वसन्तको वैंश

वसन्त ऋतु राज हो । यो वैंशको मौसम हो । सबैमा उमंग छ अनि उत्साह र नयाँ पन । फुलहरु फक्रेका छन् अनि पुतली उडान भरिरहेका छन् । वसन्तको राग चलेको बेला आज कलेजको बगैचामा खिचेका तस्विर: (more…)

वसन्त ऋतु राज हो । यो वैंशको मौसम हो । सबैमा उमंग छ अनि उत्साह र नयाँ पन । फुलहरु फक्रेका छन् अनि पुतली उडान भरिरहेका छन् । वसन्तको राग चलेको बेला आज कलेजको बगैचामा खिचेका तस्विर: (more…)

सर्वव्यापी कुटनीति अनि राजनीति हो जिवन। मानव जिवनका दुई अंग र पात्र हुन नारी पुरुष। नारी पुरुष सम्बन्धको साड्ले चालमा अडेको छ सृष्टि। बुद्धि र विवेक लगाएर चेसको खेल झैं हरेक चालमा विपरित ध्रुव एक अर्कामा चुनौति थपिरहेका छन् यी। एकको चुनौतीलाई अर्कोले समाधान दिँदै अगाडी बढेको छ जिन्दगी। चेसबोर्डका जस्तै सम्बन्धका काला र सेता पाइलामा घरी कालो र घरी सेतो रुपमा देखिएका नारी र पुरुष पात्रले सार्थक बनाएको छ सृष्टिलाई। (more…)

नयाँ साल आजबाट लाग्यो । सालको नयाँ संघारमा हामीले शुभ नै चिताउनु पर्छ । हामी नेपालीको शुभको दिन २०६७ मै आउला भन्ने विश्वास नभए पनि आश राखौं यो सालले सबैमा सुख, संवृद्धि र सन्तोष ल्याउने छ ।
भवन्तु सब्ब मंगलम् ! (more…)

मातृऔंशी अर्थात् आमाको मुख हेर्ने दिन बदलिएको समयमा मदर्स डे । जे भनेपनि आमाप्रतिको आफ्नो भावना र श्रद्धा देखाउने दिन । विहान फोनमा कुरा भएकी मेरी आमाका केही तस्विर आज आमाको दिनमा : (more…)

कुनै पत्रिकामा सार्वजनिक सवारीका सहचालकले युवतीहरुलाई दुर्व्यवहार गर्ने समाचार थियो । गाडीको ढोकामा बसेर सडकमा हिंड्नेलाई जिस्क्याए भन्ने । युवा सहचालक सबै जिस्क्याउने हुन्छन् भन्ने समाचारको आशय थियो । कुनै एक्का दुई घटनालाई लिएर पुरै त्यसमा लागेकाहरु गलत हुन भन्ने पाराले स्टेरियोटाइप गरिएको समाचार हेरेपछि (more…)

आस्तिकता नेपाली परिचय हो । आगोको उष्ण लप्का सूर्यलाई पनि पानी चढाएर दर्शन गर्ने संस्कृतीका हौं हामी । भैरवको डरलाग्दो भावको मूर्ति अगाडी यी हजुरआमा आफ्नो आस्था देखाउँदै छिन् ।
(more…)

तोरीको फुल सायद पहेंलो रंगको भएकाले होला यसलाई देखें भन्दा त्यति राम्रो अर्थ लगाउँदैनन्। तोरीको फुल देखें भन्दा नराम्रै अर्थ आउँछ। तर पनि तोरी बारीसँग चाहिँ धेरैका सपना जोडिएका हुन्छन् तेली र मौरी मात्र होइन अन्य किटका पनि सपना होलान् तोरी सँग जोडिएका। मैले खोकनाको यात्रामा देखेको तोरीबारी: (more…)
कक्षामा भेटिएका हुन बलराम श्रेष्ठ मसँग। त्यतिबेलाको मेरो भूमिका एउटा शिक्षक थियो। मदनभण्डारी मेमोरियल कलेजको स्नातक कक्षामा डेस्कभन्दा अगाडी बसेर लेक्चर दिँदा यि केटाकेटी भन्दा मलाई बढि थाहा छ जस्तो लाग्थ्यो। स्नातक तहमा पुग्दा सम्म धेरै विद्यार्थी सँग समानान्तर रुपमा जागिरे जिन्दगी हुन्थ्यो। उ पनि अन्नपूर्ण पोष्ट र दि हिमालयन टाइम्सको वितरण हेर्ने आप्का नेपालमा जागिर गर्थ्यो। स्नातकको कक्षा सँगै कर्पोरेट हाउसको दैनिकीमा थियो उ।

पहिलो भेटको करिब एक वर्ष जतिको अन्तरालमा उसलाई भेट्दा उसको र मेरो सम्बन्ध पुर्न परिभाषित गर्नु पर्ने मोडमा पुग्यो। म अन्नपूर्ण पोष्टको सम्पादकीय विभागमा ज्वाइन भएको थिएँ। उ चाहिँ पहिले देखी नै अन्नपूर्ण पोष्टको बजार वितरण हेर्ने आप्का नेपालमा थियो। अब कार्यक्षेत्र र कार्यालयको हिसाबमा उ र म विद्यार्थी र शिक्षक होइन सहकर्मी भएका थियौं। कार्यालयमा कार्यकक्ष देखी पार्किङ र क्यान्टिनमा भेट्दा हुने साधारण शिष्टाचारको नियमितताले वाषिर्की मनाएको महिना दिन पछि उसले मलाई गेहिनी थमायो। सर मैले लेखेको उपन्यास। पुस्तकको रुपमा विद्यार्थीको उपन्यास पाएपछि मलाई लाग्यो बलराम सँग मेरो तेस्रो भेट भो। अबको सम्बन्ध थियो उ लेखक र म पाठक। गुरु गुण चेला चिनी भने झैं चिनी बनेर निस्क्यो बलराम। लाग्यो दुनियाँ त मैले के देखेको रहेछु र केटोले देखेछ। (more…)

यो साता राजधानी योगमय बन्यो । भारतीय योगगुरु बाबा रामदेवको पण्डालमा पुगेका छन् नेताहरु योगासन जमाउन । अरु त अरु कम्युनिष्ट र सच्चा कम्युनिष्ट भनेर नथाक्ने नेताहरु पनि ओम् भन्दै आसनमा पुगे । कमरेड प्रचण्डले त भाषण नै कडा ठोके लामो नि लामो बिचैमा रोक्न लगाउनु पर्ने गरि । मंगलबारको विहानीमा मैले देखेका कामरेडहरुको योगासन (more…)

चलचित्र क्षेत्र नाटक र नौटंकीको क्षेत्र हो । त्यसमा लाग्नेले नौटंकी गर्नु नयाँ कुरा भएन । (more…)
भरखरैका टिप्पणीहरू