लुटे ग्रेटर नेपाललाई
सुगौली सन्धि अंग्रेज सँग भएकाले भारतले नेपालको भूमि नेपाललाई फिर्ता दिनुपर्ने माग राख्दै आएका एकीकृत नेकपा राष्ट्रिय मोर्चाका अध्यक्ष फणिन्द्र नेपालमाथि आक्रमण गरिपको छ । साँझ बागबजारमा अज्ञात व्यक्तिहरूले उनि माथि आक्रमण गरेका छन्। मुखमा मास्क लगाएका मानिसहरूले घेरामा पारी खुकुरी र पेस्तोल देखाई साथमा रहेको करिब रु. २१ हजारसमेत लुटेको नेपालले बताए भनेर राससले लेखेको छ। उनीहरूले ग्रेटर नेपालको कुरा उठाउने तैं हैनस् भन्दै धम्क्याएको र भोलि भारतीय राजदूतावासमा गरिने विरोध प्रदर्शनबारे विभिन्न प्रश्न गरेका थिए। महाराजगन्ज चप्पल कारखानादेखि फलो गरेका मानिसले बागबजारस्थित भक्तपुर जाने बसपार्क पुगेपछि आक्रमण गरेका हुन।
काठमाण्डौंमा दिन दहाडै गोली चल्न थालेको समयमा भारतिय अतिक्रमणको विरोध गर्ने माथि भएको आक्रमण शंकास्पद छ । यसमा विदेशी गुप्तचर संस्था समेत सहभागि हुन सक्ने भएकाले फणिन्द्र नेपाललाई सरकारले हर किसिमको सुरक्षा प्रबन्धको आवस्यकता देखिएको छ ।

January 26, 2010
|
Posted by Madan Mani
Categories:

tei ta madan ji, yo sarkaar film sensor garna chai khub aghi sarchha…. bharat ko virodh ko kuraa aayo ki luki halchha