तपाईंहरूको
मेलबक्समा पनि जनगणना अर्थात्
सेन्ससको लागी चिठी आईसकेको
हुनुपर्छ। यसरी आएको चिठीमा
सेन्ससको फारम भर्नको लागी
पासवर्ड र युजरनेम हुन्छ।
जसलाई प्रयोग गरेर तपाईंले
आफ्नो पारिवारिक लगत भर्नुपर्ने
हुन्छ। यो भर्नुपर्ने अन्तिम
दिन अगस्त ११ हो। अगस्त ११ को
राती सम्ममा तपाईंले यो
भर्नुपर्छ तर भर्नको लागी
अगस्त ११ नै भने कुर्नुपर्दैन।
अष्ट्रेलियामा जनगणनामा भाग
लिनु अनिवार्य छ। यदी तपाईं
अष्ट्रेलियन नागरिक वा
पर्मानेन्ट रेसिडेण्ट हुनुहुन्छ,
वा अन्तराष्ट्रिय
विद्यार्थी, वा
जुनसुकै भिजामा हुनुहुन्छ
भने पनि तपाईंले यो भर्नुपर्छ।
यदी नेपालबाट बा आमा आउनुभएको
छ भने उहाँहरूको विवरण पनि
यसमा हाल्नुपर्दछ। जनगणना
तथा तथ्यांक ऐन १९०५ ले जनगणनामा
भाग लिनुलाई अनिवार्य गरेको
छ। यदी यसको अवज्ञा गर्ने हो
भने हरेक दिनको तीनसय ६४ डलर
(३६४ डलर
पर डे) जरिवाना
लाग्नसक्छ। यदी तपाईंले
जानीजानी गलत तथ्यांक दिनुभयो
भने ३६४० (डलर
सम्म जरिवाना हुनसक्छ।
के जरिवानाबाट बच्न मात्र जनगणनामा भाग लिनुपर्ने हो त? भन्ने प्रश्न पनि आउन सक्छ। त्यसो होईन, जनगणनामा तपाईंले दिएका जवाफले अष्ट्रेलिया सरकारलाई नागरिक र समाजको बदलिंदो स्थितीको सूचना दिन्छ। जसले गर्दा सरकारले के के कुरामा र कहाँ कहाँ पूर्वाधार निर्माण, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने हो थाहा पाउँछ। जसले गर्दा तपाईं हामीलाई आवश्यक पर्ने सेवा तथा सुविधा पाउन सजिलो हुन्छ। किनकी सरकारको योजनामा आवश्यक पर्ने विषयहरू समावेश गरिएका हुन्छन्। उदाहरणको लागि यदी तपाईंले धर्मको महलमा हिन्दू र भाषाको महलमा नेपाली लेख्नुभयो भने अष्ट्रेलिया सरकारले नेपाली हिन्दूहरूको लागी आवश्यक पर्ने पूर्वाधार जस्तै मन्दिर, सामुदायिक भवन र नेपाली पाठशालाका लागी बजेट बिनियोजन गर्दछ, जुन पछी ग्रान्टका रूपमा नेपाली समुदायले पाउनेछ।


Post a Comment