कलिला हातका निशाना

महिलालाई युद्धबाट टाढै राख्ने सनातन समाजको पौराणिक र परम्परागत पक्ष भएपनि नेपाल एकीकरणको अभियानमा महिलाले सुत्केरी नभनेको इतिहास छ । माओवादीले गरेको विद्रोहमा पनि महिलाले महिला भनेनन् । बन्दुक समातेर निस्के । उमेर, परिवार अनि जवानी भनेनन् ।
भनिन्छ, महिलाहरु धेरै सहनशिल हुन्छन् । महिलाले विद्रोह गरे भने त्यसले तत्काल परिणाम दिन्छ । त्यसैले त पुरुषले चाहे महिना दिन महिलाले चाहे एकै छिन भनिन्छ । नेपाली महिलाले व्यवस्थाका विरुद्ध हतियार उठाएको पछिल्लो उदाहरण हो माओवादी विद्रोह । त्यसमा धेरै महिलाको निशानामा पुरुष परे । सरकार र उसका निकायमा काम गर्ने कर्मचारीहरु परे । तर अन्तत महिला हुन या पुरुष हतियार उठाउनेको निशानामा उनीहरुको भविष्य नै परेको देखियो । निशाना बुमर्याड बन्यो आफ्नै भविष्यलाई छेड्यो महिलाको निशानाले । न त पुरुषकोले नै बचायो आफ्नो भविष्यलाई । अनमिनले अयोग्य भनेर शिविरबाट निकाल्यो माओवादी लडाकु बनेका कम उमेरदारलाई ।
नेपाली महिलाको माओवादी विद्रोहमा सहभागिताको प्रसंग समेटेको चलचित्र वुमन रिबेलको ट्रेलर हेर्दा लाग्यो पन्ध्र सोह्र वर्षमा हातमा कलमको सट्टा बन्दुक समाएर नानीहरुले भविष्यलाई नै निशानामा राखेका हुन ।

तस्विरहरु: वुमन रिबेल्स डट ओआरजी

February 16, 2010
|
Posted by Madan Mani
Categories:

भरखरैका टिप्पणीहरू