राष्ट्र-राज्य र राज्य-राष्ट्र

राज्य-राष्ट्र (स्टेट-नेसन) बनिसकेको नेपाललाई अहिले आएर राष्ट्र-राज्य (नेसन-स्टेट) मा फर्काउन खोज्नु प्रतिगमन हो; देशलाई खाडलमा खँगार्ने काम मात्र हो । पश्चिमा अवधारणाको राजनीतिक-कानुनी परिभाषाअनुरुप आधुनिककालमा राष्ट्र (नेसन) भन्दा पनि राज्य (स्टेट) लाई महत्व दिइन्छ । युरोपमा राष्ट्र-राज्य (नेसन-स्टेट) को अवधारणाअनुसार देशहरु अस्तित्वमा आए । फ्रान्स जर्मनी ब्रिटेन इटाली आदि राष्ट्र-राज्य (नेसन-स्टेट) नै हुन् । तर संयुक्त राज्य अमेरिकामा यो लागू हुने अवस्थै नभएकाले त्यहाँ राज्य-राष्ट्र (स्टेट-नेसन) को अवधारणाअनुरुप देश अस्तित्वमान भएको हो । बसाइँसराइका कारण अब त युरोपमासमेत उहिलेजस्तो राष्ट्र-राज्य (नेसन-स्टेट) को अवस्था कायम रहने अवस्था क्रमशः क्षीण हुँदै गइरहेको छ । जस्तै : अहिलेको बि्रटेन पहिलेझैँ ब्रिटिसहरुको मात्र राज्य होइन प्रत्युत अनेकौँ जातीय धार्मिक सांस्कृतिक समुदायहरुको सङ्गमस्थल बन्दै गइरहेको छ । त्यसैले त्यहाँ पनि राज्य-राष्ट्र (स्टेट-नेसन) नै अस्तित्वमान भइरहेको अवस्था हो । नयाँ परिस्थितिमा एकत्वलाई बुझाउन राज्य-राष्ट्र (स्टेट-नेसन) भन्ने र विविधतालाई अथ्र्याउन सांस्कृतिक-राष्ट्रियता (कल्चरल-नेसनालिटी) को अवधारणालाई अगाडि सार्ने गरेको पाइन्छ ।


भारतवर्षमा राष्ट्र-राज्य (नेसन-स्टेट) को अवधारणा नभएको होइन; हजारौँ वर्षअगाडि थियो र विभिन्न जनपदमा विभिन्न गणराज्य बनेका पनि थिए । तर त्यो अव्यावहारिक ठहरिएपछि उहिले नै राज्य-राष्ट्र (स्टेट-नेसन) को मान्यता अङ्गीकार गरियो । सांस्कृतिक-राष्ट्रियता (कल्चरल-नेसनालिटी) को मान्यता पनि हाम्रोमा हजारौँ वर्षअगाडिदेखि नै थियो । संयुक्त राज्य अमेरिकाले केही शताब्दीअगाडिबाट र युरोपले केही दशकअगाडिबाट राज्य-राष्ट्र (स्टेट-नेसन) र सांस्कृतिक-राष्ट्रियता (कल्चरल-नेसनालिटी) को सुसंयोजन गरी आफ्ना मुलुकलाई सफलतापूर्वक साचालन गरिरहेका छन् ।

तर नेपालमा जातीय भाषिक साम्प्रदायिक आदि आधारमा राज्यको पुनः संरचना गर्ने भन्ने होहोरी मच्चाएर युरोपमासमेत गतार्थ (आउट्डेटेड्) भइसकेको राष्ट्र-राज्य (नेसन-स्टेट) को अवधारणालाई पृष्ठपोषण गरेको देखिन्छ । पृथ्वीनारायण शाहको नेतृत्वमा संयोजित राष्ट्रिय एकीकरणको आधारमा राज्य-राष्ट्र (स्टेट-नेसन) बनिसकेको नेपाललाई अहिले आएर राष्ट्र-राज्य (नेसन-स्टेट) मा फर्काउन खोज्नु प्रतिगमन हो; देशलाई खाडलमा खँगार्ने काम मात्र हो । भारत तथा नेपालजस्ता जातीय भाषिक साम्प्रदायिक आदि विविधतायुक्त भूखण्डका लागि राज्य-राष्ट्र (स्टेट-नेसन) नै एक मात्र विकल्प हो

उस्तै खालका पोस्ट

3 Comments

  1. Basanta says:

    तपाईँको विचारसंग सहमति जनाउन चाहन्छु।

  2. Ekalavya Sharma says:

    I too agree with your point.

  3. Ashesh says:

    जति वुझेँ, त्यतिलाई समर्थन गर्छु । अझै elaborate गर्नु न दाजु ।

Leave a Reply