सरस्वती बन्दना

सरस्वती, ज्ञान सिप र कलाकी माता । आज उनको आराधनाको दिन । वसन्त पञ्चमीको दिन । सानोमा हुँदा स्कुलमा सरस्वती पुजाको धुम नै अर्कै सायद उमेर सागै लक्ष्मी तिर लहसिने भएकाले होला पाकाहरु सरस्वतीको त्यती खोजी गर्दैनन् । युवा उमेरमा लागेकाले पनि उतिसारो खोजी गरेझैं मान्दिन म पनि । क्याम्पसका कोठामा सरस्वती भन्दा पनि मेनका र उर्वसी तिर ध्यान पुर्याउँछन् केटाहरु । ब्याक अनि होल ब्याक शब्द त्यसै बनेका होइनन् । वसन्त पञ्चमीमा सरस्वतीको तस्विरमा पुष्पगुच्छा नचढाउनेहरु आयातित भ्यालेन्टाइन डेका लागि साता अगाडी नै प्लान बनाउँछन् । त्यो सँख्या बढिरहेको छ । सायद हामी मध्ये धेरै त्यही बहुमत तिर लागेका छौं होला । आज सरस्वती पूजाको दिन यो अन्तर्जालमा एक क्षण ज्ञान, विज्ञान र कलाकी मातालाई एकपटक सम्झेर उनको बन्दना सुनौं न त

उस्तै खालका पोस्ट

Leave a Reply