको छैन । सार्वजनिक नगरि धेरै फोर्ने योजना हुन सक्छ सायद ।



आन्दोलनमा सडक तताएको माओवादीको माग र राजनीतिक मुद्दा चलचित्रको लागि राम्रो कथावस्तु बन्न सक्छ । सडकको नृत्यान्दोलन अनि अग्नी हवन विचारको । जगलाई पर्दामा देखाउने हो भने त्यसलाई दुवैको तातोपनको फ्युजन भन्दा हुन्छ । राजनीतिले सुरुवात देखी नै चलचित्रलाई प्रपोगाण्डाको रुपमा प्रयोग गर्यो । कम्युनिष्ट देखी तानाशाह सबैले प्रयोग गरे चलचित्रको तातोपनलाई सत्ता तताउन । प्रजातान्त्रिक भन्नेले पनि छाडेनन् चलचित्रको तातोमा सत्ता तताउन मदर इण्डिया देखी नेपाली आमा सम्मका चलचित्र त्यस्तै हुन् । त्यसो त माओवादी आफैले पनि लाल सलाम, जनयुद्ध जस्ता चलचित्र बनाएर राजनीतिको लाभ लिन खोजेको हो । चलचित्र हलमा कुर्सीले मात्र हेरे पनि आफ्नो हात जगन्नाथको पारामा माओवादी सरकार र तिनैका भरौटेले सर्वोत्कृष्ठ चलचित्र ठहर्याए । चलचित्रको कथावस्तु देखी छनौट र त्यसको कन्टेन्टमा पनि राजनीतिले धेरै ठूलो असर पार्छ । राणाकालमा नेपालमा जनताले चलचित्र कहाँ हेर्न पाउनु प्रजातन्त्रमा पो खुला भो त । पञ्चायतमा चाहिँ राष्ट्रिय भावनामा मात्र बने अहिले जस्तो माइक्रोस्कर्टको डान्स थिएन नि । यी सबैमा राजनीति चलचित्रको निक्कै नजिक देखिन्छ । राजनीतिको प्रभाव मात्र चलचित्रमा होइन चलचित्रको प्रभाव पनि राजनीतिमा छ नि । नेताको बोली, गराई र लगाईमा चलचित्रको पात्रता देखिन्छ ।

नेपालमा राजनीतिक नेतालाई चलचित्रको भिलेन साग तुलना गरिन्छ । नायकी देखाउन सकेनन् नेपाली नेताले खलनायकमा दरिए । भ्रष्ट अनि दलाल बने भन्छन् नेता उनैका भोटरले । नायकको रोल पाउन नसकेपनि कुर्सी हत्याउन चाहिं माहिर छन् । मोग्याम्बो बनेर हालीमुहाली चलाउने भूमिकाका लागि सडकमा धेरैलाई लावारीस बनाएका छन् । त्यसै मिस्टर इण्डिया जस्तै श्रीमान् नेपालको खोजी गर्नुपरेको छ ? जनताले । आजको राजनीतिक भाषणबाजीले पनि त्यही देखाएको छ । मोग्याम्बो बन्न विदेशी प्रभू साग वार्ता गर्ने भन्नेहरु साधारण जनता श्रीमान् नेपाल बन्न सक्छ भन्ने सोच्न सक्दैनन् । नेपाल अधिराज्यको संविधान २०४७ ले नारायणहिटीलाई अभिभावक बनाएर संसदलाई सुम्पेको नागरिक सर्वोच्चता दिल्लीका दरबारमा १२ बुँदामा बन्दी बनाउनेहरु दिल्लीलाई मालिक मानिरहेछन् । अमुक शक्ति र विदेशी प्रभूलाई साष्टांग गरि मोग्याम्बोको भूमिका माग गरिरहेछन् । त्यसको रुन्चे क्रन्दन छोप्न चलचित्रका नायिकाको ठूमका र झुम्का प्रदर्शन गरिएको छ । बर्निङ ट्रेन जस्तो मुलुकलाई अग्निज्वालामा लपेटेर मोग्याम्बोको भूमिका खोज्नेहरुको राजनीति चलचित्र भन्दा पर कहाँ छ ।



त्यसै पनि नेपालको राजनीति भारत भरोषे छ । औपचारिक भनाइ आन्दोलनमा माओवादीका अध्यक्ष पुष्पकमल दहालले दिइसकेका छन् । अहिले नेपालको चलचित्र बजार पनि भारतमुखी छ । बलिउडका गाना बजाना र पर्दाका नौटंकीले हल भरिएका छन् । आकर्षण छ दर्शकमा पनि साउथको । राजनीतिमा साउथ अनि पर्दामा पनि साउथ । अजब प्रेमकी गजब कहानी चलेको छ राजधानीमा बलिउडको चलचित्र सिनेमा घरमा अनि सडकमा साउथको दादागिरी विरुद्ध आक्रोश । कोही दिल्ली संग वार्ता गर्ने भनिरहेका छन् कोही मुम्बइको ठूमकामा रमेका छन् । नेपाली राजनीति र चलचित्र दुवैको बजार भारतको भरोषे छ । त्यताको सहानुभूति छ त सबकुछ छ । प्रेमकी नैया हे राम के भरोषे…………………….अजब प्रेम की गजब कहानी चलचित्रमा निरज श्रीधरको आवाजमा रणविर कपुरले तामझामको नाच देखाए त्यसैमा मख्ख काठमाडौंका नागरिकले बाहिर पनि देखिरहेका छन् आन्दोलनको तामझाम नेताका । आज आमहड्तालको विसर्जन गर्दै माओवादी नेताले भनेको भाषणले पनि त घुमाएर भन्छ सत्ता की नैया हे दिल्लीके भरोषे ।

उस्तै खालका पोस्ट

3 Comments

  1. Yam Bahadur Dura says:

    Your writing style is superb. Actually, your writing style is of info-tainment type.

  2. DA says:

    चिसो हावापानी भाको देशमा तातो राजनीति भइरहनु त स्वभाविकै हो, नत्र त नेताको के नै काम हुन्छ र? सके उन्नति र प्रगति गरेर तताउने हो। त्यसरी राम्रो काम गरेर तताउन नसक्ने भएपछि हल्ला र बकबास गर्नु परेको होला।
    त्यस्तो हल्लालाई फिलिम नामको वस्तु बनाएर प्रविधि मिसाइदिनासाथ उत्कृष्ट मात्रै होइन सर्वोत्कृष्ट घोषणा गरेकोमा किन आपत्ति हो? अरुले राम्रो नभनेपछि आफ्नै हातमा डाडुपन्यु भाको बेला नभनेर कहिले भन्ने?

    मंगलबार बानेश्वरमा गर्जेको कुरा बुधबार बिहानै अन्ठसन्ठ बोलेर तानतुन पार्ने कला देखाउनेको सम्मान हुनै पर्‍यो, हैन र?
    दक्षिणतिरका भगवानको भक्ति मात्रै होइन पूजा गर्छु, तिमी नै मेरा मातापिता, रक्षक, सत्तादाता भन्ने गीत सुनेर उहाको कलाकारिता थाहा पाउनुहोस्।

  3. hamroblog says:

    Website ko new looks dammi cha la katuwal ji. background ko Black ali Kam garna ho bhana Sun ma Sugandha saman huncha

Leave a Reply