नराम्रो लागेको छैन
आज धेरै दिन पछि बन्द छ राजधानी । बन्द हाम्रालागी नियमित आकस्मिकता भएर हो कि के हो बन्द नहुँदा बोर लाग्छ । सडक पनि खाली खाली अनि मोटरको घारघुर पनि सुन्नु नपर्ने । बाटोमा निस्कादा यसो मौका परे साइकल चढ्न पनि पाइने । राजनीतिमा खासै मतलब नहुनेलाई पनि बन्द मतलब हुनेलाई पनि बन्द । सरोवरी बन्द राज । हिजो साँझ दरो मशाल जुलुश गरेका थिए कमल थापा समर्थकले । लामो समयको अन्तरमा भएकाले होला अर्के मज्जा लागिरहेको छ बन्द हुँदा कलेज पनि जान परेन । अफिस त हिंडेरै जाने योजना छ ।
डराएर भन्दा पनि समर्थन पनि हो मेरो । एक दिनको फुर्सद कलेजको कक्षाबाट अनि विहान सम्म सुत्न पाउने । राजनीतिक रुपमा पनि आजको बन्द मलाई त राम्रो लागेको छ । राजतन्त्रको अन्त्य, धर्म निरपेक्ष राज्य र संघियताको मामलामा जनमत संग्रह नगरी गरिएको निर्णयको विरोध भएकाले पनि म आजको बन्दलाई समर्थन गर्छु । अहिलेको राजनीति गलत छ भन्ने मलाई लाग्या हैन तर जुन हिसाबमा सबै निर्णयहरु गरिए त्यसको पद्दती गलत थियो मेरो विचारमा। १२ बुँदे दिल्ली सम्झौता भारतको अनुकम्पाबाट भएको र गणतन्त्र भारतले अमेरिकाले अफगानस्तानमा स्थापित गरेको प्रजातन्त्र जस्तै रहेको आजका दिनमा घाम जस्तै भएको छ । संघियताको निर्णय र नागरिकता ऐनले कसको भलो गरेको छ स्पष्टै छ । पञ्चायतकालमा जनमत संग्रहको घोषणा देशभित्रका शक्तिबाट भएको थियो अहिलेको संविधानसभाको निर्वाचनको घोषणा देश बाहिरका शक्तिको चलखेलबाट भयो । त्यसैले होला गणतन्त्रको घोषणा जनताको मतबाट भएन । न संघियता न त धर्मनिरपेक्षताकै कुरा । केही काला खोपीको अनुकम्पा अनि आक्रोशमा भयो । न त आफैले बनाएको अन्तरिम संविधानलाई मानियो न कानुनले व्याख्या गरेको जस्तो संविधानसभाको गठन नै भएको थियो ।
आजको दिनमा म मेरो देश अन्धकार भविष्य तर्फ लागिरहेको अनुभव गरिरहेको छु । बुद्धिजिवी भनाउनेहरु एनजीओ, आइएनजीओको पैसा बेगर देश जनताको बारेमा सोच्दैनन् । त्यसमा पनि राजनीतिक दलका भरिया बुद्धिजिवीले देशको के भलो गर्ने दलकै गर्छन् । जातिय राज्यको परिकल्पना गरेर जनतालाई गरिबी र फुटको भुंग्रोमा हाल्ने योजना बनिरहेको छ । जाति, धर्म अनि लिंगको आधारमा विभेद र सहुलियतको कुराले चुली छोएको छ । जात हेरेर र नाक हेरेर बल र भिडको आधारमा निर्णयहरु गरिइरहेका छन् । मेरो समाज, मेरो वर्ग, मेरो धर्म, मेरो भाषा, मेरो भेष, मेरो संस्कृतिलाई ब्राम्हणवाद अनि सामन्तवादको रुपमा चित्रण गरिएको छ । कसलाई कसले दियो त्यो अधिकार आफू बाहेक अरुलाई गलत भन्ने ? आतंकवादी गतिविधि र पाखुराको बलमा जे पनि गरेर अगाडी बढ्ने लफंगा राजनीतिक दलको राष्ट्र र राष्ट्रिय एकतालाई घात पुर्याउने निर्णयहरु जनताबाट स्वीकृति लिएर मात्र गरिनुपर्छ भन्ने राप्रपा नेपाल अनि चित्रबहादुर केसीको जनमोर्चाको पक्ष लिउँ लिउँ लागेर आउन थालेको छ आजकल । त्यसैले होला मलाई यो बन्द नराम्रो लागेको छैन ।
Note: माथिल्लो तस्विर दि हिमालयन टाइम्स र तलको अनलाइन खबर डटकमबाट सापटी

February 22, 2010
|
Posted by Madan Mani


Categories:

चित्तबुझ्दो लेख! मेरो विचार पनि लगभग पूरै ब्रोको विचारसंग मिल्दैछ। देशको भविष्य अन्धकार देखिरहेछु, अस्तित्वकै समस्या देखिँदैछ।
The change in Nepal is more foreign interest oriented than it came from within the community of Nepal. I agree with that. King Gyn himself made available him as “the scapegoat”. I like your article.
“पञ्चायतकालमा जनमत संग्रहको घोषणा देशभित्रका शक्तिबाट भएको थियो अहिलेको संविधानसभाको निर्वाचनको घोषणा देश बाहिरका शक्तिको चलखेलबाट भयो । त्यसैले होला गणतन्त्रको घोषणा जनताको मतबाट भएन । न संघियता न त धर्मनिरपेक्षताकै कुरा । केही काला खोपीको अनुकम्पा अनि आक्रोशमा भयो । न त आफैले बनाएको अन्तरिम संविधानलाई मानियो न कानुनले व्याख्या गरेको जस्तो संविधानसभाको गठन नै भएको थियो । आजको दिनमा म मेरो देश अन्धकार भविष्य तर्फ लागिरहेको अनुभव गरिरहेको छु । बुद्धिजिवी भनाउनेहरु एनजीओ, आइएनजीओको पैसा बेगर देश जनताको बारेमा सोच्दैनन् । त्यसमा पनि राजनीतिक दलका भरिया बुद्धिजिवीले देशको के भलो गर्ने दलकै गर्छन् । जातिय राज्यको परिकल्पना गरेर जनतालाई गरिबी र फुटको भुंग्रोमा हाल्ने योजना बनिरहेको छ । जाति, धर्म अनि लिंगको आधारमा विभेद र सहुलियतको कुराले चुली छोएको छ । जात हेरेर र नाक हेरेर बल र भिडको आधारमा निर्णयहरु गरिइरहेका छन् । मेरो समाज, मेरो वर्ग, मेरो धर्म, मेरो भाषा, मेरो भेष, मेरो संस्कृतिलाई ब्राम्हणवाद अनि सामन्तवादको रुपमा चित्रण गरिएको छ “