दिल्लीको हल्ली खल्ली

आज माओवादीका अध्यक्षले नयाँ कुरा गरे भाषणमा । हुन त केही दिन देखी माओवादी अध्यक्ष कामरेडको मुखारबिन्दुबाट नयाँ नयाँ कुराहरु आएका छन् । अहिले राष्ट्रप्रेमले कामरेडको भावना भरिएको छ । आज उनले भाषणमा भने नारायणहिटीको अधिकार दिल्ली लग्न खोजिंदैछ । नागरिक दैनिकले समाचारमा लेखेको छ । कामरेडले राष्ट्रियताको पक्षमा लाग्दा राजा विरेन्द्रको हत्या भएको भन्न थालेका छन् । हिजो सम्म नारायणहिटी हटाउनै पर्छ भनेर लागि हिंडेका अध्यक्ष कामरेडले आज बल्ल बुझे जस्तो छ आफुहरुले नारायणहिटी उखेलेको आफ्नो जग गाड्न होइन रहेछ दिल्लीको जगका लागि रहेछ ।

उनैले को हो त्यो दिपक कपुर ? भनेको मानिसलाई माधव नेपालको सरकारले नारायणहिटीमै बसालेपछि उनले कुरोको चुरो बुझे । हिजो सम्म विरेन्द्रको हत्या ज्ञानेन्द्रले गरेको अफवाह फैल्याएर हिंड्ने कामरेडले सिधा बाटो लिएका हुन कि अर्को प्रपोगाण्डावार हो ? जे होस पछिल्ला नेपालमा भएका गतिविधिले राष्टि्रयता खतरामा परेको नै देखाउँछ । सिमा मिचिएको समाचार लेख्दैनन् पत्रकार । परराष्ट्र मन्त्रालय चाकरीमा मात्र छ । गृहले घरकै रक्षा गर्न सकेको छैन ।

यस्तो अवस्थामा प्रचण्ड कामरेडले भनेको कुरा सही जस्तो लाग्छ । तर पनि नारायणहिटीमा ल्याएर दिल्लीको जग गाड्ने काम चाहिं अध्यक्ष कामरेडले १२ बुँदे सम्झौतामा हिन्दीमा सहि धस्काएर गरेका हुन् । आफैले भारतलाई खुल्ला रुपमा आमन्त्रण गर्ने अनि सरकार देउ हजुर भन्ने अहिले फेरी राष्ट्रियता । नारायणहिटीको जगमा दिल्ली गाड्नु अगाडी किन नसोकेका हुन कामरेडले कुन्नी ।

दिल्ली सँग दिल नमिले पछि आन्दोलनमा उत्रेका कामरेडले दिल्ली साग हिडन कुरा गर्ने अनि बाहिर हल्ली खल्ली मच्चाएर केही हुँदैन । यो लालु र कालको कथाको पुनरावृति मात्र हुन सक्छ ।

उस्तै खालका पोस्ट

Leave a Reply