कालो थिम राखौं बिजुली बचाऔं

कटुवालको थिम कालो भयो भनेर धेरै प्रतिक्रिया पाएको छु मैले । कालो किन ? धेरै प्रश्न । अनि कालो पृष्ठभूमिलाई जोडेर अनेकन भने साथीहरुले । मलाई चाहिँ कालो रंग नै मन परिरहेको छ । ख्वै कालो रंग शुभ चैं हैन रे । तर आधिकारीक रंग हो भन्ने सुनेको थिएँ । धेरै सरकारी कागजातमा कालोले लेख्नुपर्छ अनि ठूलो पोजिसनका अधिकारीहरु पनि कालो गाडीमा कालो कोटका साथै हिंड्छन् । तर वेवमा कालो राम्रो नमानिँदो रहेछ । तस्विरहरु झलक्क देखिने भएकाले पनि मलाई कालो मन परिरहेको छ । केही साल अगाडी कालो खोजको कुरा आएको थियो । हिन्दी पत्रिकामा पढेको थिएँ । पृष्ठभूमि कालो भएको पेजले पावर बचाउँछ रे । त्यसैले धेरै मेरा पेजहरु काला पनि छन् । मन कालोमा अड्कीएको छ ।

केही साथीले कालो पेजलाई पोर्न सँग पनि जोडे । उनिहरू लगायत सबै साथीहरुलाई म तलका साइटहरु हेर्न रिफर गर्छु है । ख्वै कालो थिमले मात्र धेरै नै पावर जोगाउँछ रे । सबै कुरा यहाँ पढौं न त । किलिक्कअर्को किलिक्ककालो खोजी साईट

उस्तै खालका पोस्ट

5 Comments

  1. Rajan Kathet says:

    black colour j hos malai background rakhna man parchha

  2. Niraj says:

    थिम कालो राम्रो छ तर फन्ट चै अलि सानो भयको होकी?

  3. Suba Sagar says:

    Madan ji,
    Black theme is most appropriate with the current context in Nepal, we have got loadshedding for almost 12hrs a day and the loadshedding hour is increasing every week or 2. If it goes on like this then we’ll be living in a total darkness within a couple of month. So better to be habitual with black(darkness) from now isn’t it?

  4. Motilal Rana Magar says:

    जसले जे भने पनि मलाई चाँही राम्रो लाग्यो है। अक्षर र तस्विर स्पष्ट देखिने रहेछ।

Leave a Reply