कडा आमा !

आमा शब्द ममताले भरिएको छ । बालकले सबै भन्दा पहिले चिन्ने संसारको मानव हो आमा । अनि आँखा चिम्लेर विश्वास गर्न सकिने पवित्र आत्मा । माया, ममता र प्रेमको खानी भएको मन र विशाल हृदय भएकी महिला । संहारमा निस्कने उग्रचण्डी महिला आमाको रुपमा कसरी उपस्थित होलिन् ? आन्दोलन र विद्रोहमा उग्रचण्डी बनेकी उमा भुजेल संगको भेटपछि लागेको कुरा विद्रोही आमाको ममता कस्तो होला ?
बन्दुक समातेको हातले छोरा समात्दा विद्रोहकी नायिका कमरेड शिलुलाई क्यामेरामा कैद गरें मैले । बन्दुक बोकेकी आमाको कम्युनिष्ट मन मायालाई परम्परावादी दृष्टिमा हेर्दैन । त्यसैले होला सन्तानलाई नाम दिन पनि गारो परेको । माया के नाममा हुन्छ र ? विद्रोहमा जेलब्रेक गरेकी आमाले छोरालाई नाम दिएकी पनि थिइनन् । जेल जस्तै तोडियो विद्रोही आमाबाट एघार दिनमा नामाकरण गर्ने परम्परा पनि । विद्रोहमा बम र गोलाको नजिकबाट पार भएका आमाहरु सांच्चिकै मनमा पनि कडा हुने रहेछन् ।


February 17, 2010
|
Posted by Madan Mani
Categories:

kada aama bare sabdama pani dherai lekhe ramro hunthyo.