बन्दको मिडिया वाच

गणतन्त्र घोषणा भएको एक वर्ष पछि आज राजतन्त्रको अन्त्य प्रक्रियाको विरोधमा राजधानी बन्द रहृयो । बन्द आयोजना गर्यो राजाको सक्रिय शासनका गृहमन्त्री कमल थापाको दल राप्रपा नेपालले । अघिल्ला बन्द भन्दा खासै पृथक रहेन बन्द । बन्द विस्तारै सामान्य लाग्न थालेको छ नेपालीलाई । मिडियाले यस पालाको बन्दलाई अघिल्लालाई जसरी प्रोमोट गरेनन् । सायद राजतन्त्र, हिन्दू अधिराज्य र एकात्मक राज्य व्यवस्थाको पक्षको भएर होला । तर माग नाजायज चैं लाग्दैनन् । सबै घोषणाहरुले प्रजातान्त्रिक प्रक्रिया पार गर्नुपर्छ भन्ने माग अनुचितै चाहिं होइन होला ।

विगतमा कसरी यी घोषणाहरु भए भन्ने सबैलाई थाहा छ । अनि हिन्दू राज्यको कुरामा दलका नेताहरुले गल्ती गरेको पनि स्वीकारेका छन् यो अवस्थामा सही समयमा संविधान र प्रजातान्त्रिक प्रक्रिया माग्नु राप्रपा नेपालको पनि प्रजातान्त्रिक हक होला । यस प्रति मिडियाको कभरेजले चाहिं नेपाली मिडियाको अव्यावसायिक पक्ष चाहिं पुन उदांगो पारेको चाहिं छ । राजावादी भनेर दर्शकले चिन्ने गरेको च्यानल इमेजले गरेको कभरेज हांसो लाग्दो थियो । सडकमा गाडी चलेको समाचार सुनेर निस्केकाहरु तब जिल खाए जब सडकमा सवारी पाएनन् ।

अनलाइन र पत्रिकामा अघिल्ला बन्द भन्दा नगण्य रुपमा तस्विर प्रकाशित भए । बन्दको पूर्वसन्ध्यामा गरिएको मशाल जुलुशले साँझको यातायात व्यवस्था अस्तव्यस्त थियो । माओवादीको भन्दा ठूलो मशाल जुलुश भन्थे देख्नेहरु तर एउटै पत्रिकामा तस्विर आएन । आजका अनलाइनमा पनि दिनभर जनताले दुख पाएको बन्दको तस्विरले कम महत्व पायो । समाचारिय मूल्यमा व्यवस्था र दल विशेषका गतिविधिलाई प्रोटोकल भ्यालु दिएको देखियो आजको कभरेजमा ।

मिडिया फ्रि मार्केट अफ आइडियोलोजी प्रोमोट गर्ने साधन हुन । आजको बन्दको मिडिया कभरेजले प्रजातान्त्रिक मान्यताले अंगिकार गरेको डाइभर्सिटी अफ भ्वाइस चाहिं गरेन कि ?

दि हिमालयन टाइम्सको तस्विर

ईकान्तिपुरको तस्विर

नागरिक न्युजको तस्विर

दैनिकी डटकमको तस्विर

अनलाइन खबर बन्दको कभरेजमा नराम्रो सँग चुक्यो । दिनभरको बन्दको एक तस्विर पनि देखिएको छैन पौने पाँच बजे सम्म पनि । जबकी पाँचबजे बन्द सकिने समाचार चाहि प्रकाशित छ ।

उस्तै खालका पोस्ट

1 Comment

  1. ametya says:

    नेपालीहरु बिस्तारै बन्द पचाउन थालेका छन् ।

Leave a Reply