दिल्ली सँग दिलको कुरा

नेपालका सरकार र तीनका सञ्चालकलाई बानेश्वरको सभाबाट माओवादीका अध्यक्ष प्रचण्डले नोकर भनेको धेरै भएको छैन । सायद सर्वसाधारणको साधारण समझबाट बाहिर पुगेको छैन होला दिल्लीलाई मालिक भनेको कुरा । माओवादीले मालिक भन्ने गरेको दिल्लीका दूतका रुपमा उताका पराराष्ट्रमन्त्री एसएम कृष्णा सँग शनिबार माओवादी अध्यक्ष प्रचण्डले भेट गरे । नागरिक सर्वोच्चताको रुपमा परोक्ष रुपमा माओवादी सरकारको माग गरिरहेको प्रचण्ड नेतृत्वले भारतीय परराष्ट्रमन्त्री सँग आफूले सरकार चलाउन पाउनुपर्ने राख्यो । आखिर दिल्ली मालिक हो, माग राख्ने नै उसैसँग हो । प्रचण्डले जे गर्नुपर्ने हो सरकारमा जान त्यै गरे । यसले के देखायो भने, सरकारमा को बस्ने उसले निर्धारण गर्छ भन्ने त माओवादीले मानेकै रहेछ । नत्र हामीलाई सत्ता देउ भनेर किन भनेको दिल्लीका प्रभू सँग प्रचण्डले ? दिल्ली मालिक भएपछि माओवादी पनि नोकरै रहेछ नि होइन र ? नत्र किन दिल्लीका दूत सँग नेपालको घरेलु मामलामा गुनासो त ?

नेपालको आन्तरिक मामलामा दिल्लीको दिलको सम्बन्ध छ अब सबै नेपालीले बुझिसके । गिरिजा देखी माधल अनि प्रचण्डको दिल दिल्लीको नियन्त्रणमा छ । दिल्लीका बिल्ली हुनका लागि लडाइ चलिरहेको छ नेपालमा । त्यसको दौडमा माओवादी पनि कम छैन । बाहिर भन्न पो भा छै्रन भित्र व्यथा कति सारो छ, दुई मुखे कुराले दिल्ली रिजाउन कम गारो छ ? त्यही परेको छ प्रचण्डलाई । त्यसैले मिडिया भनिहाले आइसै ब्रेक भाको चाहिँ हैन तर सम्बन्ध सुधार छ ।

प्रचण्ड अघिल्लो दिन प्रचण्ड रुपमा कुर्लिन्छन् अनि भोलीपल्ट प्रचण्डै कुल पनि भइहाल्छन् । संविधानमा जस्तो भाषणमा पनि भोली पल्ट संसोधन हानिहाल्ने प्रचण्डको बानी छ । संसोधन नहुँदा सम्मको प्रचण्डको भनाइ जुन आज मिडियामा आएको छ (हेर्नुहोस् नागरिक दैनिक)त्यसले भनेको छ प्रचण्डले दिल्ली सँग दिलको कुरा गरे । सरकार हामीलाई दिनुपर्छ । दिल्ली सँग दिलको कुरा गरेका प्रचण्डले कृष्णा सँग दिल्लीको दिल राख्न नागरिक सर्वोच्चताको आन्दोलनमा गरेका कति कुरालाई संसोधन गर्नेहुन त्यो हेर्न बाँकी नै छ ।

उस्तै खालका पोस्ट

3 Comments

  1. Basanta says:

    हा हा हा! तब न नयाँ जनवादी नेता:)

  2. Madan Mani says:

    हो त । नेपालका नेताका पारा बुभिसाध्य छैन ।

  3. Ekalavya Sharma says:

    Leadership of Prachanda is the reflection of Nepalese mentality and intellectual depth. So are the people, so is the leader.

Leave a Reply