कालो कै राज

picture.katuwal.com

कालो गाडीमा सरर गुड्ने नेताजीको काम पनि कालो नै छ । मन्त्रालय देखी पार्टी कार्यालय धाउनेले अनुभव गरेको कुरा हो । अब कालो काम काज मात्र होइन जनताका रात र दिन पनि कालो हुँदैछ । रात त कालो अँध्यारो हुने नै भयो अब दिन पनि काम गर्न नपाएर कालो बनाउनुको बिकल्प छैन । लोडसेडिङ थपिएको छ । काम काज बन्द । सानो व्यवसाय गर्नेले इन्भर्टर र जेनेरेटर राख्न सक्ने कुरा भएन । काम गर्न नपाए पछि मुख कालो त हुने नै भयो नि । आजबाट सरकारले दिव्य नौ घण्टाको दैनिक बिजुली नदिने घोषणा गरेको छ । अर्थात् लोडसेडिङ नौ घण्टाको भयो ।
loadsedding

नेपाल विद्युत प्राधिकरणले आज जारी गरेको नयाँ सूचनाले रात मात्र होइन दिन पनि कालो बनाउनेवाला छ । काम छैन दाम पनि छैन अनि दाम सँग जोडिने भविष्य पनि ………………
लौ क्लिक गरेर हेर्नुस् कसको तिर कतिखेर लाइन जान्छ ।

उस्तै खालका पोस्ट

  • No Related Post

4 Comments

  1. Rajan Kathet says:

    such a pathetic situation we are facing….. may Lord Pashupatinath help us

  2. Ashesh says:

    अरू त त्यस्तै हो । यो लोडसेडिङको सेड्युल राखेर चैँ गज्जवको काम भयो ल । मैले नि सारेँ कपिमा । ५ नं हो हाम्रो चैँ!!! अव फेरि वत्ति जाने समयावधि वढेर नयाँ तालिका आयो भने राखि हाल्नु है दाजू । यति भए नि राहत हुन्छ । अनि अन्तिममा एकपल्ट हाँस्दिउँ कि क्या हो……हा हा हा हा हा

  3. Ametya says:

    अरु भन्दा नि blog चलाउन पो गार्हो भयो त । राती राती उठेर चलाउनु पर्छ र पनि मजा आउछ ।

  4. S says:

    The situation seems so chaotic….. In one hand the electricity authority imposes these kind of dreadful situation and on the other I think we never try to save electricity… many many instances are there….esp at offices…right now as well at my office….I am not switching off the tube light…because my seniors are not doing that….there is no CFL as well… ;)

    In small offices and factories work without electricity is so dreadful….I have personally felt that…while working….. it was so hard…,,work never finished on time…and the Bosses are always BOSS….

    Well…I must say I am lucky enough that there is no power cut at my office as of now ;)

Leave a Reply