नराम्रो लागेको छैन

आज धेरै दिन पछि बन्द छ राजधानी । बन्द हाम्रालागी नियमित आकस्मिकता भएर हो कि के हो बन्द नहुँदा बोर लाग्छ । सडक पनि खाली खाली अनि मोटरको घारघुर पनि सुन्नु नपर्ने । बाटोमा निस्कादा यसो मौका परे साइकल चढ्न पनि पाइने । राजनीतिमा खासै मतलब नहुनेलाई पनि बन्द मतलब हुनेलाई पनि बन्द । सरोवरी बन्द राज । हिजो साँझ दरो मशाल जुलुश गरेका थिए कमल थापा समर्थकले । लामो समयको अन्तरमा भएकाले होला अर्के मज्जा लागिरहेको छ बन्द हुँदा कलेज पनि जान परेन । अफिस त हिंडेरै जाने योजना छ ।


डराएर भन्दा पनि समर्थन पनि हो मेरो । एक दिनको फुर्सद कलेजको कक्षाबाट अनि विहान सम्म सुत्न पाउने । राजनीतिक रुपमा पनि आजको बन्द मलाई त राम्रो लागेको छ । राजतन्त्रको अन्त्य, धर्म निरपेक्ष राज्य र संघियताको मामलामा जनमत संग्रह नगरी गरिएको निर्णयको विरोध भएकाले पनि म आजको बन्दलाई समर्थन गर्छु । अहिलेको राजनीति गलत छ भन्ने मलाई लाग्या हैन तर जुन हिसाबमा सबै निर्णयहरु गरिए त्यसको पद्दती गलत थियो मेरो विचारमा। १२ बुँदे दिल्ली सम्झौता भारतको अनुकम्पाबाट भएको र गणतन्त्र भारतले अमेरिकाले अफगानस्तानमा स्थापित गरेको प्रजातन्त्र जस्तै रहेको आजका दिनमा घाम जस्तै भएको छ । संघियताको निर्णय र नागरिकता ऐनले कसको भलो गरेको छ स्पष्टै छ । पञ्चायतकालमा जनमत संग्रहको घोषणा देशभित्रका शक्तिबाट भएको थियो अहिलेको संविधानसभाको निर्वाचनको घोषणा देश बाहिरका शक्तिको चलखेलबाट भयो । त्यसैले होला गणतन्त्रको घोषणा जनताको मतबाट भएन । न संघियता न त धर्मनिरपेक्षताकै कुरा । केही काला खोपीको अनुकम्पा अनि आक्रोशमा भयो । न त आफैले बनाएको अन्तरिम संविधानलाई मानियो न कानुनले व्याख्या गरेको जस्तो संविधानसभाको गठन नै भएको थियो ।


आजको दिनमा म मेरो देश अन्धकार भविष्य तर्फ लागिरहेको अनुभव गरिरहेको छु । बुद्धिजिवी भनाउनेहरु एनजीओ, आइएनजीओको पैसा बेगर देश जनताको बारेमा सोच्दैनन् । त्यसमा पनि राजनीतिक दलका भरिया बुद्धिजिवीले देशको के भलो गर्ने दलकै गर्छन् । जातिय राज्यको परिकल्पना गरेर जनतालाई गरिबी र फुटको भुंग्रोमा हाल्ने योजना बनिरहेको छ । जाति, धर्म अनि लिंगको आधारमा विभेद र सहुलियतको कुराले चुली छोएको छ । जात हेरेर र नाक हेरेर बल र भिडको आधारमा निर्णयहरु गरिइरहेका छन् । मेरो समाज, मेरो वर्ग, मेरो धर्म, मेरो भाषा, मेरो भेष, मेरो संस्कृतिलाई ब्राम्हणवाद अनि सामन्तवादको रुपमा चित्रण गरिएको छ । कसलाई कसले दियो त्यो अधिकार आफू बाहेक अरुलाई गलत भन्ने ? आतंकवादी गतिविधि र पाखुराको बलमा जे पनि गरेर अगाडी बढ्ने लफंगा राजनीतिक दलको राष्ट्र र राष्ट्रिय एकतालाई घात पुर्याउने निर्णयहरु जनताबाट स्वीकृति लिएर मात्र गरिनुपर्छ भन्ने राप्रपा नेपाल अनि चित्रबहादुर केसीको जनमोर्चाको पक्ष लिउँ लिउँ लागेर आउन थालेको छ आजकल । त्यसैले होला मलाई यो बन्द नराम्रो लागेको छैन ।

Note: माथिल्लो तस्विर दि हिमालयन टाइम्स र तलको अनलाइन खबर डटकमबाट सापटी

उस्तै खालका पोस्ट

2 Comments

  1. Basanta says:

    चित्तबुझ्दो लेख! मेरो विचार पनि लगभग पूरै ब्रोको विचारसंग मिल्दैछ। देशको भविष्य अन्धकार देखिरहेछु, अस्तित्वकै समस्या देखिँदैछ।

  2. Ekalavya Sharma says:

    The change in Nepal is more foreign interest oriented than it came from within the community of Nepal. I agree with that. King Gyn himself made available him as “the scapegoat”. I like your article.

    “पञ्चायतकालमा जनमत संग्रहको घोषणा देशभित्रका शक्तिबाट भएको थियो अहिलेको संविधानसभाको निर्वाचनको घोषणा देश बाहिरका शक्तिको चलखेलबाट भयो । त्यसैले होला गणतन्त्रको घोषणा जनताको मतबाट भएन । न संघियता न त धर्मनिरपेक्षताकै कुरा । केही काला खोपीको अनुकम्पा अनि आक्रोशमा भयो । न त आफैले बनाएको अन्तरिम संविधानलाई मानियो न कानुनले व्याख्या गरेको जस्तो संविधानसभाको गठन नै भएको थियो । आजको दिनमा म मेरो देश अन्धकार भविष्य तर्फ लागिरहेको अनुभव गरिरहेको छु । बुद्धिजिवी भनाउनेहरु एनजीओ, आइएनजीओको पैसा बेगर देश जनताको बारेमा सोच्दैनन् । त्यसमा पनि राजनीतिक दलका भरिया बुद्धिजिवीले देशको के भलो गर्ने दलकै गर्छन् । जातिय राज्यको परिकल्पना गरेर जनतालाई गरिबी र फुटको भुंग्रोमा हाल्ने योजना बनिरहेको छ । जाति, धर्म अनि लिंगको आधारमा विभेद र सहुलियतको कुराले चुली छोएको छ । जात हेरेर र नाक हेरेर बल र भिडको आधारमा निर्णयहरु गरिइरहेका छन् । मेरो समाज, मेरो वर्ग, मेरो धर्म, मेरो भाषा, मेरो भेष, मेरो संस्कृतिलाई ब्राम्हणवाद अनि सामन्तवादको रुपमा चित्रण गरिएको छ “

Leave a Reply