गुगल, चिन र सेन्सरसिप
लगातार आफ्नो सिस्टम मा आक्रमण र ह्याकिङ प्रयास भइरहेको भन्दै गुगल ले केही दिन अघि चिन मा अब
देखि आफ्नो गुगल सर्च मा सेन्सर नगर्ने निर्णय गरेको छ । चिन मा सन् २००६, जनवरी देखि google.cn मार्फत गुगल ले काम गर्दै आएको थियो । चिन सरकार को कडा नियम को परिपालन गर्दै, गुगल ले आफ्ना सर्चहरु मा सेन्सर गर्दै आएको थियो । यति धेरै सेन्सरसिप लागु भइरहँदा पनि, चिन बाट आफ्नो सिस्टम तथा आफ्ना प्रयोगकर्ताहरु लाई बारम्बार आक्रमण भएकोले, अब देखि चिन मा सर्चमा सेन्सरसिप नलाउने भनेर, गुगल ले आफ्नो ब्लग मा लेखेको छ । सायद सेन्सरसिप को पालन नगर्दा आफ्नो सर्च र आ्फ्नो अफिस बन्द हुनसक्ने कुरा मा पनि गुगल जानकार रहेको छ ।
गुगल को यस्तो निर्णय सँगै संसारभरि नै तहल्का मच्चियो, गुगल को यस्तो कदम बाट प्राय: सबै नै अचम्मित भए । हुन त गुगल ले चिन सँग निहुँ खोज्यो भने, चिन बाट गुगल ले हात धुनुपर्नेछ, यसबाट त प्रस्टै छ कि, गुगललाई धेरै घाटा नै हुनेछ साथै गुगल का प्रयोगकर्ताहरु पनि निराश हुनेछन् । मानवअधिकारकर्मीहरु को ईमेल मा सुनियोजित आक्रमण भएको मा अमेरिका ले सरकारी तवर मै चिनलाई कुटनितिक दवाव दिएको छ । उता चिन ले भने, जुनसुकै कम्पनी आएपनि आफ्नो देश को कानुन मान्नुपर्ने बताएको छ । यसबाट प्रस्ट हुन्छ कि, चिन सेन्सरसिप को मामला मा पछि हट्नेवाला छैन । गुगल र चिन को टकराब हेर्दा अहिले नै केही भन्न
सकिने स्थिति भने छैन । हेर्दै जाउँ के हुन्छ तर पनि गुगल आफ्नो कुरा मा अडिग भएमा प्रस्टै छ, गुगल ले आफ्नो चिन को बजार गुमाउनुपर्नेछ । चिन मा मानवअधिकार को ग्यारेन्टि छैन भन्ने कुरा यो पछिल्लो समाचार ले जनाउँछ ।
गुगल र चिन को कुरा सेलाउन नपाउँदै अर्को कुरा ले फेरि तहल्का मच्चाएको छ । माइक्रोसफ्ट ले आफ्नो इन्टरनेट एक्सप्लोरर मार्फत गुगलमाथि हमला भएको कुरा आफ्नो ब्लग मा स्विकारेको छ । इन्टरनेट एक्सप्लोरर मा रहेका केही सुरक्षात्मक कमजोरी को कारण, यस्तो घटना हुनपुगेको भन्दै सबै प्रयोगकर्ताहरुलाई सफ्टवेयर अपडेट गर्न सुझाएको छ । गुगल माथि को हमला नियालिरहेको McAfee Antivirus ले तोकि तोकि अधिकारकर्मीहरु को ईमेल ह्याक गरिनुलाई साइबर क्राइम को संज्ञा दिँदै यो घटना पछाडि चाइनिजहरु भन्दा पनि चिन सरकार कै हात रहेकोछ बताएकोछ।
यो तल देखाइएको Tiananmen Square को फोटो, चिन मा गुगल ले सर्च मा कहिले देखाउँदैन थियो तर अब देखि यो फोटो सर्च मा देखिने छ ।![]()
*Also published in aakarpost.com

January 20, 2010
|
Posted by Aakar
Categories:

भरखरैका टिप्पणीहरू