कविता ग्ल्यामर

कवितामा प्रेम र पिरतीका कुरा मात्र होइन सबै खालका भावना व्यक्तिन्छन् । हामी धेरैको भावनामा कविता छ । आधाजसो नेपाली कवि छन् भन्छन हाँसो गरेर ।

कविता साहित्यमा धेरै सजिलो अभिव्यक्ति माध्यम हो रे । अनि धेरैले लेख्ने गरेको पनि । त्यसैले होला कविता धेरै मन नपराइएको विधा पनि हो साहित्यमा ।

हास्यव्यंग्य सिरियलमा पनि कवि र कवितालाई नै बढि छेड हानिएको पाइन्छ । मैले देखेको दृश्य कवितालाई लिएर फरक थियो ।

गुरुकुलमा एनजिओ स्टाइलका कविताहरु एकल रुपमा वाचन हुन्छन् । सायद त्यसैको सिलसिलाको क्रममा पुगेको हो म । त्यसका प्रस्तुती र दृश्य रमाइला थिए ।

कविता वाचन गर्ने कविलाई मोबाइलमा उतारिरहेका थिए कोही अनि कोही कविताका शब्दमा रस लिइरहेका । जे होस् साहित्यको विधा विशेष कवितामा पनि युवाहरुको ध्यान गएकोमा चाहिं सन्तोषै लाग्यो ।

ब्लगका फोरममा पनि धेरै कविता पढिरहेको समयमा कविको अटोग्राफ र फोटोग्राफ पाठक अनि स्रोताले उतार्नु यस क्षेत्रको सफलता पनि हो । तर फेसनको रुपमा देखिएको हो भने सुन्निएर मोटो देखिए जस्तो मात्र हुन्छ ।

January 24, 2010
|
Posted by Madan Mani
Categories:

भरखरैका टिप्पणीहरू