कामै नलाग्ने

माथिको तस्विर हो जिल्ला प्रशासन कार्यलय काठमाडौंको । तस्विरमा देखिएको छ प्रमुख जिल्ला अधिकारी भेट्न आउनेहरुका लागि राखिएको डिजिटल पालो सिस्टम । तर ख्वै त डिजिटल टोकन चलेको ?


पहिलो पहिले राजाको काम कहिले जाला घाम भन्थे । अहिले राष्ट्रपति छन् । सरकारी काम उनको पेवा हैन । उनी पनि प्रक्रियाका लागि जनताले चुनेका हुन् । ख्वै आजकल त के थरी प्रभूले बनाउँछन् रे राष्ट्रपति र प्रधानमन्त्री । ठूलाबडाको काम नभएपछि साना जनताका कामका लागि किन सास्ती मोल्ने ? प्रजिअ कामरेडले पनि डिजिटल सेवा बन्द गरे । अदालतले मुस्कान सहितको सेवा दिने रे प्रमुख जिल्ला अधिकारीले चाहिं चियाको पैसा रहित सेवा चैं नदिने होला ?

उस्तै खालका पोस्ट

2 Comments

  1. chaitanya says:

    रमाइलो लाग्यो पढेर| दुक्ख मानेर त साध्यै छैन, किनभने शुरु गर्छौं भनेर थन्कीइ बसेका निकै चिज छन् हाम्रो नेपालमा | सुधारका नाममा बिगार पनि उत्तिकै भएका छन् | सबैलाई सम्झेर कति चित्त दुखाउनु ? मान्छेको मन सुध्रिन पर्यो नि पहिला त |

  2. Ashesh says:

    nice observation!!!

Leave a Reply