Jun 27th, 2009 मा Nirmala Mani
वेदान्त-दर्शन र मार्क्सीय-दर्शन बीचमा कुनै अन्तरसम्बन्ध खोज्नु सहज काम नहोला; तर रोचक काम चाहिँ निश्चयनै हो । एकथरीले अर्काथरीलाई जान्ने-बुझने प्रयासै नगर्ने र विचारको द्वन्दलाई शत्रुतापूर्ण भौतिक आक्रमण बनाउन कत्ति नहिच्किचाउने अहिलेको परिस्थितिमा यो कार्य थाल्नुअघि दुबैथरी अतिवादीका प्रहार खप्ने क्षमता नभई यसमा हात हाल्नु अझ खतरनाक हुन सक्दछ । खोजिपसेमा वेदान्त-दर्शन र मार्क्सीय-दर्शन बीचमा दार्शनिक बहसका अनेक पक्षहरू भेटिइने र त्यसले उपलब्धि हासिल हुने निश्चित छ । पुरै पढ्नुस्
मुल-बाटो |1कमेन्ट
Jun 25th, 2009 मा Nirmala Mani
“जानामि धर्मं न च मे प्रवृत्तिर्जानाम्यधर्मं न च मे निवृत्तिः ॥
गर्गसंहिता अश्वमेध। ५०।३६
गर्गसंहिताको एक प्रसङ्गमा बडो घतलाग्ने कुरा छ । उक्त प्रसंगमा दुर्योधन भनाइ छकि म ‘धर्म’लाई जान्दछु, तर त्यसमा मेरो प्रवृत्ति हुँदैन र ‘अधर्म’लाई पनि जान्दछु, तर त्यसबाट मेरो निवृत्ति हुँदैन । कस्तो विडम्बना ! थाहा छकि गरिरहेको कार्य गलत हो तर त्यसलाई त्याग्नेचाहिँ होइन । कथामा यस्तो समस्या दुर्योधनलाई परेको देखाइएतापनि यस प्रवृत्तिबाट पीडित हुनेहरुको संख्या कति छ कति ! कारण के त समस्या जति जटिल छ कारण त्यति जटिल छैन । अधिकांशतः मानिसहरु आफ्नो विवेकको, ज्ञानको अनादर गर्दछन् ।
पुरै पढ्नुस्
मुल-बाटो |1कमेन्ट
May 27th, 2009 मा Nirmala Mani
यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । अखबारका पानामा संक्षिप्त समाचार छापिनुबाहेक उनीहरुको दुःखान्तले छोएन कसैलाई ।
सकेसम्म कोही चाहँदैन मर्न । मानिसलाई सबै भन्दा प्यारो लाग्ने नै आफ्नो जिन्दगी हो । त्यसमाथि प्रेम एवं करुणाकी प्रतिमूर्ति आमाले आफ्ना सन्तानलाई यति माया गर्छिन् कि त्यो अवर्णनीय छ । तर हाम्रै नेपालको सुदूरपश्चिममा एक आमाले आत्महत्या गरिन् आफ्ना दुई छोरीहरुसहित । पुरै पढ्नुस्
मुल-बाटो |3 कमेन्टहरू;
May 10th, 2009 मा YB Dura

‘लोग्ने मान्छे भएर रुन हुन्न रे…’ योगेश्वर अमात्यको स्वरमा गुञ्जिने यस गीतमा ओंठमाथि जुँगा उम्रेका मर्द भनाउँदाहरको गहिरो पीडा लुकेको छ । हाम्रो सामाजिक मान्यताअनुसार छोरामान्छे कठोरता र निडरताको अर्को नाम हो । त्यसैले आँखाभरि आँसुको सागर छचल्किए पनि उसले अरुको अघिल्तिर आँसु चुहाउनु हुँदैन भनिन्छ । अन्यथा उसले नामर्दको संज्ञा पाउँछ ।
उता, छोरीमान्छे कोमलता र भावुकताको प्रतीक मानिन्छ । त्यसैले उनीहरुले हल्काफुल्का समस्या वा दुःखमा पनि आँश्रुधारा बगाउनुपर्छ रे । अन्यथा ऊ ढुँगाजस्तो हिर्दय भएको नारीमा गनिन्छे, अलच्छिना एवम् निर्दयी ठहरिन्छे ।
पुरै पढ्नुस्
दूराका कुरा |5 कमेन्टहरू;
Apr 28th, 2009 मा MADAN MANI

भनिन्छ फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। दुनियाँमा फुल मात्र होइन काँडा पनि हुन्छ फुललाई टिप्न पनि जान्नु पर्छ भन्छन् भन्नेहरु। अनि कति त यस्ता छन् जो फुल टिप्ने क्रममा काँडाको शिकार भएका छन्।
पुरै पढ्नुस्
कुरा तस्वीरको |5 कमेन्टहरू;
- यमबहादुर दुरा
मोबाइलको महात्म्य सबैलाई थाहा छ । मन परेको व्यक्तिलाई सुटुक्क एसएमएस पठाउनेदेखि लिएर खोजेको व्यक्तिलाई क्षणभरमै भेट्टाउन सकिनेसम्मका तमाम मौका एक्काइसौं शताब्दीका नागरिकहरुलाई यसले दिएको छ । त्यतिमात्र कहाँ हो र ? तासको खालमा तास फिट्दै गर्दा ‘गोष्ठीमा व्यस्त छु‘ भन्नेजस्ता सफेद झूटको खेती गर्ने अवसर पनि त्यही मोबाइलले दिएको छ । समय र परिस्थितिअनुसार मोबाइलले काम र कुकाम दुबै गरिरहेको छ । पारिवारिक जमघट वा वनभोजमा साटिएका अविस्मरणीय क्षणहरुको तस्बिर वा दृश्यलाई सात समुन्द्रपारिका प्रियजनहरुलाई सजिलैसंग पठाउने सुविधा पनि यसैले दिएको छ । त्यसैले हलोको अनौ समात्ने कर्मजीवी किसान हुन् वा मर्सिडिज कारमा हुइकिने सुविधाभोगी व्यक्ति नै किन नहुन्, सबैको हातमा मोबाइलले स्थान पाएको छ ।
पुरै पढ्नुस्
दूराका कुरा |कमेन्ट गर्ने पहिलो बन्नुहोस्