कृतघ्न ड्राईभर, सुसंस्कृत खलाँसी

आज पुष २७ । गणतन्त्रको स्थापना भन्दा अगाडीको राष्ट्रिय एकता दिवस । अहिले संघिय बनेको गणतन्त्रमा चाहिँ एकता ए….कता – नेवाः कि मगराँत ? भइसकेको छ । समय र मानिस जति परिर्वतन भएपनि परिवर्तन नहुने चाहिँ इतिहास हो । चाहे जति नै नराम्रो भएपनि इतिहासलाई केही गर्न सकिन्न । नत्र भारतले दुई सय वर्षभन्दा बढि अंग्रेजको दास बनेको इतिहास फेर्थ्यो होला अनि अमेरिकाले पनि ।
तर पृथ्वीनारायण शाह गोरखाको कुनाबाट जन्मेर नेपालको इतिहासलाई भारत वा अमेरिकाको बिलकुलै फरक बनाए । जसले गर्दा नेपाल भन्ने स्वतन्त्र देश अस्तित्वमा आयो । त्यसैको फाइदा लिइरहेका राजनीतिक नेताहरु उनै पृथ्वीनारायणलाई बडामहाराज भन्न रुचाइरहेका छैनन् । इतिहासको सम्मान गर्न उनीहरुबाट हुने आशा राख्नुपनि मुर्खता हुनेछ । त्यही बीचमा आफूलाई नेपालको खलाँसी भन्ने लक्ष्मणसिंह खड्काले इतिहासलाई भित्रैदेखी सम्मानभाव देखाए । नेपालको सरकार चलाउने ड्राईभर कृतघ्न बनेको समयमा उनले पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा पृथ्वीप्रति श्रद्धा देखाई उनको विधिपूर्वक कर्मकाण्डीय रुपमा श्राद्ध गरे । देशको कमान सम्हालेका नेता भने देश हातमा दिने माथि कर्मकाण्डी सम्मान दिने काममा पनि चुके । सायद इतिहासमा कृतघ्नताको यो भन्दा ठूलो उदाहरण हुने छैन होला ।


तस्विर : बालकृष्ण थापा क्षेत्री

January 11, 2010
|
Posted by Madan Mani
Categories:

I agree with you. The history shouldnot be deleted rather respected !
श्राद्ध गरेर त ठिक गरे खडकाले तर रंग पोतेर पृथ्वीनारायण शाहको शालिकलाई कुरुप बनाएकोचाहिँ पटक्कै मन परेको छैन।