तीन वर्ष पछि विधि खोजे राजाले

सत्ताबाट बाहिर भएको तीन वर्ष पछि पूर्व श्री ५ महाराजाधिराजले राजतन्त्र अन्त्यको प्रजातान्त्रिक विधि खोजेका छन् । मर्यादापुरुषोत्तम रामको दिन पारेर राजाले मर्यादा कै खोजी गर्नु रमाइलो संजोग परेको छ । मुलुकको शसक्त समाचार च्यानल एभिन्यूजमा विशेष अर्न्तवार्तामा राजाले राजतन्त्रको भाग्य र भविष्यको फैसला प्रजातान्त्रिक विधिबाट गरिनुपर्ने बताए । उनले सबै कुरा जनताको फैसलाबाट हुनुपर्ने औंल्याए । उनको भनाइको आशय संघियता, धर्मनिरपेक्षता सागै राजतन्त्रको निर्णय पनि प्रजातान्त्रिक विधि सम्मत जनमत संग्रहबाट हुनुपर्ने थियो । Continue Reading »
अलबिदा…अलबिदा…

गिरिजाप्रसाद कोइरालाको शव पशुपतिको साझा चितामा जलेर खरानी भएको छ । उनको भौतिक उपस्थिती सकिएको छ । सागै अन्यौलमा छ शान्ति प्रक्रिया र राजनीतिक गतिविधिको विकास । भोली देखी के हुन्छ सर्वसाधारण मात्र होइन राजनीतिक दलका नेता पनि अन्यौलमै छन् । नालायक सरकार र कुलंघार विपक्षीको वास्तविकतामा अन्यौलता र भावि विकासको मार्गलाई बिचमै छाडेर लागे कोइराला । Continue Reading »
कोइरालाको लोकप्रिय तस्विर
गिरिजाप्रसाद कोइराला मात्र होइन उनको तस्विरको लोकप्रियता पनि देखियो शवयात्रामा । धेरै कार्यकर्ताको प्लेकार्डमा लोकप्रिय तस्विर रहृयो यो तस्विर :
Continue Reading »
अभिभावक र केश दुवै विहिन काँग्रेसजन

गिरिजाप्रसाद कोइरालाको निधनले काँग्रेसीजन अभिभावक तथा नेतृत्व विहिन मात्र भएनन् शोकमा कपाल मुण्डन गरेर केश विहिन समेत भए । कोइरालाको निधनको शोकमा केशमुण्डन गरेका धेरै नेता, कार्यकता देखिएका थिए शवयात्रामा Continue Reading »
एरिअल कभरेज

गिरिजाप्रसाद कोइरालाको निधन दुई दिन सम्म समाचारको शीर्षमा रहृयो । उनी साग शान्तिप्रक्रिया जोडिएकाले पनि होला उनको निधनको चर्चा धेरै भयो । देश विदेशमा चुलिएको चर्चा सागै उनको शवयात्राको कभरेजका लागि हेलिकोप्टरको समेत प्रयोग भएको थियो । Continue Reading »
नेताको निधन सहन सकेन मुटुले
काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको शवयात्रामा हाम्रो नेता हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लगाइरहादा धनकुटाका काँग्रेस कार्यकर्ताका लागि भने साँच्चै कोइराला प्राण भन्दा प्यारा भए । धनकुटाका शिवकुमार उदासले कोइरालाको निधनको समाचार सुन्न सकेनन् । Continue Reading »
अलबिदा गिरिजाबाबु

गिरिजाबाबु समस्त नेपाली जनका नेता । राजनीतिको सत्ता चढाईं र गिराइमा जे जति तिकडम गरेपनि उनले नेपाली जनतालाई प्रजातन्त्रको लागि करिब ६० वर्ष आन्दोलनको मैदानमा रहे । उनी माने पनि नमाने पनि अहिलेका युगनायक हुन जो अस्ताए । आर्यघाटमा पुगेर अलबिदा भन्ने साहस पलाएन मेरो मनमा । भिडमा रोइहिंडेका महिलाको डाँको सुन्ने आँट आएन अनि बत्तिसपुतलीको एक घरको छतबाट आँखाको सिमाना पार नहुँदा सम्म हेरें र भने गिरिजाबाबु अलबिदा ।
Continue Reading »
यो पुष्प उनलाई

शान्ति प्रक्रियाका मियो गिरिजाप्रसाद कोइरालाको दशरथ रंगशालामा राखिएको शवमा चढाउनका लालि लामो लाममा पुष्पगुच्छा बोकेर उभिए सर्वसाधारण । लामो लाइनमा दिनभरको घाममा पसिना साग आफ्नो श्रद्धा व्यक्त गरे उनीहरुले । Continue Reading »
शवयात्रा सुरु
7 59 सुजाताले दिएको दागबत्तीले जलिरहेका छन् गिरिजा
7 25 चितामा कोइराला, अग्नि दिने तयारी
6:50 पशुपति पुग्दैछन् गिरिजाबाबु । नेताहरु सबै आर्यघाटमा । गौशालामा निक्कै भिड अलबिदा भन्नका लागि ।
गिरिजाप्रसाद कोइरालाको शवयात्रा सुरु भएको छ । दशरथरंगशालाबाट कोइरालाको शव बोकेको सेनाको ट्रक हिंडेको छ । उनलाई एक नम्बर चितमा जलाइनेछ । जहाँ तत्कालिन राजा विरेन्द्रलाई अग्नि दिइएको थियो । उनलाई पुत्री सुजाता कोइरालाले दागबत्ति दिने छिन् । Continue Reading »

March 24, 2010
|
Posted by Madan Mani
Categories:

भरखरैका टिप्पणीहरू