मिलियन भन्दा धेरै फलोअर भएको टिकटोक, फेसबुक हेण्डलको भिडियो अनि कन्टेन्टमा खासै लाईक कमेन्ट अनि सेयर छैन। जसको एकझलकले फिल्म सुपर डुपर हिट हुन्थ्यो त्यसले बनाएको भिडियोमा १० हजार पनि भ्यूज छैन। पोस्ट गरेको एक दिन भयो एडमिनले ग्रुपमा पोस्ट अप्रुभ पनि गरेको छैन। सोसल मिडिया चलाउनेहरूले गर्ने कुराकटाई हुन यतिखेर।तपाईंलाई पनि लागिरहेको होला किन आजकल फेसबुकमा हालेका फोटोमा कमेन्ट, बधाई आउँदैन। यसको कारण पत्ता लगाएको छ एउटा अध्ययनले। आजकल सामाजिक संजालमा आफ्नो उपस्थिती र गतिविधीहरू अपडेट गर्नु पनि एउटा काम जस्तै बनेर मानसिक, आर्थिक दबाब महशुस गरेर सामाजिक संजाल चलाउन कम गर्नेहरू ह्वात्तै बढेका छन्। अध्ययनमा सहभागी जेन जी मध्ये ६० प्रतिशतले सामाजिक संजाल चलाउनु पनि जागिर जस्तै बनेको बताएका छन्। पछिल्लो एउटा अनुसन्धानले उनीहरुले याप र एकाउन्ट नै डिलिट चैं नगरेको तर स्टाटस र गतिविधी राख्न भने छोडेको देखाएको छ। नेदरल्याण्डको ईन्टरनेट गोपनियता सम्बन्धि टुल #Incogni ले प्रकाशन गरेको उक्त अध्ययनले मानिसहरूले सुटुक्क समाजिक संजालको सहभागिता घटाएको उल्लेख गरेको छ। तपाईं पनि आफ्नो साथी सर्कलमा हेर्नुभयो भने धेरै काम, घर र परिवारमा नै बढि रमेको पाउनु हुनेछ। किनभने अष्ट्रेलियामा पनि कस्ट अफ लिभिङको दबाब बढिरहेको छ। मानिसहरूको समय र प्राथमिकता पनि सामाजिक संजालमा घटेको छ।

Post a Comment